Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

दल फुटाउने सांसदको पदै जाने कानुनको मस्यौदा तयार

खबरडबली संवाददाता

काठमाडौं । सांसदहरूले संख्या पुर्‍याएर दल विभाजन गर्न सक्ने तर त्यसो गरेमा उनीहरूको पद रिक्त हुने कानुनको मस्यौदा निर्वाचन आयोगले तयार पारेको छ । स्वतन्त्र निर्वाचित व्यक्ति कुनै दलमा प्रवेश गर्दा पनि पद रिक्त हुने प्रावधान विधेयकमा प्रस्ताव गरिएको छ ।

आयोगले तयार गरेको ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्ने विधेयक’ को मस्यौदामा केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने व्यवस्था छ । तर यसरी नयाँ दल बनाए वा अर्को कुनै दलमा प्रवेश गरे दल त्याग गरेको मानिने प्रावधान प्रस्ताव गरिएको छ । दल त्यागको सूचना सम्बन्धित संसदीय दलले सभा सचिवालयलाई दिएपछि पद रिक्त हुने प्रक्रिया अघि बढ्छ ।

अहिले कायम राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ (२) मा केन्द्रीय समिति र संघीय संसद्को संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले नयाँ दल बनाए वा अर्को कुनै दलमा प्रवेश गरे वा त्यस्ता सदस्यसमेत भई नयाँ दल बनाए संसदीय दलका सदस्यले दल त्याग गरेको नमानिने व्यवस्था छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया पदकै लोभमा पार्टी फुटाउने क्रम बढेकाले त्यसलाई नियन्त्रण गरेर राजनीतिक दललाई बलियो बनाउन नयाँ प्रस्ताव गरिएको बताउँछन् । ‘जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो, त्यो दल त्याग गरे स्थानको रिक्तता हुने व्यवस्था संविधानमा छ,’ उनले भने ।

‘संविधानको त्यही व्यवस्थाअनुसार ऐन हुनुपर्ने हो । अहिलेको प्रावधानमा त्रुटि छ । त्यही भएर दल फुटाउन पाउने तर निर्वाचितको पद रिक्त हुने व्यवस्था प्रस्ताव गरिएको हो,’ उनले भने ।

मस्यौदामा नभई स्वतन्त्र रूपमा निर्वाचित भएको व्यक्तिले सभाको कार्य अवधिभर कुनै दलको सदस्यता लिन नहुने भनिएको छ । कुनै दलको सदस्यता लिए निर्वाचित भएको स्थान स्वतः रिक्त भएको मानिने व्यवस्था प्रस्ताव गरिएको छ । विद्यमान राजनीतिक दलसम्बन्धी ऐनको दफा २९ मा स्वतन्त्र रूपमा संघीय संसद् वा प्रदेशसभामा निर्वाचित भएको व्यक्तिले कुनै दलको सदस्यता लिए निज स्वतः त्यस्तो दलको संसदीय दलको सदस्य हुने व्यवस्था छ । मतदाताले एउटा चिह्नमा मतदान गरेर जिताइसकेको व्यक्ति अन्यत्र जाँदा पद पनि नरहने गरी कानुनी व्यवस्था गरिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

 

एकल चुनाव चिह्नमा दुई वा दुईभन्दा बढी दलले निर्वाचनमा भाग लिन पाउने अहिलेको व्यवस्था खारेजीको प्रस्ताव आयोगको छ । अहिलेको ऐनमा एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिन सक्ने व्यवस्था छ । ‘बहुदलीय व्यवस्थामा व्यक्ति होइन, दल आफ्नो सिद्धान्त लिएर मतदाताकहाँ पुग्छन् । विचारले चुनावमा प्रतिस्पर्धा गर्छ । दुई वा त्योभन्दा बढी दल एउटै चिह्नमा गए मतदाताले कसको सिद्धान्त बुझ्ने ?,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘एउटै चिह्नमा चुनावमा जान चाहने दलले एकीकरण गर्नुपर्छ ।’

स्थानीय तहमा निर्वाचित व्यक्तिको दल त्यागबारे विद्यमान ऐनमा स्पष्ट व्यवस्था छैन । मस्यौदामा भने ‘कुनै दलका तर्फबाट स्थानीय तहको कुनै पदमा उम्मेदवार भई निर्वाचित भएको सदस्यले यस ऐनबमोजिम दल त्याग गरेको कारणले निजलाई दलबाट निष्कासन गरिए उक्त दलको केन्द्रीय समितिले निर्णय गरी त्यसको सूचना सम्बन्धित गाउँपालिका वा नगर कार्यपालिकालाई दिनुपर्ने’ भनिएको छ । कार्यपालिका वा नगरपालिकाले सूचना टाँस गरेपछि सम्बन्धित सदस्यको स्थान रिक्त हुने मस्यौदामा उल्लेख छ ।

बहुदलीय व्यवस्थामा राजनीतिक दल बलियो हुनुपर्छ भन्ने मान्यता राखेर नयाँ प्रस्ताव ल्याइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । ‘दललाई कमजोर होइन, बलियो बनाउनुपर्छ । दल बलियो हुने प्रावधान ठाउँ–ठाउँमा प्रस्ताव गरिएको छ,’ उनले भने, ‘दलमा आन्तरिक लोकतन्त्र संस्थागत हुने, कामकारबाही पारदर्शी बनाउने, वित्तीय पारदर्शिता र सुशासन कायम हुने खालका प्रावधान पनि प्रस्ताव गरिएको छ ।’ मन्त्रीको लोभमा दल फुटाउने कार्य रोकिनुपर्ने र दलहरू क्षतविक्षत नभई मजबुत र संस्थागत हुनुपर्ने आशय मस्यौदाले लिएको उनले उल्लेख गरे ।

तोकिएको मापदण्डअनुसार नेपाल सरकारले निर्वाचन खर्च तथा दल सञ्चालनका लागि आवश्यक पर्ने रकम राज्यकोषबाट अनुदानस्वरूप उपलब्ध गराउन सक्ने व्यवस्था पनि मस्यौदामा छ । राजनीतिक दलमा वित्तीय पारदर्शिता कायम गर्न यो प्रस्ताव गरिएको प्रमुख निर्वाचन आयुक्तको भनाइ छ । दलको आर्थिक स्रोतलाई लिएर जहिले पनि प्रश्न उठ्दै आएको छ । मनपरी चन्दा असुल गर्ने कार्यले राजनीतिक दल बदनामसमेत भएका छन् ।

नयाँ राजनीतिक दल दर्ताको समयमा ५ सय मतदाताले सदस्यता प्राप्त गरेको हुनुपर्ने अहिलेको प्रावधानमा ती ५ सय सदस्यमध्ये एकतिहाइ महिला अनिवार्य र अन्य समूहको समावेशी प्रतिनिधित्व हुनुपर्ने संशोधन प्रस्ताव गरिएको छ । दलका विभिन्न समिति तथा विभागमा कम्तीमा ३३ प्रतिशत महिला रहनुपर्ने भनिएको छ । केन्द्रीय समितिको संख्या मनपरी राख्ने प्रवृत्तिमा पनि निर्वाचन आयोगले नियन्त्रण गर्न खोजेको छ । आयोगले कम्तीमा २१ र बढीमा ३ सय ५१ सदस्यीय केन्द्रीय समिति हुनुपर्ने प्रस्ताव गरेको छ । केन्द्रीय समिति, प्रदेश समिति र स्थानीय समितिमा निर्वाचित पदाधिकारीको बढीमा १० प्रतिशत सदस्य मात्रै मनोनयन गर्न सकिने पनि विधेयकको मस्यौदामा उल्लेख छ ।

पार्टीको केन्द्र, प्रदेश र स्थानीय तहसम्म संरचना रहने व्यवस्था पनि मस्यौदामा छ । अहिलेको कानुनले स्थानीय तहमा पार्टीको संरचना रहनेबारे बोलेको छैन । सबै तहको निर्वाचन ५ वर्षमा कम्तीमा एक पटक हुनुपर्ने र पार्टीको प्रमुख पदमा एक व्यक्ति मात्रै हुनुपर्ने कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । पार्टीहरू एकीकरण हुँदा दुई वा दुईभन्दा बढी अध्यक्ष रहने प्रावधानलाई आयोगले हटाउन खोजेको हो । ‘पार्टीको प्रमुख पदमै धेरै व्यक्ति हुनु हुँदैन, त्यसले विकृति ल्याएको देखिएकाले हटाउने प्रस्ताव गरिएको हो,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।

निर्वाचन आयोगमा दल दर्ता गराउने तर निर्वाचनमा भाग नलिने प्रवृत्ति पनि अन्त्य गर्न खोजिएको छ । आयोगमा दर्ता भएको दलले संघीय संसद्, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा कम्तीमा ३३ प्रतिशत स्थानमा निर्वाचनमा भाग लिनुपर्ने मस्यौदामा उल्लेख छ । त्यो मापदण्ड पूरा नगर्ने राजनीतिक दल खारेजीमा पर्ने भनिएको छ ।

अहिले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ मा प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था छ । मस्यौदामा समानुपातिक निर्वाचन प्रणालीतर्फ सदर मतको कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था यथावत् राखिएको छ । त्यसबाहेक प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा ७० प्रतिशत सिटमा उम्मेदवारी दिएको र तीन वटा प्रदेशमा कम्तीमा एक–एक सिट प्राप्त गरेको दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भनिएको छ । त्यस्तै, त्यस्तो दलको समानुपातिक समावेशी भएको केन्द्रीय समिति, प्रत्येक प्रदेशमा प्रदेश समिति, प्रत्येक जिल्लामा जिल्ला समिति र कम्तीमा ८० प्रतिशत स्थानीय तहमा समिति रहेको हुनुपर्छ ।

आयोगले प्रदेशस्तरीय दलको मान्यता दिने नयाँ व्यवस्था पनि प्रस्ताव गरेको छ । जसअनुसार प्रदेशसभामा समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गरेको, प्रत्यक्षतर्फ कम्तीमा ७० प्रतिशत सिटमा उम्मेदवारी दिएको र कम्तीमा एक सिट जिते प्रदेशस्तरीय दलको मान्यता दिइनेछ । त्यस्तो दलको प्रदेश, सबै जिल्ला र कम्तीमा ८० प्रतिशत स्थानीय तहमा समिति हुनुपर्छ ।

सरकारबाट सैद्धान्तिक सहमति पाएपछि कार्यदल बनाएर राजनीतिक दलसम्बन्धी ऐन संशोधनको मस्यौदा तयार पारेको प्रमुख आयुक्त थपलियाले बताए । कार्यदलबाट प्राप्त भएको मस्यौदा राय सुझाव पेस गर्न आयोगले सार्वजनिक आह्वान गरेको छ । प्राप्त राय सुझावअनुसार अन्तिम रूप दिएर मस्यौदा सरकारलाई बुझाइने आयोगले जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending