Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

युक्रेन ३० दिन युद्धविराम गर्न तयार, अमेरिकाद्वारा सैन्य सहयोग पुनर्बहाली

खबरडबली संवाददाता

काठमाडौं । साउदी अरेबियामा अमेरिकासँग भएको वार्तापश्चात् युक्रेनले तत्काल ३०-दिने युद्धविराम गर्ने वाशिङ्टनको प्रस्ताव स्वीकार गर्न तयार रहेको बताएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो विषयलाई अब उनले रुस समक्ष प्रस्तुत गर्ने भन्दै 'आगामी कदम लिने पालो अब मस्कोको' भनेका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त 'सकारात्मक' प्रस्तावमा रुसलाई मनाउने जिम्मा अमेरिकाको रहेको बताएका छन्।

चर्काचर्कीपछिको पहिलो वार्ता

मङ्गलवार जेद्दाह सहरमा भएको वार्ता जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच ह्वाइट हाउसको ओभल अफिसमा चर्काचर्की भएपछि दुई पक्षमाझ भएको पहिलो छलफल थियो।

एक संयुक्त वक्तव्य जारी गर्दै अमेरिकाले तत्कालै युक्रेनसँग खुफिया सूचना आदानप्रदान अनि सुरक्षा सहयोग पुनर्बहाली गर्ने भनेको छ। ह्वाइट हाउसमा चर्काचर्की परेपछि वाशिङ्टनले ती सहयोग रोक्का गरिदिएको थियो।

"दुवै प्रतिनिधिमण्डलले आ-आफ्ना वार्ता टोली बनाएर युक्रेनको दीर्घकालीन सुरक्षा प्रदान हुने गरी दिगो शान्तिका निम्ति तत्काल वार्ता थाल्ने सहमति गरेका छन्," अमेरिका-युक्रेन संयुक्त वक्तव्यमा भनिएको छ।

जेद्दाहमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विदेशमन्त्री रुबियोले रुसले यो प्रस्ताव स्वीकार गर्ने अपेक्षा रहेको बताए।

युक्रेन 'आक्रमण रोकेर कुराकानी थाल्न' तयार रहेको भन्दै उनले यदि रुसले यो प्रस्ताव अस्वीकार गरेमा 'शान्तिको बाटोमा अवरोध को रहेछ भन्ने हामीलाई थाहा हुने छ' भने।

"आज हामीले गरेको प्रस्तावलाई युक्रेनीहरूले स्वीकारे। अर्थात् तत्काल युद्धविराम र शान्तिवार्ता थाल्न राजी भए," उनले भने, "अब हामी यो प्रस्तावलाई रुसीहरू समक्ष प्रस्तुत गर्नेछौँ। हाम्रो आशा छ उनीहरूले पनि हुन्छ भन्ने छन्। अब पालो उनीहरूको।"

कस्तो युद्धविराम

यसअघि जेलेन्स्कीले हवाई र सामुद्रिक क्षेत्रमा मात्र सीमित युद्धविरामको प्रस्ताव गरेका थिए। तर अहिले युक्रेनले सहमति जनाएको ३०-दिने युद्धविराममा जमिनको युद्ध समेत रोक्ने विषय परेको छ।

जेलेन्स्कीले जेद्दाहमा भएको 'रचनात्मक' वार्ताका निम्ति ट्रम्पलाई धन्यवाद दिएका छन्। एक भिडिओ सन्देशमा उनले रुसले 'युद्ध रोक्ने वा निरन्तर जारी राख्ने'बारे अब स्पष्ट पार्नुपर्ने बताए। "अब पूर्ण सत्यको समय आएको छ," जेलेन्स्कीले भने।

मस्कोले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। मङ्गलवार क्रेम्लीनले आफूलाई वाशिङ्टनले युक्रेनसँगको वार्ताबारे बताएपछि मात्र टिप्पणी गर्ने जनायो।

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा अतिक्रमण गरेको थियो। युक्रेनको करिब २० प्रतिशत भूभागमा अहिले मस्कोको नियन्त्रण छ।

सहमतिबारे ह्वाइट हाउसमा पत्रकारहरूसँग बोल्दै ट्रम्पले अब रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफूले कुरा गर्ने भन्दै त्यस (युद्धविराम सहमति)मा पुटिनले सहमति जनाउने 'आशा' व्यक्त गरे।

"रुससँग हाम्रो भोलि ठूलो वार्ता हुँदैछ। आशा गरौँ त्यहाँ राम्रा कुराकानी हुने छन्," ट्रम्पले भने। उनले अब जेलेन्स्कीलाई फेरि वाशिङ्टनमा निम्त्याउन आफू खुला रहेको पनि बताए।

यसबीच अमेरिका-युक्रेन संयुक्त वक्तव्यमा महत्त्वपूर्ण भनिएको 'खनिज सम्झौता' चाँडोभन्दा चाँडो गर्न ट्रम्प र जेलेन्स्कीबीच समझदारी भएको पनि उल्लेख छ।

अमेरिकी सुरक्षा ग्यारेन्टीको बदलामा उसलाई आफ्नो देशको 'रेर अर्थ' खनिज भण्डारमा पहुँच दिने युक्रेनको प्रस्ताव थियो तर ह्वाइट हाउसमा चर्काचर्की परेपछि उक्त प्रस्ताव अगाडि बढेको थिएन।

विदेशमन्त्री रुबियोका अनुसार यो विषय मङ्गलवारको वार्ताको अजेन्डा थिएन। त्यसबारे अमेरिका र युक्रेनका सम्बन्धित विभागहरूले काम गर्ने उनले बताए। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा माघ अन्तिम साता बाघ गणनाको तयारी

कञ्चनपुर ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु ...

आज झापा-५ का दक्षिणी क्षेत्रमा जाँदै ओली, हरेक वडा कमिटीसँग अलगअलग भेट्ने

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्ने भएका छन् ।  जिल्ला पार्टी सचिव...

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी। लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो । कुश्मा...

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ । राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन । संविधानमा महिलालाई गरिएको ...

सर्लाहीबाट काठमाडौं आउँदै गरेको गाडी मकवानपुरको सिमखोलामा दुर्घटना

बागमती । कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य ...

शून्य लागतमा ८ सय नेपाली श्रमिक मलेसिया जाँदै

काठमाडौं । मलेसियास्थित विद्युतीय सामान उत्पादन गर्ने वेस्टर्न कम्पनीले ८ सय जना नेपाली श्रमिकलाई शून्य लागतमा लैजाने भएको छ। कम्पनीले नेपालबाट लैजाने...

प्रतिनिधिसभा निर्वाचन- आज उम्मेदवारको नामावली प्रकाशन हुँदै, भोलि चुनाव चिह्न प्रदान गरिने

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थिय...

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ ।  चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगाम...

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending