Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

शंकरदेवका विद्यार्थीलाई ताला होइन, स्ववियु निर्वाचन चाहिएको हो : सचिव उपाध्याय

खबरडबली संवाददाता

काठमाडौं । शंकरदेवका स्ववियु सचिव मदनराज उपाध्यायले स्वतन्त्र विद्यार्थी युनियनको चुनावविरुद्ध तालाबन्दी गरिएको भन्दै आपत्ति जनाएका छन्। त्रिवि तालिका अनुसार गत मंगलबार स्ववियु निर्वाचन हुन पर्ने भए पनि यही २७ गतेदेखि विभिन्न संगठनहरूले तालाबन्दी गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

विद्यार्थीको आवाज मुखरित गर्ने साझा संस्था स्ववियु निर्वाचन आवश्यक र अपरिहार्य रहेको उनको जिकिर छ। 'शंकरदेव क्याम्पसमा विभिन्न संगठनले ताला लगाएको धेरै दिन भइसक्यो। क्याम्पस प्रशासन र निर्वाचन समिति मौन छ। स्ववियु शंकरदेव क्याम्पसको एक मात्र एजेण्डा निर्वाचन हुनुपर्छ भन्ने हो। लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन नै हो,' उनले भनेका छन्।

निर्वाचनबाट भाग्नु भनेको हारको मानसिकता भएको उपाध्यायले बताएका छन्। निर्वाचन प्रक्रिया अगाडि बढाउन क्याम्पस प्रशासन र निर्वाचन समितिलाई आफूहरू नेतृत्वको स्ववियुले जस्तो सुकै सहयोग गर्ने उनको जिकिर छ।

'विद्यार्थीको दु:ख सुखको सारथी, शिक्षाको प्रायका रुपमा रहेको स्ववियु निर्वाचन कुनै बाहानामा रोक्न पाइदैन। क्याम्पसमा ताला लगाउने सम्पूर्ण संगठनलाई सहमति, सहकार्य र समन्वय ल्याई निर्वाचन प्रक्रिया अगाढि बढाउन स्ववियु निर्वाचन समिति र क्याम्पस प्रशासनलाई अनुरोध गर्दछु,' उनले भनेका छन्।

निर्वाचन गर्न नसक्ने भए उक्त निर्वाचन समिति खारेज गरी नयाँ निर्वाचन समिति गठन गरी अगाडि बढ्न क्याम्पस प्रमुख र प्रशासन समक्ष उनको आग्रह छ। उनले यसका साथै स्ववियु निर्वाचन रोकिएका अन्य क्याम्पसमा पनि अविलम्ब निर्वाचन गर्न आग्रह गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending