Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

असीम चन्दको संगीत यात्रा: कञ्चनपुरबाट राष्ट्रिय मञ्चसम्म

खबरडबली संवाददाता

कञ्चनपुर । नेपालको सुदूरपश्चिम क्षेत्र प्रतिभाशाली कलाकारहरूको भण्डार हो। यस्तै एउटा चम्किलो नाम हो, कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर-४, बैतडाका गायक आशिष चन्द (असीम)। सुमधुर आवाजका धनी असीम पछिल्लो समय नेपाली सङ्गीत क्षेत्रमा उदाउँदै गरेका गायक हुन्।

सानैदेखि सङ्गीतमा अपार रुचि राख्ने २२ वर्षिय असीम हालै नेपालकै चर्चित गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल’ सिजन -१' को टप १२ सम्म पुग्न सफल भएका छन्। यसअघि पनि उनी ‘द भ्वाइस नेपाल’ मा सहभागी भइसकेका थिए, जहाँ उनले निर्णायक तथा दर्शकहरूको राम्रो प्रतिक्रिया पाएका थिए।

असीमलाई सङ्गीतमा रुचि बाल्यकालदेखि नै थियो। उनी भन्छन्, "म कक्षा ४ मा थिएँ, त्यो बेला पहिलो पटक कक्षामा गीत गाएँ। सबैले राम्रो प्रतिक्रिया दिए। त्यसपछि मैले गायनलाई गम्भीर रूपमा लिन थालेँ।" यही प्रेरणाले उनलाई निरन्तर गायन यात्रा अघि बढाउने हौसला प्रदान गर्‍यो।

विद्यालयमा हुने विभिन्न कार्यक्रमहरूमा उनले गीत गाएर सबैको मन जिते। स्थानीय स्तरमा आयोजित साङ्गीतिक प्रतियोगिताहरूमा भाग लिएर उनले आफ्नो प्रतिभा निखार्दै गए। पारिवारिक साथसाथै साथीभाइ र शुभचिन्तकहरूको हौसलाले उनलाई अझै बढी मेहनत गर्न प्रेरित गर्‍यो।

असिमको ‘सिङ्गिङ स्टार नेपाल’ सिजन-१ मा यात्रा निकै प्रेरणादायी रह्यो। पहिलो अडिसनमै उनले निर्णायकहरूको मन जिते। सशक्त प्रस्तुति र सुमधुर आवाजका कारण उनी प्रतियोगिताको टप १२ सम्म आइपुग्न सफल भए। यस प्रतियोगिताले उनलाई देशभर चिनायो। यसअघि ‘द भ्वाइस नेपाल’ मा समेत सहभागी भएर आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका असीमलाई दर्शकहरूले अझै बढी चिनेका छन्।

असीमले हालसम्म थुप्रै गीतहरू गाइसकेका छन्, जसले दर्शक-श्रोताहरूको मन जित्न सफल भएका छन्। उनको स्वरमा मिठास छ, जसले हरेक गीतलाई विशेष बनाउँछ। उनी नेपाली साङ्गीतिक यात्रालाई अझै अगाडि बढाउँदै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य राख्छन्।

आफ्नो भविष्यबारे असीम भन्छन्, "सङ्गीत मेरो आत्मा हो। नेपाली सङ्गीतलाई विश्वभर चिनाउने मेरो सपना छ। त्यसका लागि म निरन्तर अभ्यास र मेहनत गरिरहेको छु।" उनले नयाँ पुस्ताका सङ्गीत प्रेमीहरूलाई पनि मेहनत र समर्पण गर्न प्रेरित गरिरहेका छन्।

कञ्चनपुरबाट राष्ट्रिय स्तरसम्म आफ्नो प्रतिभा देखाउन सफल भएका असीम चन्द भविष्यमा अझै उच्च स्थानमा पुग्ने अपेक्षा गरिएको छ। उनको सफलता सुदूरपश्चिम प्रदेशका अन्य युवा कलाकारहरूका लागि समेत निकै प्रेरणादायी रहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending