काठमाडौं । नेकपा (बहुमत)को काठमाडौं जिल्ला समितिले भ्रष्टाचार, वीत्तीय शोषण र मानव बेचविखन विरोधी दस्ता घोषणा गरेको छ । बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान सरकार सबै किसिमका बेथितिको संरक्षक भएकोले आफूहरुले सरकारकोविरुद्धमा संघर्ष छेड्ने उद्घोष गरेको छ ।
पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला इन्चार्ज सागर लिम्बुले वर्तमान सरकारले तमाम् बेथितिविरुद्ध कदम चाल्नु पर्नेमा उल्टै संरक्षण गरेको आरोप लगाए । लिम्बुले त्यसतर्फ कसैले पनि ध्यान नदिएको बताउँदै भने,“केहि दिनमै दस्ता भ्रष्ट तथा दलाहरुविरुद्ध खनिने छ, जसको सुरुवात हामीले गर्नेछौं ।” “भ्रष्टाचार वीत्तीय शोषण मानव बेचबिखन विरोधी दस्ता घोषणा मात्रै हैन निकट भविष्यमा तपाईहरुले त्यसको परिणाम देख्न पाउनु हुनेछ ।” लिम्बुले थपे ।
जिल्ला सेक्रेटरी दर्शन कुमार नेपालीले देशको राजधानी काठमाडौंमै सबैखाले बेथितिको जड भएकोले आफूहरुले दस्ताको निर्माण गरेको जानकारी गरे । सेक्रेटरी नेपालीले देशमा मौलाउँदै गइरहेको भ्रष्टाचार, वीत्तीय शोषण, कालाबजारी, मानव बेचबिखन, सामाजिक असमानता, प्राकृतिक स्रोतसाधन माथिको व्यक्तिगत नियन्त्रण र अस्थिरता जस्ता विषयमा न्यायका पक्षधरहरुलाई एकताबद्ध गर्न सचेतपूर्ण संघर्ष र पहल कदमीको आवश्यकता रहेको छ । यो आवश्यकतालाई मध्यनजर गर्दै दस्ताको निर्माण गरेको बताए ।
सो कार्यक्रममा भक्तपुर जिल्ला इन्चर्ज प्रतिमा बजगाई, काठमाडौं जिल्ला संयोजक रामहरी पोखरेल, अखिल (क्रान्तिकारी) बागमती प्रदेश संयोक मिम ऐडीको उपस्थिति रहेको थियो ।
दस्ताको संघर्षको माथि ?
१) परिवर्तनकारी न्यायका पक्षधर आम जनसमुदायलाई भ्रष्टाचार वित्तिय शोषण, मानव बेचविखन अन्याय अत्याचारका विरुद्ध संगठित गर्दै संघर्ष गर्ने ।
२) सार्वजनिक सम्पत्तिको निजीकरण, दामासाहिकरणका विरुद्ध सम्बन्धित क्षेत्रका सरोकारवाला जनताहरुसंग सहकार्य गर्दै संघर्ष गर्ने ।
३) सरकारी तथा गैरसरकारी क्षेत्रमा हुने भ्रष्टाचार कमिसनखोरका विरुद्ध संघर्ष गर्ने ।
४) भुमि, शिक्षा र स्वास्थ क्षेत्रका सबैखाले माफियाकरणको बिरुद्ध आम जनसमुदायको उपस्थिति सहित संघर्ष गर्ने ।
५) जमिन माथि हुने विभिन्न खालका अवैध चलखेलका विरुद्ध पीडितहरु सहितको संघर्ष गर्ने ।
६) घर जग्गा र उद्योग धितो राखि लघुवित्त, सहकारी र बैंकहरुले अवैज्ञानिक ढंगवाट ब्यक्तिगत सम्पत्ति लिलाम गरि घरवारविहीन बनाउने प्रक्रिया र मिटर ब्याजको विरुद्ध पीडितहरुसंग सहकार्य गरि संघर्ष गर्ने ।
७) सरकारी संघ÷संस्थामा स्थापित निजि बैंकको विस्थापन र सरकारी बैंक स्थापनाको लागी संघर्ष गर्ने ।
८) वैदेशिक ठगिमा परेका व्यक्ति वा समुहको उद्दार तथा न्यायको लागि संघर्ष गर्ने ।
९) विभिन्न मेनपावर र कन्सल्ट्यान्सी लगाएत अन्य क्षेत्रवाट हुने अबैध मानव तस्करिका विरुद्ध संघर्ष गर्ने ।
१०) शैक्षिक क्षेत्रमा भइरहेको सबैखाले विभेद, शोषण, अनियमितता, असमानता र चर्को सुल्क असुलीका विरुद्ध संघर्ष गर्ने ।
११) सार्वजनिक सेवा क्षेत्रमा सम्बद्ध रहेका व्यक्तिहरूको निजि क्षेत्रमा गरिएको लगानी फिर्ता गर्न संघर्ष गर्ने ।
१२) स्थानीय तहमा भइरहेको अनियमियता, भ्रष्टचार र गलत कार्यको विरुद्ध संघर्ष गरिनेछ ।
१३) लागुऔषद नियन्त्रणका लागी सम्बन्धित निकायहरुसंग सहकार्य गरि संघर्ष गर्ने ।
१४) लफ्सिफेदी स्थित बोझेनीका स्थानीय जनताको जग्गा अधिग्रहण प्रक्रिया विरुद्ध संघर्ष गर्ने ।
१५, नेवारी लगायत सार्वजनिक गुठीहरुको निजीकरणको विरुद्ध संघर्ष गर्ने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: