Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८२ शुक्रबार | 18th April, 2025 Fri
Investment bank

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु ,चार जना घाइते

खबरडबली संवाददाता

म्याग्दी   । म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् । लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत नकटेडाँडाबाट लुलाङ गाउँतर्फ आउने क्रममा बिहीबार साँझ करिब पाँच बजेको समयमा  ग १ त ७१९६ नम्बरको ट्याक्टर दुर्घटना भएकाके हो । 

दुर्घटनामा स्थानीय देविन बिक (वर्ष १८) र पूर्णलाल रसाइली (वर्ष २१) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए  । 

पूर्णलालको घटना स्थलमै मृत्यु भएको हो भने अर्का देविनको लुलाङ स्वास्थ्य चौकीमा उपचारको  क्रममा मृत्यु भएको हो । चार जना घाइते मध्ये दुई जना स्थानीय कविराज बिक र कमल बिक रहेका छन् भने अन्य मालिका गाउँपालिका–६,दरबाङका विकास बिक र धवलागिरि गाउँपालिका–४, किस्मत बिक रहेका वडा अध्यक्ष अकप्रसाद विकले जानकारी दिए ।

घाइते चार जनाको लुलाङ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि बेनी पठाइएको वडा अध्यक्ष  विकले जानकारी दिए  । 

चार जना घाइते मध्ये एक जनालाई थप उपचारको लागि पोखराको मणि पाल पठाइएको छ । अन्य तीन जनाको बेनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।घाइते मध्ये केहीको स्वास्थ्य अवस्था मध्यम र केहीको सामान्य रहेको छ ।सडकबाट करिब डेढ सय मिटर तल खसेर ट्याक्टर खोँचमा अड्किएको थियो । वडा अध्यक्ष बिकका अनुसार,केही जङ्गलमा घुमेर र केही सडक ढलान योजनाको काम गरेर फर्किदैं थिए । 

सोही गाउँपालिका–७,ताकमका २७ वर्षिय राजकुमार सुनारले चलाएको उक्त ट्याक्टरमा सात जना सवार रहेका थिए । ट्याक्टर दुर्घटनाबारे अनुसन्धान सुरु भएको जिप्रका म्याग्दीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी चौकी ताकमबाट प्रहरी साँझ घटनास्थलमा पुगेका थिए । स्थानीय जनप्रतिनिधि ,स्थानीयवासी उद्धारमा खटिएका थिए । लुलाङ दुर्गम गाउँ हो । लुलाङबाट सदरमुकाम बेनी आउन सवारी साधन मार्फत करिब साढे चार घण्टाको समय लाग्दछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२५ जना सदस्यसहित नेपाल आईपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथावाचन गर्ने

काठमाडौं। प्रसिद्ध कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छन्। उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा पुगेकी हुन्। विश्व प्रसिद्ध कथा वाचिक...

७ दशकदेखि स्थानीय स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट

धनकुटा । राणाकालीन शासन व्यवस्थाको प्रशासनिक विरासत बोकेको सहर धनकुटालाई अनेक मिथक, कथा र तथ्यले परिचय दिन्छ । प्रशासनिक केन्द्र भएकाले उ बेला गुल्जार...

प्रज्ञा–प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा ४०–६० प्रतिशतसम्म छुट

काठमाडौँ । प्रज्ञा–प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा ४० देखि ६०प्रतिशतसम्म छुट रहेको छ । बैशाख २ गते देखि सुरु भउको पुस्तक प्रदर्शनीमा उक्त छुट गरीएको ह...

दाउन्नेमा यात्रुलाई सास्ती, सवारी साधन घण्टौँ जाममा

नवलपुर ।  सडकको खराब अवस्थाका कारण दाउन्नेमा यात्रुले निकै सास्ती खेप्नु परेको छ । बिहीबार अपराह्न र शुक्रबार बिहान वर्षा भएपछि दाउन्नेमा बाटो चिप्लो ...

१ लाख ९० हजार नाघेको सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा उच्च मूल्यको रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रबार घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको हो ।  नेप...

मध्यराति गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

कपिलवस्तु  । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ। बिहीबार राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं १ पकडीस्थि...

पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने पत्रकार प्रहरी हिरासतमा

बारा । बारा जिल्लामा व्यापार व्यवसायी गर्ने व्यक्तिहरूलाई पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने आरोपमा एक पत्रकारलाई बारा प्रहरीले पक्राउ गरे...

एमाले निकट भुतपूर्व सैनिक-प्रहरी संगठनको अध्यक्षमा पुनः पाण्डे निर्वाचित

काठमाडौं । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को अध्यक्षमा पुनः विनोद पाण्डे सर्वसहमत रूपमा  निर्वाचित भएका छन।  काठमाडौंमा बिहीब...

चार भुटानी शरणार्थीलाई तत्काल देश निकाला नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले चारजना भुटानी शरणार्थीलाई देश निकाला नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासले बिहीबार अन्तरिम...

‘कुलमानलाई फालेर’ सार्वजनिक : सुस्मिता स्याङतानको स्वरमा इमानदार नेतृत्वको समर्थन

काठमाडौं।  गायिका सुस्मिता स्याङतानको आवाजमा 'कुलमानलाई फालेर' बोलको गीत सार्वजनिक गरिएको छ ।  नेपाललाई लोडसेडिङको अँध्यारोबाट उज्यालोतर्फ डोह...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending