Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

संविधान जारी गर्ने दिन बन्द गरेको भन्दै गोरखामा प्रतिकार

गाेरखा । संविधानसभाबाट जनताको प्रतिनिधिले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान घोषणा गर्ने दिन आज संविधानको स्वागत गर्नुको सट्टा बन्द गरेर जनतालाई दुःख दिएको भन्दै गोरखाका स्थानीयवासीले प्रतिकार गरेका छन् । बन्दको आह्वान गर्दै हरमटारी चोकमा हिँडेका नेकपा–माओवादी, नेकपा माओवादी र सङ्घीय समाजवादी फोरमका नेता कार्यकर्तालाई यातायात सञ्चालन गर्न पाउनुपर्ने, पसलहरु खोलेर व्यापार, व्यवसाय, काम गर्न पाउनुपर्ने भन्दै स्थानीयवासीले बन्दकर्ताको प्रतिकार गरेका हुन् । साथै प्रतिकार टोलीले जारी हुन लागेको संविधान प्रगतिशील र जनचाहनाअनुसार आएको बताएका छन् । स्थानीयवासीले चलाएको मोटरसाइकलको साँचो माओवादी कार्यकर्ताले नियन्त्रणमा लिएपछि स्थानीयवासीले बन्दको प्रतिकार सुरु गरेका हुन् । नेकपा–माओवादीका जिल्ला इञ्चार्ज परशुराम रम्तेल र प्रतिकार समूहबीच पटक–पटक भनाभन भएको थियो । प्रतिकार समूहले बन्द गर्नुको औचित्यबारे माओवादीसँग प्रतिक्रिया मागेका थिए । ‘अब कसैले बन्द गर्न पाउँदैन । बन्दविरुद्ध आजदेखि गोरखाबाट अभियान सुरु भयो’ प्रतिकार समूहका एक सदस्यले भने । करिब २० जना बन्दकर्ता झन्डा बोकेर सडकमा छन् । साथै ५० भन्दा बढी स्थानीय बन्दको प्रतिकारमा अस्पतालमार्गस्थित सडकमा छन् । सधैँ बन्द हुँदा व्यापार, व्यवसाय गर्न नपाएको भन्दै व्यापारीहरुले प्रतिकार गरेका हुन् । साथै यातायात मजदुर पनि बन्दको प्रतिकारमा थिए । प्रहरीले बन्दकर्ता र प्रतिकार समूहलाई अलग्याएपछि अहिले परिस्थिति शान्त भएको छ । लोकतन्त्रमा विरोध गर्न पाउने अधिकार भएको भन्दै उनले दलित, मुस्लिम, मधेसी, थारुलगायत पिछडिएका समुदायलाई अधिकार नदिएको संविधान जारी हुनुको अर्थ नभएको बताए । आज साँझ हरमटारी चोकमा काँग्रेस, एमाले, एमाओवादीले संविधानको स्वागत गर्दै दीपावली कार्यक्रम आयोजना गरेका छन् । २०७२ वटा दीप प्रज्ज्वलन गरी दीपावली कार्यक्रम भव्य गर्ने तयारी रहेको छ । साथै अन्तरपाटी महिला सञ्जालले सद्भावना ¥याली निकाल्ने तयारी गरेको सञ्जालकी रविकला खनालले जानकारी दिए । गोरखाको गाउँ–गाउँका साथै सरकारी, गैरसरकारी कार्यालयमा बेलुकी दीपावली कार्यक्रमको तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले संविधान आएको खुसियालीमा सबै कार्यालयमा दीपावली गर्न निर्देशन दिएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy