Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

स्ववियु निर्वाचनमा छलाङ मार्दै स्वतन्त्र उम्मेदवारः त्रिविमा इतिहास रच्ने दाउमा उज्ज्वल

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय  अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा धेरै ठाउंमा स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् ।

स्वतन्त्र उम्मेदवारहरूले केही ठुला क्याम्पसमा त जित नै हासिल गरेका छन् भने कतिपय स्थानमा तीव्र प्रतिस्पर्धामा छन् । स्वतन्त्रको लहर चलिरहँदा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षका विद्यार्थी श्रेष्ठले अखिल क्रान्तिकारीका रसिक लम्साललाई पराजित गरेका हुन् ।

पोखराको लामाचौरस्थित इन्जिनियरिङ क्याम्पसमा पनि स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजयी भए । धामीले कांग्रेस, एमाले र माओवादी निकट विद्यार्थी संगठनलाई पाखा लगाउंदै इतिहांस राख्न सफल भएका हुन् ।

यस्तै, चितवनको रामपुरस्थित चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार प्रज्वल अधिकारी निर्वाचित भएका छन् भने  त्रिभुवन विश्वविद्यालय केन्द्रीय प्रविधि क्याम्पस धरानमा स्वतन्त्र उम्मेदवार पेशलराज कार्की निर्वाचित भए । उनले ४१३ मतका साथ एमाले–कांग्रेस–माओवादी निकट विद्यार्थी संगठनलाई पछि पार्दै  निर्वाचित भएको हुन् ।

मंगलबार त्रिवि अन्तर्गतका ४२ आंगिकसहित करिब २ सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन भएको हो । तर कतिपय क्याम्पसमा विद्यार्थी संगठनहरूबीच भएको विवादका कारण मतदात स्थगित भएको थियो । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा शुक्रबार निर्वाचन हुँदैछ ।

विश्वविद्यालय क्याम्पस चुनावमा सहभागी हुन २१ वटा संगठनले नाम दर्ता गरेका छन् । पदाधिकारीसहित सदस्यका लागि ८४ जनाको उम्मेदवार परेकोमा ६ जनाले फिर्ता लिएका छन् । त्रिविको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार उज्वल खड्काको चर्चा छ । लामो समय अखिलमा राजनीति गरेका खड्काले प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका हुन् ।

त्रिवीलाई प्राज्ञिक थलाे बनाउने  खड्काको सपना

बझाङ घर भएका उज्वल खड्कालाई लागेको थियो विश्वविद्यालय प्राज्ञिक थलो मात्र होइन शैक्षिक अनुशासनकोे मन्दिर पनि हो । तर जब उनी मास्टर्स गर्न कीर्तिपुरस्थित त्रिभुुवन विश्वविद्यालय प्रवेश गरे त्यहाँको फरक अवस्था देखेर उनी अवाक् भए । त्यहाँ न त प्राज्ञिक बहस छ, न शैक्षिक सचेतना छ न त शैक्षिक अनुशासन नै छ ।

त्रिभुवन विश्वविद्यालयको नाजुक अवस्था देखेर राजनीतिकशास्त्र स्नातकोत्तरका विद्यार्थी खड्काले यसलाई सुधार गर्नुपर्छ भन्ने कसम खाए । अनि लागे विश्वविद्यालयको सुधार गर्ने अभियानमा ।

यो निराशा र विकृत दलीय राजनीतिको चक्र तोड्ने सङ्कल्पका साथ ‘त्रिविलाई राजनैतिक हस्तक्षेप मुक्त गरौँ ’ भन्ने मूल नाराका साथ स्वतन्त्र उम्मेद्वारी दिएका खड्काले अन्य युवाहरू सँग प्यानल बनाएरै मैदानमा छन् ।

विश्वविद्यालय सुधार गर्ने अभियानलाई अझ दरिलो बनाउन खड्का त्रिविअन्र्तगतको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापति पदमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनलाई धेरै ठाउंमा स्वतन्त्र उम्मेदवारले जितेसंगै थप हौसला मिलेको छ ।

सभापति पदमा स्वतन्त्र उम्मेदवारी दिँदै गर्दा उनको एउटै नारा छ त्रिविको शैक्षिक सुधार । उनी भ्रातृसंस्थाका उम्मेदवारलाई टक्कर दिँदै विश्वविद्यालय सुधारको खाकासहित मैदानमा उत्रिएका छन् ।

विश्वविद्यालयमा रहेको चरम राजनीतिक हस्तक्षेप अन्त्य हुनु नै उनको उम्मेदवारीको पहिलो शर्त हो । त्रिवि अन्तर्राष्ट्रियस्तरको प्राज्ञिक थलो र अनुसन्धानको केन्द्र बन्नुको सट्टा राजनीतिक हस्तक्षेपको विकारबाट ग्रसित भएको उनले बताए । विश्वविद्यालय सुधार गर्न प्रधानमन्त्री कुलपति हुने परिपाटीको अन्त्य हुनुपर्छ,’ उनी भन्छन् , ‘विश्वविद्यालयका विद्यार्थी मात्र होइन, कर्मचारी, प्राध्यापक सबै दलका भए ।’

त्रिविका अनुसन्धान केन्द्रलाई प्रभावकारी बनाउनुपर्ने योजना उनको छ । ‘अनुसन्धान केन्द्र पहिले चलायमान थियो । अहिले दलको कार्यकर्ता उत्पादन गर्ने केन्द्र बनेको छ’, त्रिविको निराशाजनक अवस्थाप्रति संकेत गर्दै उनले भने, ‘त्रिविको रुपान्तरण, गुणस्तरीय शिक्षा र संरचनाको सुधार मेरो योजना हो ।’

व्यवहारिक र प्राविधिक शिक्षालाई विकास गर्न समन्वय गर्ने योजना आफूसँग रहेको अध्यक्षका प्रत्यासी खड्काले बताए । त्रिविका पदाधिकारीहरू भागबन्डाबाट होइन, खुला प्रतिस्पर्धा र मेरिटोक्रेसीबाट चयन हुनुपर्नेमा खड्काको जोड छ ।

विद्यार्थी संगठनको सिन्डिकेट तोड्न आफ्नो उम्मेदवारी रहेको जनाउँदै उनी भन्छन्, ‘विद्यार्थी संगठनका गतिविधिले नकारात्मक सन्देश दिएकाले मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।’

राजनीतीकरण र दोयम–क्षमताले थला परेको त्रिविलाई प्राज्ञिकता र मेरिटका आधारमा हुने नियुक्तिले मात्र सुधार गर्न सकिने उनको धारणा छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending