Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

अमेरिकाले लगायो पुर्व बामपन्थी राष्ट्रपति माथी प्रतिबन्ध

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकाले अर्जेन्टिनाकी पूर्व राष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई प्रतिबन्ध लगाएको छ । 

यस प्रतिबन्धको मुख्य कारण उनीमाथि भ्रष्टाचारको गम्भीर आरोप रहेको अमेरिकाले जनाएको छ । यही कारण अमेरिकाले उनको देश प्रवेशमा प्रतिबन्ध लगाएको हो । अमेरिकी विदेश मन्त्रालयले फर्नान्डेजका योजना मन्त्री जुलियो मिगुएल डे विडो र उनको परिवारमाथि पनि प्रतिबन्ध लगाएको जनाएको छ ।

किर्चनर र डे विडोमाथि धेरै सरकारी योजनाहरूमा व्यापक भ्रष्टाचारको आरोप छ, यससँगै घूसखोरीको आरोप पनि रहेको छ। यससँगै घुस लिएको आरोप पनि लागेको छ । पूर्व राष्ट्रपतिको यो कारबाहीका कारण अर्जेन्टिना सरकारको करोडौं डलर चोरी भएको उल्लेख गरिएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जारी गरेको विज्ञप्तिमा उनललाई विभिन्न अदालतले भ्रष्टाचारका मुद्दामा दोषी ठहर गरेको बताएका छन् । धेरै अदालतले दुवैलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको उनले बताए ।

रुबियोले भने कि संयुक्त राज्यले व्यक्तिगत लाभको लागि सार्वजनिक शक्तिको दुरुपयोग गर्नेहरूलाई जवाफदेहीतालाई बढावा दिएको जनाए । यी कदमले  विश्वव्यापी भ्रष्टाचार विरुद्ध लड्न हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ। उनले कुनै पनि भ्रष्टाचारीलाई नछोड्ने पनि बताए ।

पूर्वराष्ट्रपतिमाथि लागेका भ्रष्टाचारको आरोप आरोप मात्रै होइन, उनलाई धेरै अदालतले दोषी ठहर गरेका छन् र कैयौंले सजायसमेत सुनाइसकेको अवस्था रहेको छ ।अर्जेन्टिनाका पूर्व राष्ट्रपति तथा वामपन्थी नेता क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई भ्रष्टाचारको मुद्दामा ६ वर्षको जेल सजाय र सार्वजनिक पदबाट आजीवन प्रतिबन्धको सजाय सुनाइएको छ । 

अर्जेन्टिनाको संघीय अदालतले उनलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । जसलाई सर्वोच्च अदालतले चुनौती दिएको थियो तर सर्वोच्च अदालतले पनि तल्लो अदालतको फैसलालाई सदर गरिसकेको छ ।

 

सन् २००७ देखि २०१५ सम्मको राष्ट्रपतिका रूपमा दुई कार्यकालमा किर्चनरलाई उनको प्रशासनले सार्वजनिक कामको ठेक्का दिनेमा अनियमितता गरेको आरोप लागेको थियो । मुख्य अभियोजकले ठेक्का बाँडफाँड गर्ने कथित योजनालाई देशकै सबैभन्दा ठूलो भ्रष्टाचारको अभियान भनेका छन् ।


त्यसो त फर्नान्डेज डे किर्चनर माथी सन् २०२२ मा ब्यूनस आयर्समा उनको घर बाहिर गोली हानिएको थियो, जहाँ उनी बालाबाल जोगिएकी थिइन्, जब एक व्यक्तिले उनको टाउकोमा बन्दुक तानेर ट्रिगर ताने तर फायर भने हुन सकेन । किर्चनरमाथि भएको आक्रमणको विरोधमा उनका हजारौं समर्थक सडकमा उत्रिएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

कैलाली । कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ । गएराति इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिँदा भारतको उत्तरप्रदेश, बहराइच जिल्ला बस्ने २७...

परदेशमै अस्ताएका सपना

बागलुङ । बागलुङको बरेङ गाउँपालिकाका ४० वर्षीय पुरुष केही वर्ष पहिले परिवारको सुन्दर सपना बोकेर संयुक्त अरव इमिरेट्स (युएई) पुगे । युएईको दुबईमा एउटा घ...

‘डोजरको डर पोखरामा पनि’ विकल्प बिना नहट्ने सुकुम्बासीको चेतावनी

पोखरा । काठमाडौंमा सुकुम्बासी बस्तीमाथि डोजर चल्न थालेको प्रभाव अब पोखरामा पनि देखिन थालेको छ। महानगरपालिकाले ३५ दिनभित्र सरकारी तथा सार्वजनिक जग्गा ख...

गर्मीमा ‘पानी मात्र’ भर पर्नु जोखिमपूर्ण—डिहाइड्रेसनबाट बच्न जान्नैपर्ने उपायहरू

काठमाडौं । तापक्रम बढ्दै जाँदा धेरैले “धेरै पानी पिए पुग्छ” भन्ने सोच्छन्। तर स्वास्थ्य विशेषज्ञहरू भन्छन्—गर्मीमा पानी मात्रै पर्याप्त हुँदैन, शरीरला...

सरकारको ‘ठूलो कटौती’ योजना : ४ मन्त्रालय खारेज, दर्जन संरचना फेरबदलको खाका

काठमाडौं । संघीय सरकारको संरचना हल्लाउने गरी मन्त्रालय मर्ज र खारेजको ठूलाे खाका आज मन्त्रिपरिषद् बैठकमा पेस हुने तयारी भएको छ। बिहान साढे १० बजे बस्न...

मोतिपुरमा ‘डोजर विरुद्व बस्ती’: केन्द्रको दबाब, मेयरको विद्रोह, हजारौं परिवार त्रासमा

बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र फेरि विस्फोटक मोडमा पुगेको छ । केन्द्र सरकार अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बस्ती तत्का...

मुस्ताङमा भेटियो जङ्गली गधा

मुस्ताङ । नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा माथिको चरन क्षेत्रमा ठूलो सङ्ख्यामा जङ्गली गधा (क्याङ) देखा...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक आज बस्दै

काठमाडौँ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक साेमबार बस्ने भएकाे छ। कांग्रेसको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सोमबार दिउ...

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ ।  देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२ लाख बराबरको धनमाल जलेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कप...

२५ लाखभन्दा साना योजना अब बन्द हुने, उपभोक्ता समितिमार्फत काम पनि रोकिने

दाङ । सुदूरपश्चिम प्रदेश सरकारले अब २५ लाख रुपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको व...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending