Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

नयाँ संविधानको युरोपका नेपाली संगठनद्धारा स्वागत

\"sambidhan_dipawali\"युराेप । नेपालमा नयाँ संविधान पारित भए सँगै घाेषणा गर्ने कार्यक्रम सँगै युरोपमा बस्ने नेपालीहरु हर्षित भएका छन् । युरोपमा  रहेका प्रगतिशिल संगठनहरुले संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै पहिलो पटक जनताका प्रतिनिधिहरुले बनाएको संविधान जारी हुने लागेको र २००७ साल देखीको नेपाली जनताको सपना पुरा हुन लागेको भन्दै त्यसको स्वागत गरेका छन् । विज्ञप्तिमा भनिएको छ २००७ सालको वरीपोरीबाट परिवर्तनकारी नेपाली जनताहरुले नेपालीहरुको अधिकारलाई नेपालीहरुलेनै निर्धारण गर्नु पर्छ भन्दै संघर्ष गर्दै गर्दा तत्कालीन निरुकुंस राजतन्त्रको कुटील चालले संबिधानसभाबाट प्राप्त गर्ने अधिकारलाई राजमाहाराजाहरुको निगाहामा मात्र पाउने ब्यवस्था को अन्त्य गरि संविधानसभाबाट जनताका प्रतिनिधिद्धारा बनाइएको संविधानको हार्दिक स्वगत गर्दछौ । संविधानसभाले प्रवासमा रहेका नेपालीलाई समेत राजनीतिक अधिकारबाहेकको नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेको र सात दशक लामो सपना पूरा भएकामा युरोपका विभिन्न देशहरुमा रहेका  विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम गरी संविधानको स्वागत तथा खुसियालीको कार्यक्रम गर्न लागेको विज्ञप्तिमा बताइएको छ । संविधानसभाबाट संविधान प्राप्तिको आन्दोलनमा एनेकपा माओवादीको मुख्य र नेतृत्वदायी भुमिका रहेको भन्दै एनेकपा माओवादी अध्यक्ष लागएत विभिन्न पाटीका शिर्ष नेतृत्वलाई धन्यवाद व्यक्त गरिएको छ । साथै यो उपलव्धि प्राप्त गर्न लाखौ शहिदहरुको बलिदानीको उच्च मुल्यांकन गरिएको छ । विज्ञप्तिमा भनिएको छ ‘ संबिधानसभाको कार्यनितीलाई नेकपा माओबादीको नेतृत्व क। प्रचण्डले नेपाली समाजको अन्तरबिरोधलाई हल गर्न सक्छ भनी अगाडी सार्नुले नेतृत्वमा हुनुपर्ने दुरदृष्टी अहिले आएर पुष्टी भएकोमा हामी एकिकृत माओबादीका नेतृत्व क। प्रचण्ड लागएत संपुर्ण नेतागणहरुमा रातो सलाम गर्दछौं । संबिधानसभाको  कार्यनितीलाई सफल पार्न हजारौ बिर बिरगंना नेपालीहरुले बिरतापुर्वक लडेर बिरगती प्राप्त गरी शहिद हुनु भयो । साथै हजारौंको सख्यामा बेपत्ता हुनुभयो  र अहिले पनि हजारौंको सख्यांमा घाईते हुनुहुन्छ । हामी प्रवासमा रहेका प्रगतिशिल नेपालीहरु ति माहान सहिद, बेपत्ता र घाईते प्रति जुझारु हात उठाई रातो सलाम गर्दैं प्राप्त उपलब्धिको रक्षा र बाकी उपलब्धिहरुकालागी लड्ने प्रण गर्दै सहिद, बेपत्ता र घाईतेहरुको सपनालाई पुरा गर्न कटिवद्ध रहने प्रतिवद्धता गर्दछौं । साथै मुख्य राजनैतिक शक्तिहरुमा संविधान जारि गर्ने सवालमा देखिएको उच्च एकताको सराहना गर्दै राजनीतिक दलका उच्च नेतृत्वहरु नेपाल सरकारका प्रधानमन्त्रि, मन्त्रि परिषद प्रमुख प्रतिपक्ष दलका प्रमुख नेता, सभामुख, पहिलो तथा दोश्रो संबिधानसभाका संपुर्ण सदस्यहरु लाई धन्यवाद दिन चाहान्छौं । संबिधानको लामो प्रर्खाईमा लामो समय धैर्यधारणा गरेर बस्ने देस तथा बिदेसमा हुनु भएको संपुर्ण नेपाली जनताहरुमा नयां संबिधान २०७२ प्राप्ती प्रति हार्दिक सुभकामना दिन चाहान्छौ । विज्ञप्तिमा भनिएको छ । विज्ञप्ति जारी गर्नेमा सुरेन्द्र भुसाल अध्यक्ष संयूक्त नेपाली मोर्चा, यूरोप, डा। किष्ण अर्याल        अध्यक्ष नेपाली जनप्रगतिशील मंच, नर्वे  चित्र सुवेदी अध्यक्ष नेपाली जनप्रगतिशील मंच, वेल्जियम ,कृष्ण तिवार अध्यक्ष नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, वेल्जियम, गम बहादुर गुरुङ्ग संयोजक तमु राष्ट्रिय मुतिm मोर्चा युरोप, विरमान घर्तिमगर अध्यक्ष  मगरात राष्ट्रिय मुतिm मोर्चा , युरोप , ईन्दिरा पौडेल का। अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, वेल्जियम मनिष गुरुङ्ग  संयोजक  नेपाली जनजाति सरोकार मंच, वेल्जियम श्याम घले      अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्वीजरल्यण्ड गणेस ढकाल  अध्यक्ष नेपाली जनप्रगतिशील मंच, डेनमार्क देबी गौतम अध्यक्ष  नेपाली प्रगतिशील महिला मंच, डेनमार्क रामशरण ढकाल   अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्वीडेन दलराम तामागं    संयोजक नेपाली जनप्रगतिशील मंच, आईरल्याण्ड सुरेस गौतम      संयोजक नेपाली समाज यूके मान गुरु¨            संयोजक तमु राष्ट्रिय मुतिm मोचा,बेलायत अरुण मगर        संयोजक मगर राष्ट्रिय मुतिm मोर्चा, बेलायत दिलाराम चापांगाई       अध्यक्ष नेपाली जनप्रगतिशील मंच, पर्चुगल गोबिन्द प्रसाद भण्डारी    अध्यक्ष नेपाली जनप्रगतिशील मंच, ईटाली गंगा भुषाल          अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्पेन धनेश घले          अध्यक्ष नेपाली जनप्रगतिशील मंच, फ्रान्स रामचन्द्र पोख्रेल       अध्यक्ष नेपाली जनप्रगतिशील मंच, नेदरल्याण्ड सागर पोख्रेल         अध्यक्ष नेपाली जनप्रगतिशील मंच, जर्मनी रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy