Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

दोब्बरले बढ्यो धानचामल आयात

खबरडबली संवाददाता

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा धान र चामलको आयात दोब्बरले बढेको छ । भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले २९ अर्ब रुपियाँ बराबरको धान र चामल आयात गरेको छ । 

जसमध्ये विगत आठ महिनामा १६ अर्ब ७१ करोड रुपियाँ बराबरको धान आयात भएको छ । गत आवको सोही अवधिमा आठ अर्ब ६४ करोड रुपियाँको धान आयात भएको थियो । तथ्याङ्कले धानको आयात करिब दोब्बरले बढेको देखाउँछ । 

त्यस्तै आठ महिनामा १२ अर्ब ३६ करोड ७२ लाख रुपियाँ बराबरको चामल आयात भएको छ । गत आवको सोही अवधिमा छ अर्ब ३९ करोड ६२ लाख १३ हजार रुपियाँ बराबरको चामल आयात भएको थियो । 

धान तथा कृषिजन्य उत्पादन वृद्धि गर्ने लक्ष्यसहित सरकारले चालु आवमा २७ अर्ब रुपियाँमा रासायनिक मलको अनुदानका लागि विनियोजन गरेको छ । सरकारी अनुदान बढ्दै गए पनि धानचामलको आयात घट्नुको सट्टा झन् दोब्बरले बढेको तथ्याङ्कले देखाउँछ ।  

मुलुकमा स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा ठुलो परिमाणमा खाद्यान्न आयात भएको हो । गत आव २०८०/८१ मा २२ अर्ब बराबरको धानचामल आयात भएको थियो । यस वर्ष आठ महिनामै २९ अर्ब बराबरको धानचामल आयात भएको छ । 

यस्तै आव २०७९/८० मा ३६ अर्ब ५० करोड बराबरको धानचामल आयात भएको थियो । सामान्य अवस्थामा वार्षिक ५० अर्ब रुपियाँ बराबरको धानचामल आयात हुने गरेकोमा विगतमा भारतले बासमती चामल आयातमा भन्सार महसुुल लगाएकाले पनि आयातमा कमी भएको थियो । यस वर्षमा भने ५० अर्ब बराबरको धान चामल आयात हुने तथ्याङ्कले देखाएको छ । 

विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि फागुन महिनासम्म ४२ अर्ब ९३ करोड ५४ लाख ५१ हजार रुपियाँ बराबरको कुल खाद्यान्न (धान, चामल, गहुँ, कोदो, गहुँ) आयात भएको छ । गत वर्ष सो अवधिमा ३२ अर्ब २९ करोड ९६ लाख रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । गत वर्षको तुलनामा नौ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात बढी भएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । मुलुकमा वार्षिक ६५ देखि ७० लाख मेट्रिक टन धानको आवश्यक पर्ने बताएको छ । स्थानीय माग अनुसार धानको उत्पादन नहुँदा ठुलो परिमाणमा धानचामल आयात भएको छ । 

मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले वार्षिक १० लाख मेट्रिक टन धान अपुग हुने गरेको बताए । स्थानीय उत्पादनले माग धान्न नसक्दा र मसिनो बास्नादार चामलको प्रयोग धेरै हुन थालेपछि यस वर्ष धानचामल आयात वृद्धि भएको बताए ।

पछिल्लो समय खेतीयोग्य जमिन घडेरीमा प्रयोग हुँदै गएको र काम गर्ने युवा जनशक्ति वैदेशिक रोजगारीमा गएकाले माग अनुसार खाद्यान्न उत्पादन हुन सकेको छैन ।  

प्रतिव्यक्ति प्रतिवर्ष १३३ केजी चामल आवश्यक पर्ने गर्छ । मन्त्रालयका अनुसार वार्षिक छ लाख मेट्रिक टन चामल अपुग हुने गर्छ । छिमेकी मुलुक भारत, चीन, अर्जेन्टिना, साउथ अफ्रिका, इन्डोनेसिया, मेक्सिको, थाइल्यान्ड, मलेसियालगायतका देशबाट नेपालमा खाद्यान्न आयात हुने गर्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

हर्क साम्पाङको आरोप : विदेशी हस्तक्षेपलाई संस्थागत गर्न रवि-बालेन मिलाएर अघि बढाइयो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको अन्तिम सूची तयार गर्ने

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो।  बैठकमा समानुपातिक उम्मेद्वारको अ...

रवि–बालेन मिलनको साक्षी कोको हुन् ?

काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ।  सम्झौता...

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...

तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending