कञ्चनपुर । नेपालको सुदूरपश्चिम क्षेत्र प्रतिभाशाली कलाकारहरूको भण्डार हो। यस्तै एउटा चम्किलो नाम हो, कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर-४, बैतडाका गायक आशिष चन्द (असीम)। सुमधुर आवाजका धनी असीम पछिल्लो समय नेपाली सङ्गीत क्षेत्रमा उदाउँदै गरेका गायक हुन्।
सानैदेखि सङ्गीतमा अपार रुचि राख्ने २२ वर्षिय असीम हालै नेपालकै चर्चित गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल’ सिजन -१' को टप १२ सम्म पुग्न सफल भएका छन्। यसअघि पनि उनी ‘द भ्वाइस नेपाल’ मा सहभागी भइसकेका थिए, जहाँ उनले निर्णायक तथा दर्शकहरूको राम्रो प्रतिक्रिया पाएका थिए।
असीमलाई सङ्गीतमा रुचि बाल्यकालदेखि नै थियो। उनी भन्छन्, "म कक्षा ४ मा थिएँ, त्यो बेला पहिलो पटक कक्षामा गीत गाएँ। सबैले राम्रो प्रतिक्रिया दिए। त्यसपछि मैले गायनलाई गम्भीर रूपमा लिन थालेँ।" यही प्रेरणाले उनलाई निरन्तर गायन यात्रा अघि बढाउने हौसला प्रदान गर्यो।
विद्यालयमा हुने विभिन्न कार्यक्रमहरूमा उनले गीत गाएर सबैको मन जिते। स्थानीय स्तरमा आयोजित साङ्गीतिक प्रतियोगिताहरूमा भाग लिएर उनले आफ्नो प्रतिभा निखार्दै गए। पारिवारिक साथसाथै साथीभाइ र शुभचिन्तकहरूको हौसलाले उनलाई अझै बढी मेहनत गर्न प्रेरित गर्यो।
असिमको ‘सिङ्गिङ स्टार नेपाल’ सिजन-१ मा यात्रा निकै प्रेरणादायी रह्यो। पहिलो अडिसनमै उनले निर्णायकहरूको मन जिते। सशक्त प्रस्तुति र सुमधुर आवाजका कारण उनी प्रतियोगिताको टप १२ सम्म आइपुग्न सफल भए। यस प्रतियोगिताले उनलाई देशभर चिनायो। यसअघि ‘द भ्वाइस नेपाल’ मा समेत सहभागी भएर आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका असीमलाई दर्शकहरूले अझै बढी चिनेका छन्।
असीमले हालसम्म थुप्रै गीतहरू गाइसकेका छन्, जसले दर्शक-श्रोताहरूको मन जित्न सफल भएका छन्। उनको स्वरमा मिठास छ, जसले हरेक गीतलाई विशेष बनाउँछ। उनी नेपाली साङ्गीतिक यात्रालाई अझै अगाडि बढाउँदै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य राख्छन्।
आफ्नो भविष्यबारे असीम भन्छन्, "सङ्गीत मेरो आत्मा हो। नेपाली सङ्गीतलाई विश्वभर चिनाउने मेरो सपना छ। त्यसका लागि म निरन्तर अभ्यास र मेहनत गरिरहेको छु।" उनले नयाँ पुस्ताका सङ्गीत प्रेमीहरूलाई पनि मेहनत र समर्पण गर्न प्रेरित गरिरहेका छन्।
कञ्चनपुरबाट राष्ट्रिय स्तरसम्म आफ्नो प्रतिभा देखाउन सफल भएका असीम चन्द भविष्यमा अझै उच्च स्थानमा पुग्ने अपेक्षा गरिएको छ। उनको सफलता सुदूरपश्चिम प्रदेशका अन्य युवा कलाकारहरूका लागि समेत निकै प्रेरणादायी रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: