Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

राजधानीको जनजीवन सामान्यः संविधान घोषणाको व्यग्र प्रतीक्षामा नेपाली जनता

\"new\"काठमाडौं । संविधान घोषणा हुने दिन आज बन्दको आयोजना गरे पनि  काठमाडौँ उपत्यकाको जनजीवन सामान्य रहेको छ । संविधान घोषणाको व्यग्र प्रतीक्षामा रहेका जनताको बन्दको कुनै प्रवाह नगरी नयाँ संविधानको स्वागतका लागि सडक, गल्ली, चोकहरू र चिया चौतारीमा निकै उत्साहका साथ जमघट भएको देखिन्छ । उपत्यकाका सडकमा सवारी साधन चलेका छन् । सडक गल्लीका पसल खुलेका छन् । नयाँ बानेश्वरस्थित संविधानसभा भवन आसपासमा मानिसको बाक्लो उपस्थिति रहेको छ । बन्द भनिए पनि सडकमा बन्दकर्ता नदेखिएपछि सवारी साधन चल्न थालेका छन् । उपत्यकाको जनजीवन सामान्य रहेको प्रहरीले जनाएको छ । बेहुलीझैँ सिँगारिएको संविधानसभा भवन र बानेश्वर क्षेत्रको सडक आसपास गरिएको साज सजावटले सर्वसाधारणलाई आकर्षित गरेको छ । काठमाडौँ उपत्यकाका सडक र मुख्य चोकहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिले पनि सर्वसाधारणमा मनोबल बढाएको छ । इमाडोलबाट निजी गाडीमा अनामनगर आइपुग्नुभएका कलाकार करण श्रेष्ठले बाटोमा कुनै अवरोध नभएको र आफू पनि संविधान घोषणाको उत्सवमा सहभागिता जनाउन आएको बताए । सर्वसाधारण मात्र हैन व्यवसायीमा पनि उत्तिकै उत्साह छ । स्वयम्भूमा व्यवसाय गर्दै आउनुभएका सवीन ठकुराठी पनि सहज रुपमा बानेश्वर आएको बताउँछन्  । अनामनगरका चिया पसले सुमन पोखरेलले अघिल्लो दिनको तुलनामा आज निकै सर्वसाधारणको भीडभाड बढेको बताए । नयाँ बानेश्वरमा भेटिएका मानबहादुर थापाले संविधान घोषणाको उत्साहमा सहभागिता जनाउन आफूहरु जम्मा भएको बताए । मध्यबानेश्वरमा ग्यास व्यवसाय सञ्चालन गर्दै आएका नवराज गौतमले पसल निर्वाध रुपमा सञ्चालन भएको र आसपासका व्यवसायी मिलेर सामूहिक रुपमा संविधानको खुसियाली साटासाट गरेको बताए  । संविधान घोषणा हुने भएपछि के घर के डेरा सडकदेखि सदनसम्म जनलहर र उत्साह देखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending