Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

संविधानसभाबाट संविधान जारी गर्ने फ्रान्स जेठो अनि नेपाल कान्छो मुलुक

\"sambidhan_2072\"काठमाडौं । संविधानसभाबाट संविधान जारी गर्ने मुलुकहरुको पङ्क्तिमा फ्रान्स पहिलो हो र त्यसमा नेपाल अब कान्छो मुलुक बन्न पुगेको छ । यसअघि विश्वका ४० भन्दा बढी मुलुकमा संविधानसभाबाटै संविधान जारी भएको इतिहास छ । संविधानसभाबाट संविधान जारी गर्ने काम एउटा लामो संवैधानिक प्रक्रिया हो । जनताबाट निर्वाचित भएका प्रतिनिधिले जनताका लागि बनाउने मूल कानुन नै यसको सार र आधारभूत पक्ष हो । संविधानसभाको यी सबै जटिल प्रक्रियालाई छिचोलेर पारित एवम् प्रमाणितसमेत भइसकेको नेपालको संविधान आज जारी हुँदैछ । नेपालमा पहिलो संविधानसभाको असफलतासँगै दोस्रो पटक संविधान निर्माण हुने वातावरण जुरेको हो । आठ वर्षभन्दा लामो राजनीतिक खिचातानी, अविश्वास र आशङ्काका बीचबाट प्रमुख राजनीतिक दलको सुझबुझपूर्ण निर्णयले नै संविधान जारी हुन सफल भएको हो । संविधानसभाको इतिहासलाई मिहिन ढङ्गले अध्ययन गर्ने हो भने सर्वप्रथम सन् १७८९ मा फ्रान्समा संविधानसभा गठन भएको मानिन्छ । १७८९ जुलाई ९ मा गठन गरिएको संविधानसभा विधायिकीसभाद्वारा पुनःस्थापित भएपछि १७९१ मा विघटन भएको थियो । नर्वे पनि संविधानसभाबाटै संविधान बनाउने मुलुकमा पर्छ । सो मुलुकले सन् १८१४ मा संविधानसभामार्फत संविधान निर्माण गरेको थियो । अर्जेन्टिनामा १८५३ मा संविधानसभाबाटै संविधान निर्माण भएको थियो । रुसमा सन् १९१८, जर्मनीमा १९१९, लिथुआनियामा १९२०, आयरल्याण्डमा १९२२, भारतमा १९४६, पाकिस्तानमा १९४६, इटालीमा १९४६, इजरायलमा १९४८, टर्कीमा १९६१, नामिबियामा १९९०, साल्भाडोरमा १९९१, कोलम्बियामा १९९२, इथियोपियामा १९९४, दक्षिण अफ्रिकामा १९९४, पूर्वी टिमोरमा १९९६ र भेनेजुएलामा १९९९ मा संविधानसभाको माध्यमबाट संविधान निर्माण गरिएको थियो । संविधानसभाबाट संविधान निर्माण गर्ने जटिल प्रक्रिया भएकाले कतिपय मुलुकले सफलताको चाख लिए भने कतिपयले असफताको नराम्रो अनुभव पनि बेहोरे । संविधानसभाको अवधारणाका रुपमा अस्पष्टता, सङ्क्रमणकालको उचित व्यवस्थापनको अभाव, जनआकाङ्क्षा र संविधानसभाको बनावटबीच रहनुपर्ने सन्तुलनको अभावमा  असफल भएको अन्तर्राष्ट्रिय अनुभव छ । दक्षिण अफ्रिका संविधानसभाबाट संविधान बनाउने सफल मुलुकका रुपमा स्थापित छ । दक्षिण अफ्रिकामा पनि नेल्सन मण्डेलाको निस्वार्थभाव, त्याग र योगदानका कारण सहज रुपमा संविधान निर्माण हुनसकेको हो । पहिलो संविधानसभाको असफलतापछि कतै संविधानसभाबाट संविधान बनाउने कार्यभार पूरा नहुने पो हो कि भन्ने चिन्ताले स्वदेशी र अन्तर्राष्ट्रिय समुदायलाई सताए पनि दोस्रो पटक नेपाल सफल भएको छ, नेपाली जनता, नेपाली राजनीतिक दल सफल भएका छन् । संविधान लेखनका सन्दर्भमा नेपाल र दक्षिण अमेरिकामा रहेको देश बोलिभियाबीच धेरै विषयमा समानता रहेको पाइएको छ । नेपाल जस्तै बोलिभिया पनि भूपरिवेष्ठित देश हो । बोलिभिया पनि दक्षिण अमेरिकाको एउटा गरिब देश हो भने त्यहाँ पनि आदिवासीलाई अधिकार दिने विषयलाई लिएर निकै शक्ति सङ्घर्ष चलेको थियो । बोलिभियाले पनि संविधानसभाबाटै संविधान बनाएको थियो । संविधान बनाउने क्रममा दुई तिहाइ बहुमतको बलमा संविधानसभाको बैठक सेनाको घेरामा बस्नेदेखि लिएर विपक्षीको अनुपस्थितिमा रातभर मतदान गर्नेसम्मका घटनाहरु त्यहाँ भए । नेपालमा प्रमुख तीन राजनीतिक दल र केही साना दलका सभासद्सहित ५०७ सभासद्ले संविधानको पक्षमा मतदान गरेका थिए भने २५ मत विपक्षमा परेको थियो । मधेसवादी र थारु सम्बद्ध दलहरुले भने संविधान लेखन प्रक्रियालाई बहिस्कार गरे । पहिलो पटक देशका आदिवासीको प्रतिनिधित्व गर्दै राष्ट्रपति निर्वाचित भएपछि इभो मोरालेसले देशको संविधान लेख्ने प्रयोजनका लागि संविधानसभाको निर्वाचन गर्ने घोषणा गरे । एक वर्षभित्र संविधान बनाउने लक्ष्यका साथ सन् २००६ को अगस्ट ६ तारिखमा संविधानसभाको पहिलो बैठक बस्यो । तर निर्धारित समयमा संविधान बन्न नसकेपछि यसको म्याद बढाएर सन् २००७ को ९ डिसेम्बरमा बल्ल संविधानसभाले नयाँ संविधान अनुमोदन गर्न सक्यो । सो क्रममा निकै विवाद र हिंसाका घटनासमेत भएका थिए । भारतको इतिहासमा भने संविधानसभाबाट संविधान बनाउँदा मुलुक नै टुक्रन पुगेको नमिठो इतिहास साक्षी छ । संविधानसभाबाट संविधान बन्दै गर्दा पाकिस्तान र बङ्गलादेश बनेको इतिहास हाम्रो अगाडि छ । सन् २०१४ मा ट्यूनिसियामा पनि संविधानसभाबाटै संविधान जारी गरिएको छ । विद्रोहपछि संविधानसभाबाट संविधान बनाएको उक्त मुलुकले असाध्यै छोटो समयमा काम सम्पन्न गरेको थियो । संविधानसभा आफैंमा स्वचालित हुने प्रणाली होइन । यसबाट सही परिणाम निकाल्नका लागि यसको परिचालन कसरी गरिन्छ भन्ने विषयमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । संविधान निर्माण प्रक्रियामा लामो समय व्यतित गर्नुपर्ने कारण र तथ्यका पछाडि सोही विषयले बढ्ता काम गरेको पाइन्छ । सङ्क्रमणकालको व्यवस्थापन अर्को प्रमुख चुनौती बनेर देखापर्छ । नेपालको सन्दर्भमा त शान्ति प्रक्रिया र संविधान लेखनको काम एकैपटक अगाडि बढाउनुपर्ने बाध्यताका कारण पनि समस्या खडा भएको थियो । इथियोपिया, इरिट्रियालगायतका देशले राष्ट्रिय बडापत्र जारी गरे भने दक्षिण अफ्रिकामा अन्तरिम संविधान नै संविधानसभालाई सफल बनाउने प्रमुख अस्त्र सावित भयो । यी विभिन्न अन्तर्राष्ट्रिय अनुभवको आधारमा हेर्दा दोस्रो पटक संविधानसभाको निर्वाचन गरेरै भए पनि संविधान निर्माण गर्ने श्रेय नेपालले पाएको छ । संविधान निर्माणमात्र प्रमुख विषय नभएको र यसको महत्वपूर्ण विषय कार्यान्वयन पक्ष नै भएकाले त्यसमा विशेषगरी संविधान लेखन प्रक्रियामा सक्रिय सहभागिता जनाएका दलले ध्यान दिन आवश्यक देखिन्छ । विभिन्न तह र तप्कामा अभिव्यक्त भइरहेको असन्तुष्टिलाई सम्बोधन गरेर उनीहरुलाई पनि संविधान ‘हाम्रो पनि हो र हाम्रा लागि पनि हो’ भन्ने आभाष दिलाउनु अत्यावश्यक छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy