Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

मुस्ताङमा भेटियो जङ्गली गधा

खबरडबली संवाददाता

मुस्ताङ । नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा माथिको चरन क्षेत्रमा ठूलो सङ्ख्यामा जङ्गली गधा (क्याङ) देखापरेका छन् ।

समून्द्री सतहभन्दा करिब पाँच हजार मिटर उचाइको लोमान्थाङ गाउँपालिकास्थित धालुङ उच्चलेक र सेतारा लेकमा जङ्गली गधा (क्याङ) चर्दै गरिहेको अवस्थामा भेटिएका हुन् । जङ्गली गधा (क्याङ) सम्बन्धी अध्ययन गरिरहेका एक्याप लोमान्थाङ कार्यालयका प्रमुख उमेश पौडेलले लोमान्थाङस्थित धालुङ र सेतारा उच्चलेकमा जङ्गली गधा क्याङ चर्दै गरिरहेको अवस्थामा भेटिएको बताए ।

कोरलास्थित नेपाल—चीन सीमा क्षेत्रबाट फर्किंदै गरेको अवस्थामा धालुङ र सेतारा उच्चलेकमा जङ्गली गधाहरुको बथान चर्दै गरेको अवस्थामा देखिएको प्रमुख पौडेलले बताए । आफूले लोमान्थाङको धालुङ उच्चलेकमा १ सय २ वटा र सोही स्थानको अर्को सेतारा उच्चलेकमा १४ वटा गरी १ सय १६ वटा जति जङ्गली गधा (क्याङ) देखेको जानकारी दिए ।

उनका अनुसार जङ्गली गधाको बासस्थान हिमायन ट्रान्स हिमालयन (तिब्बत–मुस्ताङ) क्षेत्रमा रैथान संयुक्त बासस्थान रहेको बताइन्छ । दुर्लभ स्तनधारी जङ्गली गधा (क्याङ)को मौसम अनुसार बासस्थान तय हुने प्रमुख पौडेलको भनाइ छ । हिउँदयामको आठ महिना तिब्बती पठारमा बर्खायाममा गर्मी सुरु हुँदा चार महिना उपल्लो मुस्ताङ क्षेत्रको उच्चलेकमा बासस्थान बनाउने गरेको प्रमुख पौडेलले बताए ।

तिब्बतको पठारमा बढी समय बिताउने जङ्गली गधाहरु अप्रिल, मे र जुन महिनामा बासस्थान परिवर्तन गरी उपल्लो मुस्ताङका उच्चलेकमा प्रवेश गर्छन् । तिब्बत र मुस्ताङको सीमा क्षेत्रमा बस्ने जंगली गधाहरु बढी समय तिब्बती पठारमा बिताउँछन् । चीनसँग सिमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको सीमाक्षेत्रको चरन क्षेत्रमा मौसमअनुसार जङ्गली गधाको सङ्ख्या देखिने गरेको छ ।

यसअघि ‘क्यामेरा ट्यापिङ’ गरी प्राविधिक रुपमा जङ्गली गधाको सङ्ख्या यकिन गर्ने गरिएको भए पनि यति ठूलो सङ्ख्यामा पहिलो पटक देखिएको हो । यसअघि सन् २००४ मा गरिएको जङ्गल गधाको अध्ययनमा उपल्लो मुस्ताङमा ३७ वटा सङ्ख्या देखापरेका थिए । जलवायु परिवर्तनका कारण यस प्रकारका जङ्गली गधाहरु मौसमअनुसार तलमाथि गर्ने गर्छन । यो याममा उपल्लो मुस्ताङका सीमावर्ती उच्चलेकमा हरियो घाँस पलाइसकेकाले जङ्गली गधाहरु आहारको खोजीमा नेपाल प्रवेश गरेका हुन् ।

जङ्गली गधाको शरीर खैरो–हरियो रातो र पेटतिरको भाग सेता रङ्ग हुन्छ । यसका खुट्टाहरु लामो लामो र सिधा उभिने शैलीको छिटो कुद्न सक्ने क्षमता राख्दछ । जङ्गली गधा एसियाकै सबैभन्दा ठूलो स्तनधारी प्राणी हो ।

समूहमा बस्ने, छिटो छिटो कुद्ने र सतर्क रहने जङ्गली गधाको मुख्य विशेषता हो । जङ्गली गधाका लागि जलवायु सङ्कट र मानव गतिविधि मुख्य चुनौतीका रुपमा लिने गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारको ‘ठूलो कटौती’ योजना : ४ मन्त्रालय खारेज, दर्जन संरचना फेरबदलको खाका

काठमाडौं । संघीय सरकारको संरचना हल्लाउने गरी मन्त्रालय मर्ज र खारेजको ठूलाे खाका आज मन्त्रिपरिषद् बैठकमा पेस हुने तयारी भएको छ। बिहान साढे १० बजे बस्न...

मोतिपुरमा ‘डोजर विरुद्व बस्ती’: केन्द्रको दबाब, मेयरको विद्रोह, हजारौं परिवार त्रासमा

बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र फेरि विस्फोटक मोडमा पुगेको छ । केन्द्र सरकार अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बस्ती तत्का...

मुस्ताङमा भेटियो जङ्गली गधा

मुस्ताङ । नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा माथिको चरन क्षेत्रमा ठूलो सङ्ख्यामा जङ्गली गधा (क्याङ) देखा...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक आज बस्दै

काठमाडौँ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक साेमबार बस्ने भएकाे छ। कांग्रेसको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सोमबार दिउ...

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ ।  देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२ लाख बराबरको धनमाल जलेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कप...

२५ लाखभन्दा साना योजना अब बन्द हुने, उपभोक्ता समितिमार्फत काम पनि रोकिने

दाङ । सुदूरपश्चिम प्रदेश सरकारले अब २५ लाख रुपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको व...

नेपाल पुलिस च्याम्पियन, आर्मीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै पोखरा महिला गोल्डकप कब्जा

पोखरा । रोमाञ्चक र तनावपूर्ण फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै पोखरा महिला गोल्डकपको उपाधि जितेको छ। ...

भोली ती नकुनेमा मोबाइलमाण्डुको पहिलो फिजिकल स्टोर उद्घाटन, १ हप्तासम्म ‘छुट र उपहारको बाढी’

काठमाडौं । अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको मोबाइलमाण्डु अब अफलाइन बजारमा प्रवेश गर्दै पहिलो फिजिकल आउटलेट खोल्ने भएको छ। कम्पनीले ...

चलचित्र ‘कुम्भ’ को एक्सन प्याक टिजर सार्वजनिक

काठमाडौं। डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा ...

सम्पत्ति शुद्धीकरण विभाग अब ‘सुपर पावर’ अनुसन्धान निकाय

करदेखि सेयर बजारसम्म छानबिन गर्ने अधिकार

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending