Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

यस्तो छ संविधान घोषणा हुने दिनको सुरक्षा प्रवन्ध

\"Police\"काठमाडौं । नेपालको संविधान २०७२ घोषणा हुने दिन सरकारले विशेष सुरक्षा व्यवस्था मिलाएको छ । आइतबारको ऐतिहासिक दिनमा अप्रिय घटना नहोस् भनेर सरकारले काठमाडौं उपत्यकासहित देशभरको सुरक्षा व्यवस्था कडा पारेको छ ।

सरकारले काठमाडौं उपत्यकासहित देशभर विशेष सुरक्षा व्यवस्था मिलाएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए । प्रवक्ता ढकालले भने, ‘देशैभर खानतलासी, जाँच र गस्ती बढाइएको छ । काठमाडौं उपत्यकामा झन् विशेष निगरानी र कडाइ गरेका छौं ।’

सेना पनि अलर्ट

सरकारले नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र अनुसन्धान विभाग गरी चारवटै सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको छ । सेना, प्रहरीमा विदा समेत दिइएको छैन । घर विदामा बसेकाहरुलाई पनि काममा फर्किन भनिएको छ । नेपाली सेना बाहिर परिचालन नभए पनि उच्च सतर्कतामा राखिएको छ ।

‘आवश्यकताअनुसार सबै सुरक्षा निकाय परिचालनको तयारी गरिएको छ,’ गृहमन्त्रालयका प्रवक्ता ढकालले भने, ‘शान्ति सुरक्षामा खलल पुर्याउनेहरुलाई स्थानीय प्रशासन ऐनअनुसार तुरुन्त कारबाही गर्न निर्देशन दिइएको छ ।’

आइतबार साँझ ५ बजे संविधानसभा भवन नयाँबानेश्वरमा हुने विशेष समारोहमा राष्टपति डा. रामवरण यादवले नेपालको संविधान २०७२ सार्बजनिक गर्नेछन् । सोही दिन देशभर दीपावली गर्न सरकारले सार्बजनिक सूचना निकालेर सबैलाई अनुरोध गरेको छ ।

तीन पंक्तिको सुरक्षा

संविधान जारी हुने स्थान संविधानसभा भवन नयाँ बानेश्वरमा आइतबारका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नारायणसिंह खड्काका अनुसार संविधानसभाभित्र विशिष्ट व्यक्तिको सुरक्षालाई ध्यानमा राखी सो दिनका लागि छुट्टै विशेष अनुमतिपत्रको व्यवस्था मिलाइएको छ ।

संविधानसभा र बाहिरका लागि तीन सुरक्षा घेरा हुनेछन् । अघिल्लो घेरामा संविधान सभाक्षेत्र बाहिर र भित्र, दोस्रो घेरामा ‘ब्याकअप’का रुपमा र तेस्रो घेरामा प्रहरी केन्द्रीय कार्यालयमा प्रहरी तयारी अवस्थामा राखिएको छ । विशेष प्रहरीहरु पनि सादा पोशाकमा ठाउँ ठाउँमा खटिनेछन् ।

त्यसैगरी सशस्त्र प्रहरी बलले पनि सोहीअनुरुपको घेरा तयार पारी तयारी अवस्थामा फौज राखेको छ । संविधानसभाभित्र र बाहिर नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका सदस्यलाई परिचालन गरिएको छ ।

नाकामा निगरानी

नयाँ संविधान जारी हुने दिनको सुरक्षालाई ध्यानमा राखी एक हप्ता अघिदेखि नै काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा चार पांग्रे र दुई पांग्रे सवारी साधनमा चढेकाहरुको जाँच र खानतलासी हुँदै आएको छ । काठमाडौं भित्रिने सबै नाकाहरुमा पनि विशेष निगरानी जाँचमा कडाइ गरिएको गृहप्रवक्ता खड्काले जानकारी दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending