Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । प्रहरीले अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ गरेको छ । काठमाडौंं लगायतका विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले पक्र्राउ गरेको हो ।

काठमाडौं, तारकेश्वर नगरपालिका-४ शेषमती सानोपुल एरियाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित सुनसरी धरान उपमहानगरपालिका-१७ घर भई काठमाडौं बानियाटार बस्ने २० वर्षीय सुरेन स्याङ्तानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो  ।

सर्लाही, लालबन्दी नगरपालिका(२ बाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ४४ ट्याब्लेट सहित महोत्तरी सोनमा गाउँपालिका-२ बस्ने ३५ वर्षीय राम पुजन साह सुडीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बर्दिबासबाट डाबरीतर्फ जाँदै गरेको ज।१२ प ६१२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

स्याङ्जा, वालिङ नगरपालिका-१० भकुण्डेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १८ ट्याब्लेट र  जुब्लिन १ सय २३ ट्याब्लेट सहित बाग्लुङ वरेङ गाउँपालिका-१ बस्ने २२ वर्षीय प्रेम बहादुर थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु.प्.०१००१ ज ००९३ नम्बरको हाईसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

मोरङ, विराटनगर महानगरपालिका(१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एभिल १५ एम्पुल, लुपिजेसिक १५ एम्पुल, फेनारगन १५ एम्पुल र डाइजेपाम १५ एम्पुल सहित सुन्दरहरैंचा नगरपालिका(५ बस्ने २४ वर्षीय नेत्र बहादुर खनाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी मोरङ, बेलबारी नगरपालिका-४ काकुम झोडा डेरा गरी बस्ने रतुवामाई नगरपालिका-८ घर भएका ३० वर्षीय सुशिल मोतेलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १७ ग्राम ८ सय ८० मिलिग्राम, डिजिटल तराजु १ थान, मोबाइल ३ थान र  नगद ६१ हजार ६ सय ४० रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको को। २४ प ९३१५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

चितवन, रत्ननगर नगरपालिका-७ मालपुर बस्ने ३१ वर्षीय गणेश लामालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम र नगद १ लाख २० हजार रूपैयाँ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बछौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-१७ वरकोबोटबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय ४४ एम्पुल, फेनारगन  १ सय ४२ एम्पुल र डाइजेपाम १ सय ४३ एम्पुल सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-११ रानीपौवा बस्ने २६ वर्षीया एलिना पुन, माछापुच्छ्रे गाउँपालिका(३ घाचोक बस्ने ४१ वर्षीय सन्तोष गुरूङ र अन्नपूर्ण गाउँपालिका घर भई पोखरा महानगरपालिका-२ मिरूवा बस्ने ३१ वर्षीय सुजन गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र प्रहरी चौकी छोरेपाटनबाट खटिएको प्रहरीले बुटलवलबाट पोखरातर्फ आउँदै गरेको .१ ज ८८०९ नम्बरको ईभी भ्यानमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कैलाली, जानकी गाउँपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका--८ बस्ने २९ वर्षीय कृष्ण चौधरी र २८ वर्षीय डिमेन्स चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, गोदावरी नगरपालिका-९ बिजुलीयाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ सय ५० ग्राम सहित सोही ठाउँ बस्ने बझाङ केदारस्यु गाउँपालिका घर भएकी ४५ वर्षीया गौरी गुरूधामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ देबरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लखिमपुर पलिया सुवास नगर बस्ने २६ वर्षीय जसप्रित सिंह र ४० वर्षीय अंगद सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।

झापा, दमक नगरपालिका-५ आकाशे पुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र स्पास्पेन ६० ट्याब्लेट सहित कमल गाउँपालिका-५ मंगलबारे बस्ने २८ वर्षीय सुरज तुम्बाहाम्फेलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

सुनसरी, ईटहरी उपमहानगरपालिका-४ स्थित पूर्व बस स्टेण्डबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८० ट्याब्लेट र स्पास्पेन १ सय ९० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१० शिव नारायण टोल बस्ने २५ वर्षीय सविन श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट बुढीखोलाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ बिशालनगर सुकुमबासी बस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बादल लुहार र २६ वर्षीय साहिल धामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले बादलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई  पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending