रुपन्देही । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयबाट सेटिङ मिलाएर छाडेको मालवाहक ट्रक प्रहरीले समातेपछि भन्सार कर्मचारी र प्रहरीको दुरी बढेको छ । भन्सारका कर्मचारीले छाडेर काठमाडौँ जाँदै गरेको मालवाहक ट्रक कपिलवस्तु प्रहरीले चेकजाँच गर्दा पक्राउ गरेको हो ।
भन्सार तिरिएको परिमाणभन्दा बढी फलफूल बोकेर छुटेको युपी ३२ एन ००६९ नम्बरको ट्रक हिजो दिउँसो कृष्णनगर प्रहरी कार्यालयले पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा प्रहरीले जाँच गर्दा कृष्णनगर भन्सारले जारी गरेको प्रज्ञापन पत्रमा उल्लेखित परिमाणभन्दा ३ क्विन्टल बढी अंगुर भेटिएको थियो ।
भन्सार विन्दुबाटै राजस्व छली भएको सूचना पाएपछि आफूहरूले जाँच गर्दा भन्सार तिरेको भन्दा २० कार्टुनमा करिब ३ क्विन्टल बढी सामान देखिएको प्रहरी प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिएका छन् ।
कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयका अधिकृतस्तरका कर्मचारी र भन्सार एजेन्टकै मिलेमतोमा ट्रकमा रहेको भन्दा कम वस्तुको भन्सार गरेको कार्यालयकै एक कर्मचारीले बताए ।
भन्सार कार्यालयले चैत ७ गते जारी गरेको उक्त प्रज्ञापन पत्रमा ६ सय कार्टुन अंगुरको ८० रुपैयाँको दरले भन्सार लिइएको छ । भन्सार एजेन्ट निरन्जन श्रीवास्तवले कृष्णनगरका भन्सार जाँच अधिकारी धातानन्द ज्ञवाली तथा भन्सार अधिकारी लेखनाथ भट्टराईलाई प्रभावित बनाएर ६२० कार्टुन अंगुर रहेको उक्त गाडीको ६ सय कार्टुनको मात्र भन्सार गराएको श्रोतको आरोप छ ।
भारतको नासिकस्थित गणपति फ्रुट सप्लायर्सले काठमाडौँ बल्खुस्थित एमबी फ्रुट सेन्टरलाई पठाएको उक्त अंगुरमा ३ क्विन्टल अधिक अंगुरको राजस्व छली गरिएको हो ।
गणपति फ्रुट सप्लायर्सका एजेन्ट विमलले भन्सार एजेन्टमार्फत कृष्णनगरबाट निकासी हुने अधिकांश फलफूल तथा तरकारीहरूमा भन्सार कर्मचारी प्रयोग गरेरै राजस्व छली गराउने गरेको श्रोतको दाबी छ ।
भन्सार जाँच पास गरिएको उक्त गाडीमा कालो र सेतो दुईथरी अंगुर रहे पनि भन्सार कर्मचारी ज्ञवालीले एउटै वस्तु (अंगुर) मात्रै भनेर भन्सार गर्न सिफारिस गरेका छन् । जबकि भारत र नेपाल दुवै देशमा कालो अंगुर सेतोभन्दा करिब दोब्बर महँगो पर्ने गर्दछ । यसमा पनि मिलेमतो रहेको भन्सार कर्मचारी श्रोतको दाबी छ ।
कृष्णनगर भन्सार कार्यालयमा रहेको तौल मेशिन सञ्चालन नगरी भारतीय बिलको भरमा कर्मचारीहरूले दिनहुँ यस्ता राजस्व छली गर्ने गरी भन्सार प्रज्ञापन पत्र जारी गरिरहेको बताइन्छ ।
कृष्णनगर भन्सार विन्दुबाटै राजस्व छली भइरहेको यो पहिलो घटना भने होइन । १ महिनाअघि मात्रै यही भन्सारले जाँच पास गरी प्रज्ञापन पत्र दिएर पठाएका २ बक्सा सिद्रा माछा सशस्त्र प्रहरीले पक्राउ गरी राजस्व कार्यालय पठाएको थियो ।
कृष्णनगर भन्सार अधिकृत तथा कर्मचारीहरूले भन्सार यार्डमै तयारी अवस्थामा रहेको धर्मकाँटा (तौल मेशिन) २ वर्षदेखि बन्द गरेर सेटिङमा वास्तविक वस्तुको कम तौल तथा कम परिमाणको भन्सार गर्दै आएका छन् । यहाँबाट दैनिक १५० भन्दा बढी मालवाहक ट्रकमा वस्तुहरू आयात हुँदै आएको छ ।
भन्सारका कर्मचारीले सदर गरेर पठाएको गाडी प्रहरीले पक्राउ गर्न थालेपछि यहाँका कर्मचारी र प्रहरीबीच आरोप प्रत्यारोप हुन थालेको छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: