Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

संविधान जारी गर्ने दिन बन्द गरेको भन्दै गोरखामा प्रतिकार

गाेरखा । संविधानसभाबाट जनताको प्रतिनिधिले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान घोषणा गर्ने दिन आज संविधानको स्वागत गर्नुको सट्टा बन्द गरेर जनतालाई दुःख दिएको भन्दै गोरखाका स्थानीयवासीले प्रतिकार गरेका छन् । बन्दको आह्वान गर्दै हरमटारी चोकमा हिँडेका नेकपा–माओवादी, नेकपा माओवादी र सङ्घीय समाजवादी फोरमका नेता कार्यकर्तालाई यातायात सञ्चालन गर्न पाउनुपर्ने, पसलहरु खोलेर व्यापार, व्यवसाय, काम गर्न पाउनुपर्ने भन्दै स्थानीयवासीले बन्दकर्ताको प्रतिकार गरेका हुन् । साथै प्रतिकार टोलीले जारी हुन लागेको संविधान प्रगतिशील र जनचाहनाअनुसार आएको बताएका छन् । स्थानीयवासीले चलाएको मोटरसाइकलको साँचो माओवादी कार्यकर्ताले नियन्त्रणमा लिएपछि स्थानीयवासीले बन्दको प्रतिकार सुरु गरेका हुन् । नेकपा–माओवादीका जिल्ला इञ्चार्ज परशुराम रम्तेल र प्रतिकार समूहबीच पटक–पटक भनाभन भएको थियो । प्रतिकार समूहले बन्द गर्नुको औचित्यबारे माओवादीसँग प्रतिक्रिया मागेका थिए । ‘अब कसैले बन्द गर्न पाउँदैन । बन्दविरुद्ध आजदेखि गोरखाबाट अभियान सुरु भयो’ प्रतिकार समूहका एक सदस्यले भने । करिब २० जना बन्दकर्ता झन्डा बोकेर सडकमा छन् । साथै ५० भन्दा बढी स्थानीय बन्दको प्रतिकारमा अस्पतालमार्गस्थित सडकमा छन् । सधैँ बन्द हुँदा व्यापार, व्यवसाय गर्न नपाएको भन्दै व्यापारीहरुले प्रतिकार गरेका हुन् । साथै यातायात मजदुर पनि बन्दको प्रतिकारमा थिए । प्रहरीले बन्दकर्ता र प्रतिकार समूहलाई अलग्याएपछि अहिले परिस्थिति शान्त भएको छ । लोकतन्त्रमा विरोध गर्न पाउने अधिकार भएको भन्दै उनले दलित, मुस्लिम, मधेसी, थारुलगायत पिछडिएका समुदायलाई अधिकार नदिएको संविधान जारी हुनुको अर्थ नभएको बताए । आज साँझ हरमटारी चोकमा काँग्रेस, एमाले, एमाओवादीले संविधानको स्वागत गर्दै दीपावली कार्यक्रम आयोजना गरेका छन् । २०७२ वटा दीप प्रज्ज्वलन गरी दीपावली कार्यक्रम भव्य गर्ने तयारी रहेको छ । साथै अन्तरपाटी महिला सञ्जालले सद्भावना ¥याली निकाल्ने तयारी गरेको सञ्जालकी रविकला खनालले जानकारी दिए । गोरखाको गाउँ–गाउँका साथै सरकारी, गैरसरकारी कार्यालयमा बेलुकी दीपावली कार्यक्रमको तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले संविधान आएको खुसियालीमा सबै कार्यालयमा दीपावली गर्न निर्देशन दिएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending