Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

मार्च ७ मा युके र आयरल्याण्डमा बिक्रमको ‘कामा’

खबरडबली संवाददाता

काठमाडौं  । निर्देशक भीमसेन लामा निर्देशीत ब्रिटिश फिल्म ‘कामा’ युके र आइरल्याण्डमा एकसाथ प्रदर्शन हुने भएको छ । मार्च ७ मा २६० बढी सिनेमा घरमा प्रदर्शन हुने फिल्म सस्पेन्स, एक्शन र थ्रिलले भरिएको बताइन्छ ।  

युकेका बिभिन्न स्थानमा खिचिएको फिल्ममा बिश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने देखाइएको छ । फिल्मको ट्रेलरले दर्शकको मन जितिरहेको छ । फिल्ममा हलिउड कलाकार म्याट वेकफोर्डनट,जेमिमा टोम्स,मिया बेनेट,साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा नेपाली अभिनेता टंक धमला मुख्य भूमिकामा अभिनीत छन् । विक्रम जोशी कार्यकारी निर्माता, हिराल जोशी निर्माता र एमजी अमीन र ईश्वर श्रेष्ठ सहनिर्माता रहेको फिल्मको कथा स्व. बिसारद बस्नेतको हो भने स्क्रिप्ट हिराल जोशी, विक्रम जोशी र लक्ष्मण सुवेदीले लेखेका हुन् ।

अन्तराष्ट्रिय बजारलाई लक्षित गरि निर्माण गरिएको ‘कामा’ ले इटलीमा सम्पन्न  मिलान इन्टरनेशनल फिल्म मेकर फेष्टिभलमा सर्वाेत्कृष्ट फिल्म,सर्वाेत्कृष्ट स्क्रिप्ट,सर्वाेत्कृष्ट अभिनेता र सर्वाेत्कृष्ट अभिनेत्रीको चार अवार्ड जितेको थियो । त्यसैगरी,म्याड्रिड इन्टरनेशनल फिल्म फेष्टिभल–२०२४ मा सर्वाेत्कृष्ट अभिनेता,सिनेमाटोग्राफर र सहअभिनेताको अवार्ड जितेको थियो । थुप्रै फेष्टिभलमा नोमिनेशनमा परेको छ ।

लामो समयदेखि युकेमा बसोबास गर्दै आइरहेका अभिनेता,निर्माता बिक्रम जोशीले यसअघि ‘पासवर्ड’,‘ह्याप्पी डेज’,‘हेलो जिन्दगी’ र ‘द सिक्रेट अफ राधा’ फिल्म निर्माण गरिसकेका छन् । ‘कामा’ छिट्टै अमेरिका,अष्ट्रेलिया,क्यानडालगायतका देशका हलमा तथा केही समयपछि हिन्दीमा भारत र नेपालीमा नेपालका हलमा प्रदर्शन गरिने निर्माण टिमले जानकारी दिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको हत्या

सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...

तीन जनाको हत्या आराेपमा पक्राउ परेका सार्वजनिक

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...

पतिको यौन हिंसाले च्यातियो मलद्वारको स्पिङ्क्टर, दुई वर्षको यातनापछि शान्ताको शल्यक्रिया, जीवन–मरणको लडाइँ

काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...

सर्लाहीमा हात्तीपाइलेको खतराः १२ पालिकामा सक्रिय सङ्क्रमण, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै

सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...

गुट अन्त्यको सन्देश दिँदै गगन थापाले भनेः ‘कांग्रेस अब एकै स्वरमा अघि बढ्छ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...

म निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु: सभापति थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नेपाली काङ्ग्रेस एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको बताएका छन् । मधेश प्रदेश क...

रोचक बन्दै सिन्धुपाल्चोक–१, गठबन्धनविहीन प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

सिन्धुपाल्चोक । २१ फागुन नजिकिँदै गर्दा सिन्धुपाल्चोक–१ फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा आएको छ। चिया पसलदेखि टोल–टोलका भेला, सामाजिक सञ्जालदेखि घर...

प्रचण्ड–विप्लव दोहोरी : वैचारिक विचलनको ‘ट्याग’

काठमाडौँ । १० वर्षे जनयुद्धका सहयात्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ आज नेपाली कम्युनिष्ट आन्दोलनका दुई फरक धारको नेतृत्व गरिरह...

प्रचण्डमाथि विप्लवको कडा हमला : ‘केन्द्रीय समितिकै आकारले कम्युनिष्ट आन्दोलन बदनाम’

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई कम्युनिष्ट आ...

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending