Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

वाइसीएलको तेस्रो राष्ट्रिय सम्मेलनको मिति तय

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग,नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको मिति तय भएको छ ।

गत फागुन २७ गते वाइसीएल अध्यक्ष सुबोधराज शेर्पालीको अध्यक्षता र पार्टी अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा बसेको भर्चुअल बैठकबाट २०८२ साल जेठ १७ गतेदेखि १९ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको हो ।

पार्टी अध्यक्ष दाहालसंगै पार्टीका उपमहासचिव शक्तिबहादुर बस्नेत, संगठनका इन्चार्ज राम प्रसाद सापकोटा क.दिपशिखाको विशेष आतिथ्यता सहित सुरु भएको उक्त बैठकबाट प्रदेश बैठकदेखि राष्ट्रिय सम्मेलनको लागि विभिन्न उपसमितिहरु समेत गठन गरि सम्मेलनको तयारी सुरु गरेका छन् ।

पछिल्लो समय सत्तामा रहदा होस वा बाहिर सुशासनको पक्षमा माओवादी केन्द्रले राखेको अडानको कारण जनता गएको सकारात्मक सन्देश र कार्यकर्तामा स्वस्फूर्त रुपमा पैदा भएको उत्साहलाई शक्तिमा बदलेर पार्टीलाई नयाँ ढंगले अगाडि लैजान वाइसीएल संगठनको महत्त्वपूर्ण भुमिका रहेको भन्दै संगठनलाई मजबुत बनाउदै लैजान र राष्ट्रिय सम्मेलनको भव्य तयारी गर्न अध्यक्ष प्रचण्ड मले वाइसीएल केन्द्रीय कमिटीको बैठक मार्फत निर्देशन गरेको वाइसीएल नेपालका अध्यक्ष सुबोधराज शेर्पालीले बताए ।

पछिल्लो नयाँ युवा पुस्तामा माओवादीको उपस्थिति कम भएको कारण, युवाहरुमा रहेको नकारात्मक भ्रम चिर्न पनि राष्ट्रिय सम्मेलनले विशेष योगदान पुर्याउने अध्यक्ष शेर्पालीले बताए । उनले भने ' अबको वाइसीएल जहाँ युवा उभिन्छ त्यहाँ वाइसीएल देखिन्छ, जहाँ युवाहरूको मुद्दा ब्युतिन्छ त्यहाँ वाइसीएलको बलियो प्रतिबद्धता रहन्छ ।'

बैठकले राष्ट्रिय सम्मेलनको मुल नारा ' उद्यमशिलता, नवप्रवर्दन र स्वरोजगारका लागि आजको युवा आन्दोलन ।  सुशासन, सामाजिक न्याय, नेपाल सम्बद्धि र सामाजबादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन' भन्ने तय भएको छ ।

सम्मेलनको मुल व्यवस्थापन संगठनका अध्यक्ष सुवोधराज शेर्पाली र केन्द्रीय सदस्यहरुले गर्नेछन् भने राजनैतिक तथा संगठन प्रतिवेदन उपसमितिमा अध्यक्ष शेर्पाली, महासचिव गणेश शाही लगायतले गर्नेछन् । संगठनात्मक कार्यविधि, निर्वाचन कार्यविधि र विधान संशोधन प्रस्ताव कार्यदलमा बरिस्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ क.कसम, मीन बहादुर घर्ति, ललित श्रेष्ठ लगायत छन् ।

त्यसैगरी अतिथि व्यवस्थापन तथा समन्वय उपसमिति , स्वास्थ उपसमिति,अनुशासन तथा आचार संहिता अनुगमन समिति, निर्वाचन उपसमिति, आर्थिक व्यवस्थापन, प्रचारप्रसार, स्वयंसेवक परिचालन लगायतका विभिन्न उपसमितिहरु बनाएर सम्मेलन भव्य रुपमा सफल पार्न लागिरहेको वाइसीएल नेपालले बताए । साथै बैठकबाट स्थानीय, जिल्ला तथा प्रदेशहरुको पनि बैठक मिति तय गरेर परिपत्र जारी गरेका छन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending