Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

मधेसी मोर्चाले भन्यो–वार्तामा समय खेर फाल्दैनौं

[caption id=\"attachment_38813\" align=\"aligncenter\" width=\"650\"]\"bijay\" फाइल तस्वीर[/caption]

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुले वार्तामा आउन गरेको आह्वानलाई मधेसी मोर्चाका नेताहरुले विहेको निम्तोसँग तुलना गर्दै वार्तामा तत्काल नबस्ने प्रतिक्रिया दिएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय लोकतान्त्रिक मोर्चाका नेताहरुले वार्ताका लागि कुनै ठोस प्रस्ताव नराखी ठूला दलले संविधान घोषणाको पूर्वसन्ध्यामा प्रचारबाजीमात्रै गरेको टिप्पणी गरे । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले वार्ताका लागि समय खेर नफाली आन्दोलनको तयारी गर्ने निर्णय गरिसकेको छ ।

प्रमुख तीन दलले वार्ताको संयुक्त आह्वान गरेलगत्तै बसेको फोरम लोकतान्त्रिकको केन्द्रीय समितिको बैठकले आन्दोलनमा जाने निर्णय गरेको महासचिव रामजनम चौधरीले जानकारी दिए ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरु वार्ताको विरोधी नभए पनि माग सुनुवाइ हुनुपर्ने अडान राखे । ‘हामीसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता पनि आएन र चारबुँदे मागको पनि सुनुवाइ भएन अनि कसरी जाने वार्तामा ?’ यादवले प्रश्न गर्दै भने, ‘वार्ता भनेको बिहेको निम्तो पठाएजस्तो हो र ?’

उनले वार्ताको ढोका खुला राख्दै आन्दोलन जारी राख्ने बताए ।

यसैगरी तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले तीन दलको वार्ता प्रस्ताव ‘कर्मकान्डी’ भएको टिप्पणी गरे ।

फोरम लोकतान्त्रिकका महासचिव चौधरीले संविधानमा हस्ताक्षर गर्न आइतबार चार बजेसम्मको समय दिइए पनि आफूहरु हस्ताक्षर गर्न नजाने बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies