Ntc summer Offer
Khabar Dabali ११ चैत्र २०८१ सोमबार | 24th March, 2025 Mon
Investment bank

ह्वात्तै बढ्यो भटमास र सूर्यमुखी तेलको निर्यात

खबरडबली संवाददाता

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा नेपालबाट हुने निर्यात व्यापारमा उल्लेखनीय सुधार देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार निर्यात ५७ दशमलव २० प्रतिशतले वृद्धि भएको छ । समग्रमा नेपालको वैदेशिक व्यापारमा सुधार देखिए पनि व्यापार घाटा अझै चुनौतीपूर्ण रहेको छ । भटमास र सूर्यमुखी तेलको निर्यातले समग्र निर्यात वृद्धि गरेको छ ।

फागुन मसान्तसम्म भटमास र सूर्यमुखी तेलको निर्यातमा भारी वृद्धि भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा ५५ अर्ब ९२ करोड ९४ लाख रुपियाँ बराबरको भटमास र सूर्यमुखी तेल निर्यात भएको छ, गत वर्ष सोही अवधिमा ९० करोड २८ लाख रुपियाँको मात्रै निर्यात भएको थियो ।

भारतले अन्य मुलुकबाट भित्रिने तेलमा भन्सार दर २७ प्रतिशत पु¥याएपछि नेपालबाट प्रशोधित तेल निर्यात उल्लेखनीय रूपमा वृद्धि भएको हो । नेपालले तेस्रो मुलुकबाट अर्धप्रशोधित भटमास र सूर्यमुखी तेलको तेल आयात गरी प्रशोधन गरेर भारततर्फ निर्यात गर्दै आएको छ । साउनदेखि फागुनसम्मको अवधिमा नेपालबाट १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपियाँ बराबरको वस्तु निर्यात भएको छ ।

गत वर्षको सोही अवधिमा १ खर्ब ६१ करोड ७४ लाख रुपियाँ बराबरको मात्रै निर्यात भएको थियो। विभागका अनुसार यस अवधिमा नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपियाँ बराबरको वस्तु आयात गरेको छ । गत आवको सोही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपियाँ बराबरको वस्तु आयात भएको थियो, जसअनुसार कुल आयात ११ दशमलव २० प्रतिशतले वृद्धि भएको छ।

निर्यातसँगै आयात पनि वृद्धि हुँदा नेपालको व्यापार घाटा पनि बढ्दै गएको छ । चालू आवको आठ महिनासम्म कुल व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपियाँ पुगेको छ, जुन गत वर्षको तुलनामा ६ दशमलव २२ प्रतिशतले बढी हो ।
भन्सार विभागका अनुसार भटमासको तेल, पोलिस्टर यार्न, चिया, अलैंची र पार्टिकल बोर्ड जस्ता वस्तुको निर्यात वृद्धि भएको छ भने पाम तेल, जिंक सिट, अदुवा, जडिबुटी र तयारी पोशाकको निर्यात घटेको छ ।

त्यस्तै आयाततर्फ भटमासको कच्चा तेल, चामल÷धान, यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल र स्पन्ज आइरनको आयात बढेको छ । तर, पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाई जहाजको पार्टपुर्जा, केराउ तथा कागजको आयात घटेको छ । नेपालले सबैभन्दा बढी आयात गर्ने वस्तुमा डिजेल रहेको छ । आठ महिनामा ७८ अर्ब ८६ करोड रूपियाँ बराबरको डिजेल आयात भएको छ । मूल्यको हिसाबले गत वर्षको तुलनामा ११ प्रतिशतले कम भए पनि परिमाण भने बढेको छ ।

त्यस्तै ५१ अर्ब ३५ करोड बराबरको अर्धप्रशोधित भटमासको तेलको आयात भएको छ । सोही अवधिमा पेट्रोल ४२ अर्ब ८० करोड रूपैयाँ बराबरको र खाना पकाउने ग्यास ४१ अर्ब रूपियाँ बराबरको आयात भएको छ । यसैगरी चालू आवको आठ महिनामा नेपालमा १७ अर्ब ३९ करोड २१ लाख ५८ हजार रुपियाँ बराबरका १४ हजार ३०७ थान विद्युतीय सवारीसाधन आयात भएका छन् । गत वर्ष सोही अवधिमा १६ अर्ब ४९ करोड ५८ लाख ८५ हजार रुपियाँ बराबरका १३ हजार ७ थान आयात भएका थिए।

नेपालले सबैभन्दा धेरै विद्युतीय सवारीसाधन चीनबाट आयात गरेको छ। चीनबाट १३ अर्ब ७० करोड ३५ लाख ८४ हजार रुपियाँ बराबरका ११ हजार ५५० थान सवारीसाधन आयात भएका छन् । त्यस्तै भारतबाट ३ अर्ब ४५ करोड ४५ लाख ६३ हजार रुपैयाँको सवारीसाधन आयात भएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा गोली चल्याे, तीन मृत्यु हुँदा १५ घाइते

काठमाडौं ।  संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्। लास क्रुसेस प्...

नेप्से परिसूचकको ओरालो यात्रा कायम, ५४ अंकको गिरावट

काठमाडौं। गत हप्ता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक ५४ दशम...

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म गोसाईकुन्ड रसुवामा

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाख  ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पा...

चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको २७ विधामा मनोनयन सार्वजनिक

काठमाडौं । चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को यस पटक थाइल्यान्डमा हुने भएको छ । यो अवार्ड गत वर्ष मलेशियामा आयोजना गरिएको थियो । यसैबिच आयोजक ...

बाल शिक्षामा २५ वर्षको उत्कृष्टताको उत्सव: एनएमटीसीको रजत जयन्ती समारोह

काठमाडौं  । नेपाल मोंटेसरी ट्रेनिङ सेन्टर (NMTC) ले २५औं वार्षिकोत्सव तथा वार्षिक सम्मेलन भव्य रूपमा प्रिमियर इन्टरनेशनल IB कन्टिन्युम स्कूल मा सम्पन्...

नवजीवन सहकारीले ल्यायो आफ्नै ब्राण्डमा चामल

धनगढी । कैलालीस्थित नवजीवन सहकारी संस्था लिमिटेडले आफ्नै ब्राण्डमा चामल उत्पादन शुरु गरेको छ । सहकारीलाई किसानसँग जोड्न र शेयर सदस्यहरुको गुणस्तरिय चा...

प्रेस चौतारीको १० औं महाधिवेशन सुरु, किन गएनन् उद्घाटनमा एमाले अध्यक्ष ओली ?

विराटनगर  । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजबाट विराटनगरमा सुरु भएको छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ स...

प्रधानमन्त्रीको मौनतामा मन्त्रीहरूको मनपरीः भीम रावल

काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको मौनतामा सरकारका मन्त्रीले मनपरी गरिरहेको आरोप लगाएका छन्।...

माइतीबाट फर्किएकी श्रीमतीले त्यही रात श्रीमानको जिब्रो टोकेर दुई टुक्रा पारिदिएपछि...

काठमाडौं । राजस्थानको झालावाड जिल्लाको बकानी शहरबाट शुक्रबार एउटा हृदयविदारक घटना बाहिर आएको छ । यहाँ एक विवाहित महिलाले आफ्नो श्रीमानको जिब्रो टोकेर ...

करेन्ट लागेर गोरखामा एक जनाको मृत्यु

गोरखा । गोरखाको आरुघाट गाउँपालिका– ६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ ।  आइतबार बिहान फाइबरको तार तान्ने क्रममा पोलमा...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy