Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

युक्रेन ३० दिन युद्धविराम गर्न तयार, अमेरिकाद्वारा सैन्य सहयोग पुनर्बहाली

खबरडबली संवाददाता

काठमाडौं । साउदी अरेबियामा अमेरिकासँग भएको वार्तापश्चात् युक्रेनले तत्काल ३०-दिने युद्धविराम गर्ने वाशिङ्टनको प्रस्ताव स्वीकार गर्न तयार रहेको बताएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो विषयलाई अब उनले रुस समक्ष प्रस्तुत गर्ने भन्दै 'आगामी कदम लिने पालो अब मस्कोको' भनेका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त 'सकारात्मक' प्रस्तावमा रुसलाई मनाउने जिम्मा अमेरिकाको रहेको बताएका छन्।

चर्काचर्कीपछिको पहिलो वार्ता

मङ्गलवार जेद्दाह सहरमा भएको वार्ता जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच ह्वाइट हाउसको ओभल अफिसमा चर्काचर्की भएपछि दुई पक्षमाझ भएको पहिलो छलफल थियो।

एक संयुक्त वक्तव्य जारी गर्दै अमेरिकाले तत्कालै युक्रेनसँग खुफिया सूचना आदानप्रदान अनि सुरक्षा सहयोग पुनर्बहाली गर्ने भनेको छ। ह्वाइट हाउसमा चर्काचर्की परेपछि वाशिङ्टनले ती सहयोग रोक्का गरिदिएको थियो।

"दुवै प्रतिनिधिमण्डलले आ-आफ्ना वार्ता टोली बनाएर युक्रेनको दीर्घकालीन सुरक्षा प्रदान हुने गरी दिगो शान्तिका निम्ति तत्काल वार्ता थाल्ने सहमति गरेका छन्," अमेरिका-युक्रेन संयुक्त वक्तव्यमा भनिएको छ।

जेद्दाहमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विदेशमन्त्री रुबियोले रुसले यो प्रस्ताव स्वीकार गर्ने अपेक्षा रहेको बताए।

युक्रेन 'आक्रमण रोकेर कुराकानी थाल्न' तयार रहेको भन्दै उनले यदि रुसले यो प्रस्ताव अस्वीकार गरेमा 'शान्तिको बाटोमा अवरोध को रहेछ भन्ने हामीलाई थाहा हुने छ' भने।

"आज हामीले गरेको प्रस्तावलाई युक्रेनीहरूले स्वीकारे। अर्थात् तत्काल युद्धविराम र शान्तिवार्ता थाल्न राजी भए," उनले भने, "अब हामी यो प्रस्तावलाई रुसीहरू समक्ष प्रस्तुत गर्नेछौँ। हाम्रो आशा छ उनीहरूले पनि हुन्छ भन्ने छन्। अब पालो उनीहरूको।"

कस्तो युद्धविराम

यसअघि जेलेन्स्कीले हवाई र सामुद्रिक क्षेत्रमा मात्र सीमित युद्धविरामको प्रस्ताव गरेका थिए। तर अहिले युक्रेनले सहमति जनाएको ३०-दिने युद्धविराममा जमिनको युद्ध समेत रोक्ने विषय परेको छ।

जेलेन्स्कीले जेद्दाहमा भएको 'रचनात्मक' वार्ताका निम्ति ट्रम्पलाई धन्यवाद दिएका छन्। एक भिडिओ सन्देशमा उनले रुसले 'युद्ध रोक्ने वा निरन्तर जारी राख्ने'बारे अब स्पष्ट पार्नुपर्ने बताए। "अब पूर्ण सत्यको समय आएको छ," जेलेन्स्कीले भने।

मस्कोले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। मङ्गलवार क्रेम्लीनले आफूलाई वाशिङ्टनले युक्रेनसँगको वार्ताबारे बताएपछि मात्र टिप्पणी गर्ने जनायो।

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा अतिक्रमण गरेको थियो। युक्रेनको करिब २० प्रतिशत भूभागमा अहिले मस्कोको नियन्त्रण छ।

सहमतिबारे ह्वाइट हाउसमा पत्रकारहरूसँग बोल्दै ट्रम्पले अब रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफूले कुरा गर्ने भन्दै त्यस (युद्धविराम सहमति)मा पुटिनले सहमति जनाउने 'आशा' व्यक्त गरे।

"रुससँग हाम्रो भोलि ठूलो वार्ता हुँदैछ। आशा गरौँ त्यहाँ राम्रा कुराकानी हुने छन्," ट्रम्पले भने। उनले अब जेलेन्स्कीलाई फेरि वाशिङ्टनमा निम्त्याउन आफू खुला रहेको पनि बताए।

यसबीच अमेरिका-युक्रेन संयुक्त वक्तव्यमा महत्त्वपूर्ण भनिएको 'खनिज सम्झौता' चाँडोभन्दा चाँडो गर्न ट्रम्प र जेलेन्स्कीबीच समझदारी भएको पनि उल्लेख छ।

अमेरिकी सुरक्षा ग्यारेन्टीको बदलामा उसलाई आफ्नो देशको 'रेर अर्थ' खनिज भण्डारमा पहुँच दिने युक्रेनको प्रस्ताव थियो तर ह्वाइट हाउसमा चर्काचर्की परेपछि उक्त प्रस्ताव अगाडि बढेको थिएन।

विदेशमन्त्री रुबियोका अनुसार यो विषय मङ्गलवारको वार्ताको अजेन्डा थिएन। त्यसबारे अमेरिका र युक्रेनका सम्बन्धित विभागहरूले काम गर्ने उनले बताए। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ । भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको रु ६६ करोड ...

रवि-बालेन एकैठाउँमा आउँदा कुलमान पनि जोडिन्छन् ?

प्रधानमन्त्रीको उम्मेदवारबारे असिम शाह भन्छन्- कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ, नभए बालेन

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका ल...

निर्वाचनलाई कम्तीमा २७ अर्ब बजेट, आयोगलाई ७ अर्ब, सुरक्षामा २० अर्ब माग

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा ...

कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिका हेरफेर गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पुस अन्तिम साताका लागि तोकिएको महाधिवेशन कार्यतालिकामा हेरफेर गर्न कांग्रेसल...

भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी

तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । ...

पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आया...

फुङलिङमा भालु नियन्त्रणमा लिन फलामको खोर राखियो, सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै...

अब दुई कार्य दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौँ । राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै ...

तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन कायम रहने

काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending