Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

राजधानीको जनजीवन सामान्यः संविधान घोषणाको व्यग्र प्रतीक्षामा नेपाली जनता

\"new\"काठमाडौं । संविधान घोषणा हुने दिन आज बन्दको आयोजना गरे पनि  काठमाडौँ उपत्यकाको जनजीवन सामान्य रहेको छ । संविधान घोषणाको व्यग्र प्रतीक्षामा रहेका जनताको बन्दको कुनै प्रवाह नगरी नयाँ संविधानको स्वागतका लागि सडक, गल्ली, चोकहरू र चिया चौतारीमा निकै उत्साहका साथ जमघट भएको देखिन्छ । उपत्यकाका सडकमा सवारी साधन चलेका छन् । सडक गल्लीका पसल खुलेका छन् । नयाँ बानेश्वरस्थित संविधानसभा भवन आसपासमा मानिसको बाक्लो उपस्थिति रहेको छ । बन्द भनिए पनि सडकमा बन्दकर्ता नदेखिएपछि सवारी साधन चल्न थालेका छन् । उपत्यकाको जनजीवन सामान्य रहेको प्रहरीले जनाएको छ । बेहुलीझैँ सिँगारिएको संविधानसभा भवन र बानेश्वर क्षेत्रको सडक आसपास गरिएको साज सजावटले सर्वसाधारणलाई आकर्षित गरेको छ । काठमाडौँ उपत्यकाका सडक र मुख्य चोकहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिले पनि सर्वसाधारणमा मनोबल बढाएको छ । इमाडोलबाट निजी गाडीमा अनामनगर आइपुग्नुभएका कलाकार करण श्रेष्ठले बाटोमा कुनै अवरोध नभएको र आफू पनि संविधान घोषणाको उत्सवमा सहभागिता जनाउन आएको बताए । सर्वसाधारण मात्र हैन व्यवसायीमा पनि उत्तिकै उत्साह छ । स्वयम्भूमा व्यवसाय गर्दै आउनुभएका सवीन ठकुराठी पनि सहज रुपमा बानेश्वर आएको बताउँछन्  । अनामनगरका चिया पसले सुमन पोखरेलले अघिल्लो दिनको तुलनामा आज निकै सर्वसाधारणको भीडभाड बढेको बताए । नयाँ बानेश्वरमा भेटिएका मानबहादुर थापाले संविधान घोषणाको उत्साहमा सहभागिता जनाउन आफूहरु जम्मा भएको बताए । मध्यबानेश्वरमा ग्यास व्यवसाय सञ्चालन गर्दै आएका नवराज गौतमले पसल निर्वाध रुपमा सञ्चालन भएको र आसपासका व्यवसायी मिलेर सामूहिक रुपमा संविधानको खुसियाली साटासाट गरेको बताए  । संविधान घोषणा हुने भएपछि के घर के डेरा सडकदेखि सदनसम्म जनलहर र उत्साह देखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy