विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरका अधिकांश क्याम्पसमा अखिल क्रान्तिकारीले जितेको छ। प्रदेशकै ठुलो मध्येको महेन्द्र मोरङ क्याम्पस विराटनगरमा अखिल क्रान्तिकारीका रोहित यादव सभापतिमा विजयी भए।
उनले १ हजार १ सय १८ मत ल्याउँदा नेविसंघका प्रज्वलजंग विष्टले १ हजार ७५ मत पाए । यादव र विष्टको मतान्तर ४३ रह्यो । अनेरास्ववियुका अनिष बोगटीले २ सय ३२ मत मात्रै प्राप्त गरे ।
नेविसंघले सचिव र कोषाध्यक्षमा भने जित हासिल गरेको छ । सचिवमा नेविसंघका सुदीक्षा थापामगर ७ सय ४१ मतसहित विजयी भइन् उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियन नेपालका राकेशकुमार यादवले ५ सय ८८ मत पाए ।
कोषाध्यक्षमा नेविसंघका रोशनकुमार पासवान विजयी भए । अबेर राती सम्पन्न मतगणनामा पासवानले ८ सय ९३ मत ल्याउँदा प्रतिस्पर्धी अखिल क्रान्तिकारीका राजीव यादवले ८ सय २७ मत पाए । विराटनगरको डिग्री क्याम्पसको सभापतिमा क्रान्तिकारीका प्रितम साह विजयी भए।
यस्तै विराटनगरकै विराटनगर नर्सिङ क्याम्पसमा क्रान्तिकारीकै रोहित ताजपुरिया निर्वाचित भए । मोरङको कानेपोखरीस्थित रमाइलो क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका अनिश कार्की निर्वाचित भए।
मिक्लाजुङ क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका सुजन घिमिरेको प्यानल नै निर्वाचित भएको छ ।
मोरङकै अर्को ठुलो क्याम्पस सुकुना बहुमुखी क्याम्पसमा भने अनेरास्ववियुले जितेको छ । सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका एलिस ओझा निर्वाचित भएका छन् । ओझाले नेविसंघका विजयी ओझालाई हराउँदै निर्वाचित भएका हुन् । एलिसले ९८५ मत पाउँदा विजयले ६८६ मत मात्रै पाए ।
यस्तै, केराबारीस्थित खदम क्याम्पसको सभापतिमा अनेरास्ववियुका सङ्गम कन्दङ्वा निर्वाचित भएका छन् । यसै गरी, मोरङको पथरी बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका केशर राई निर्वाचित भएका छन् । मोरङका ३ आङ्गिक र ८ सामुदायिक क्याम्पसमा मङ्गलवार निर्वाचन भएको थियो ।
नेविसंघबाट लेटाङ बहुमुखी क्याम्पसको सभापतिमा लेखनाथ दाहाल निर्वाचित भएका छन् । नेविसंघबाटै उर्लाबारी बहुमुखी क्याम्पसमा पोषण आचार्य र पथरी बहुमुखी क्याम्पसमा केशर राई सभापतिमा सर्वसम्मत भइसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८१ - ०९:३९
बागमती । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने योजना तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले संसद्मा सुनाउँदा हेटौँडाका सरोज बिड...
चैत्र १० गते, २०८१ - ०९:०७
काठमाडौं । विगत केही वर्षदेखि नेपालमा सार्वजनिक ऋणको भार बढ्दै गएको भन्दै देश जुनसुकै बेला "ऋणको पासो"मा पार्न सक्ने चेतावनी केही अर्थशास्त्रीहरूले दि...
चैत्र १० गते, २०८१ - ०८:५०
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। यही चैत्र ५ गते मंगलबार सभापति शेरबहादुर देउवा निवास बुढान...
चैत्र १० गते, २०८१ - ०८:४४
चन्द्रागिरी । सङ्घीय संसद सचिवालयले सदन, संसदीय समिति र सचिवालयका कामकारबाहीसम्बन्धी समाचार सङ्कलन र सम्प्रेषणलाई सहज एवम् व्यवस्थित तुल्याउन पत्रका...
चैत्र १० गते, २०८१ - ०८:०३
झापा । एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भ...
चैत्र १० गते, २०८१ - ०७:५७
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा धान र चामलको आयात दोब्बरले बढेको छ । भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले २९ अर्ब रुपियाँ बराबर...
चैत्र १० गते, २०८१ - ०७:३३
वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार ...
चैत्र १० गते, २०८१ - ०७:२६
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र मधेस प्रदेशलगायत देशका पहाडी भ–ूभागमा आंशिकदे...
चैत्र १० गते, २०८१ - ०७:२२
काठमाडौँ । नेपालमा रहेका नदीनालामा वार्षिक रूपमा दुई सय २५ अर्ब घनमिटर पानी उपलब्ध हुने गरेको भए पनि त्यसको बहुउपयोग हुन नसक्दा त्यत्तिकै खेर जाने गरे...
चैत्र १० गते, २०८१ - ०७:१३
काठमाडौं । अमेरिकी अनुदान सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजना तत्कालका लागि निरन्तर भएका छन् । तर ९० दिनको समीक्षा अवधि ...
प्रतिकृया लेख्नुहोस्: