काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा धान र चामलको आयात दोब्बरले बढेको छ । भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले २९ अर्ब रुपियाँ बराबरको धान र चामल आयात गरेको छ ।
जसमध्ये विगत आठ महिनामा १६ अर्ब ७१ करोड रुपियाँ बराबरको धान आयात भएको छ । गत आवको सोही अवधिमा आठ अर्ब ६४ करोड रुपियाँको धान आयात भएको थियो । तथ्याङ्कले धानको आयात करिब दोब्बरले बढेको देखाउँछ ।
त्यस्तै आठ महिनामा १२ अर्ब ३६ करोड ७२ लाख रुपियाँ बराबरको चामल आयात भएको छ । गत आवको सोही अवधिमा छ अर्ब ३९ करोड ६२ लाख १३ हजार रुपियाँ बराबरको चामल आयात भएको थियो ।
धान तथा कृषिजन्य उत्पादन वृद्धि गर्ने लक्ष्यसहित सरकारले चालु आवमा २७ अर्ब रुपियाँमा रासायनिक मलको अनुदानका लागि विनियोजन गरेको छ । सरकारी अनुदान बढ्दै गए पनि धानचामलको आयात घट्नुको सट्टा झन् दोब्बरले बढेको तथ्याङ्कले देखाउँछ ।
मुलुकमा स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा ठुलो परिमाणमा खाद्यान्न आयात भएको हो । गत आव २०८०/८१ मा २२ अर्ब बराबरको धानचामल आयात भएको थियो । यस वर्ष आठ महिनामै २९ अर्ब बराबरको धानचामल आयात भएको छ ।
यस्तै आव २०७९/८० मा ३६ अर्ब ५० करोड बराबरको धानचामल आयात भएको थियो । सामान्य अवस्थामा वार्षिक ५० अर्ब रुपियाँ बराबरको धानचामल आयात हुने गरेकोमा विगतमा भारतले बासमती चामल आयातमा भन्सार महसुुल लगाएकाले पनि आयातमा कमी भएको थियो । यस वर्षमा भने ५० अर्ब बराबरको धान चामल आयात हुने तथ्याङ्कले देखाएको छ ।
विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि फागुन महिनासम्म ४२ अर्ब ९३ करोड ५४ लाख ५१ हजार रुपियाँ बराबरको कुल खाद्यान्न (धान, चामल, गहुँ, कोदो, गहुँ) आयात भएको छ । गत वर्ष सो अवधिमा ३२ अर्ब २९ करोड ९६ लाख रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । गत वर्षको तुलनामा नौ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात बढी भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । मुलुकमा वार्षिक ६५ देखि ७० लाख मेट्रिक टन धानको आवश्यक पर्ने बताएको छ । स्थानीय माग अनुसार धानको उत्पादन नहुँदा ठुलो परिमाणमा धानचामल आयात भएको छ ।
मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले वार्षिक १० लाख मेट्रिक टन धान अपुग हुने गरेको बताए । स्थानीय उत्पादनले माग धान्न नसक्दा र मसिनो बास्नादार चामलको प्रयोग धेरै हुन थालेपछि यस वर्ष धानचामल आयात वृद्धि भएको बताए ।
पछिल्लो समय खेतीयोग्य जमिन घडेरीमा प्रयोग हुँदै गएको र काम गर्ने युवा जनशक्ति वैदेशिक रोजगारीमा गएकाले माग अनुसार खाद्यान्न उत्पादन हुन सकेको छैन ।
प्रतिव्यक्ति प्रतिवर्ष १३३ केजी चामल आवश्यक पर्ने गर्छ । मन्त्रालयका अनुसार वार्षिक छ लाख मेट्रिक टन चामल अपुग हुने गर्छ । छिमेकी मुलुक भारत, चीन, अर्जेन्टिना, साउथ अफ्रिका, इन्डोनेसिया, मेक्सिको, थाइल्यान्ड, मलेसियालगायतका देशबाट नेपालमा खाद्यान्न आयात हुने गर्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: