Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

संसद्मा पत्रकार प्रवेश पास कार्यविधि मस्यौदामाथि छलफल

खबरडबली संवाददाता

चन्द्रागिरी ।  सङ्घीय संसद सचिवालयले सदन, संसदीय समिति र सचिवालयका कामकारबाहीसम्बन्धी समाचार सङ्कलन र  सम्प्रेषणलाई सहज एवम् व्यवस्थित तुल्याउन पत्रकार प्रवेश पास कार्यविधि २०८१ को मस्यौदामाथि सुझाव लिएको छ ।

सचिवालयले नेपाल पत्रकार महासङ्घ, संसदीय मामिला पत्रकार समाजका पदाधिकारी, विषयविज्ञ र संसदीय मामिलाका सम्बन्धमा समाचार लेखिरहेका पत्रकारसँग छलफल गरी राय सुझाव लिएको हो । 

त्यस अवसरमा सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले संसद् र सञ्चार माध्यमको एउटै लक्ष्य तथा उद्देश्य भनेको नागरिकलाई सत्यतथ्य सूचना सम्प्रेण गरी लोकतन्त्रलाई सुदृढ गर्नु रहेको बताए । 

उनले भने, “संसद् र पत्रकारितको लक्ष्य एउटै हो तर हरेक विधाका आआफ्नै सीमा र मर्यादा हुन्छन् भन्ने पाटोलाई दुवै पक्षले आत्मसात् गर्नुपर्छ । जनता र नागरिकलाई के ठिक लाग्छ त्यही गर्नुपर्छ । अन्तरराष्ट्रिय असल अभ्यासलाई आत्मसात् गर्दै राज्यको आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्छ ।”

प्रतिनिधिसभाका सचिव हर्कराज राईले संसद् र पत्रकारबीच लोकतन्त्रप्रतिको साझा बुझाइले सहयात्रा र लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

सचिवालयका सचिव सुदर्शन खड्काले संसदीय पत्रकारितालाई व्यवस्थित र मर्यादित तुल्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले पत्रकार प्रवेश पाससम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको बताए । “राष्ट्र र जनताका आवश्यकता र प्राथमिकताका आधारमा समाचार सम्प्रेषण हुनुपर्छ । खुला र पारदर्शिताको मापन हुनुपर्छ । संसदीय पत्रकारिता विशिष्टिकृत विधा भएकाले समाचार सङ्कलनमा अनुभवीलाई प्राथमिकता दिइनुपर्छ”, उनले भने।

नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले संसदीय गतिविधिका समाचार सम्प्रेषणका लागि पत्रकारलाई सहज पहुँचको व्यवस्था गरी प्रेरित र आकर्षित गर्न जरुरी रहेको धारणा राख्नुभयो । उहाँले पत्रकारितालाई स्वनियम, नियन्त्रण र नियमन गर्ने भन्ने कोणबाट उठाइँदै आएकामा आफूहरूले सधैँ स्वनियमलाई नै ठूलो महत्व दिइएको बताए । 

सचिवालयका प्रवक्ता एकराम गिरीले विश्वका विभिन्न देशमा संसदीय समाचार सङ्कलन र सम्प्रेणसम्बन्धी अभ्यास, कानुनी प्रावधानलगायत विषयमा जानकारी गराए। सचिवालयका उपसचिव दशरथ धमलाले राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयको समाचार सावधानिकपूर्वक गर्न तथा पत्रकारिता आचारसंहिताको पूर्णपालना गरी द्वेषपूर्ण र भ्रामक समाचार सम्प्रेषण नहोस भन्ने सचिवालयको मनसाय रहेको सुनाए। 

उनले भने, “सङ्घीय संसद्का दुवै सदनको कार्यशैली, भूमिका र प्रतिक्रियाबारे स्पष्ट बुझेर मात्र समाचार सङ्कलन होस्, अनर्थ हुने समाचार र सूचना प्रसारण नहोस् भनी संसद् प्रवेशलाई व्यवस्थित गर्न खोजिएको हो ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending