Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८२ मंगलवार | 29th April, 2025 Tue
Investment bank

१५ चैतमा राजावादी-गणतन्त्रवादी आमनेसामने

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पूर्वपञ्च नवराज सुवेदी संयोजक रहेको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ राजसंस्था पुनस्र्थापनाको माग गर्दै मंगलबारदेखि औपचारिक रूपमा आन्दोलनमा होमिएको छ । 

सुवेदी नेतृत्वको समितिले १५ चैत शुक्रबार राजधानीमा जनप्रदर्शन गर्ने घोषणा गरेको छ भने राप्रपाले आगामी २६ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ । राप्रपाले त्यसअघि राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा सबैले गर्ने आन्दोलनमा समर्थन गर्ने निर्णय पनि गरेको छ ।

काठमाडौंको एक प्यालेसमा मंगलबार बसेको आन्दोलन मूल समितिको बैठकले ‘राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा जजसले आन्दोलन गरे पनि त्यो शान्तिपूर्ण हुुनुप-यो त्यसमा समर्थन गर्ने’ निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

उनले आगामी २६ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको पनि बताए । उनका अनुसार राप्रपा मंगलबारबाटै आन्दोलनमा होमिएको छ । राप्रपाले ७ चैत २०८२ बाट निरन्तर रूपमा राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।

‘२६ गते काठमाडौंमा बाग्मती प्रदेशस्तरीय प्रदर्शन तथा सभाको आयोजना गर्ने र वैशाख ७ गतेबाट राजधानी केन्द्रित कार्यक्रम अघि बढाउने निर्णय भएको छ,’ लिङ्देनले भने । 

उता, सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले १५ चैत शुक्रबार राजधानीमा गर्ने जनप्रदर्शनमा सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा संघीयताविरोधी आमसर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थनका लागि आह्वान गरेको छ ।

सो समितिले जारी गरेको विज्ञप्तिमा नेपाल एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको जिकिर गर्दै देशभक्त, राजसंस्थावादीहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने अवस्था आएको उल्लेख छ । साथै, राजसंस्था पुनस्र्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रित सबै प्रदर्शन तथा आन्दोलनहरूमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ, सहयोग र समर्थन रहनेसमेत विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले समेत १५ चैत काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने घोषणा यसअघि नै गरिसकेको छ । प्रसाईंले सामाजिक सञ्जालमार्फत ‘अब निर्णायक समय आइसकेको छ, सबै तयार रहौं’ भनी आह्वान गर्दै आन्दोलनको तयारीमा जुट्न आग्रह गरिरहेका छन् ।

प्रसाईंले आफ्नो फेसबुक पोस्टमार्फत सम्पूर्ण पीडित, उत्पीडित, राष्ट्रवादी नागरिक र अन्यायको सामना गरिरहेका वर्गहरूलाई आन्दोलनमा सहभागिता जनाउन आह्वान गरेका छन् । उनले लेखेका छन्, ‘अब निर्णायक समय आएको छ, देश बेच्नेहरूसँग लड्ने समय आइसक्यो, यही १५ चैत राष्ट्रभक्तिको शक्ति प्रदर्शन गर्नेछौं ।’

प्रसाईंले राजसंस्था पुनःस्थापना चाहने राजनीतिक दलहरू, देशभरका अभियन्ता, राष्ट्रभक्त नागरिक तथा आन्दोलनमा सहानुभूति राख्ने सबै शक्तिलाई काठमाडौं केन्द्रित आन्दोलनको तयारी गर्न आग्रह गरेका छन् । उनले काठमाडौं, ललितपुर र भक्तपुरका अभियन्तालाई उपत्यका नछोड्न निर्देशन दिँदै आन्दोलनको मोडालिटी चाँडै सार्वजनिक गर्ने बताएका छन् ।

उनले लेखका छन्, ‘१५ चैतका लागि तयार रहनुहोस्, हामीले लड्नु छ देश बेचुवाहरूका दलालहरूसँग, बचाउनु छ हाम्रो गौरवशाली नेपाललाई ।’

काठमाडौं जिल्ला प्रशासनले प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’लाई तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ ।

१५ चैत नै समाजवादी मोर्चाले समेत राजधानीमा राजावादीको गतिविधिविरुद्ध प्रदर्शन तय गरेको छ । माओवादीलगायत चार दल सम्मिलित समाजवादी मोर्चाले १५ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने यसअघि नै घोषणा गरिसकेको छ । नागरिक समाज, संविधानविद्, पूर्वराजदूतसँग अन्तक्र्रिया गरेपछि मोर्चाले प्रदर्शनको घोषणा गरेको हो ।

समावेशी, समानुपातिक प्रणाली र संघीय व्यवस्थामाथि हमला हुन खोजेकाले जनतालाई जानकारी दिन राजधानीमा प्रदर्शन गर्ने निर्णय लिइएको मोर्चाको प्रमुख दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बताउँदै आएका छन् । ‘कसैले संघीय गणतन्त्रमाथि अराजक ढंगले हमला गर्न खोज्छ भने त्यसको जानकारी गराउनु हाम्रो जिम्मेवारी हो,’ उनको भनाइ छ, ‘कसैका विरुद्ध प्रदर्शन गर्न लागेको होइन, प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मोर्चा क्रियाशील छ ।’

मोर्चाका तर्फबाट माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष महिन्द्र राय यादव, नेकपा महासचिव नेत्रविक्रम चन्दले हस्ताक्षर गरेको विज्ञप्तिमा गणतन्त्रवादी शक्तिलाई एकजुट भई ‘प्रतिगमन र प्रतिक्रियावादीको षड्यन्त्र विफल’ पार्न अपिल गरिएको छ । ‘प्रतिगामी र पुनरउत्थानवादी षड्यन्त्रविरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको’ मोर्चाको निष्कर्ष छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी कार्यान्वयन नहुँदा राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र भएको मोर्चाले जनाएको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मनोमानी, देश एवं जनताको हितविपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रविरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनरउत्थानवादी तत्वहरू लागिपरेका छन्,’ मोर्चाको विज्ञप्तिमा भनिएको छ, ‘यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ ।’

मोर्चाले कांग्रेस–एमाले गठबन्धन सरकारको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरेको दाबी गरेको छ ।

गणतन्त्र पक्षधर समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन र सभा गर्न स्थानीय प्रशासनसँग अनुमति लिएको छ । तर, नवराज सुवेदी नेतृत्वको पूर्वराजसंस्थावादी समूहले चाहिँ प्रदर्शन स्थल’bout सार्वजनिक रूपमा बताएको छैन ।

समाजवादी मोर्चाले भृकुटीमण्डपमा र राजावादी समूहले तीनकुनेमा प्रदर्शन गर्ने’bout जानकारी गराएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । दुई स्थानबाहेक अन्यत्र प्रदर्शनका कार्यक्रम’bout आफूलाई जानकारी नभएको प्रजिअ तिवारीले बताए ।

प्रदर्शन गर्नुअघि स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजेन्द्र लिङदेनको अभिव्यक्तिमा कांग्रेसको आपत्ति, भन्यो- आरोप पुष्टि गरेर देखाउनू

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। का...

प्रहरीले दमन गरेको भन्दै आन्दोलन थप चर्काउँदै शिक्षक, अध्यक्ष सुवेदीको प्रश्न- पीडाले तपाईँलाई घोच्दैन ?

काठमाडौं । प्रहरीले दमन गरेको भन्दै शिक्षकहरूले आन्दोलन थप सशक्त बनाउने भएका छन्।  आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले ...

देशमा पश्चिमी वायुको प्रभाव- यी स्थानमा हुँदैछ आज वर्षा र हिमपात

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट...

कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई मजदुरको मृत्यु

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई मजदुरको मृत्यु भएको छ ।  अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरि...

८८ कम्पनीको ५६ अर्ब ३३ करोड रुपैयाँबराबरको आईपीओ आउँदै

काठमाडौं । ५६ अर्ब ३३ करोड १९ लाख रुपैयाँभन्दा बढीका ८८ वटा कम्पनी आईपीओ जारी गर्नका लागि पर्खाइमा रहेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अनुसार अ...

भावी नेतृत्वका लागि देउवामाथि पूर्वपदाधिकारीहरूको दबाब, गगनलाई रोज्नसक्ने आशंका

काठमाडौं । कांग्रेसका ६ पूर्वपदाधिकारीले पार्टीको भावी नेतृत्व संस्थापनपक्षबाटै अघि सार्न पार्टीका सभापति शेरबहादुर देउवामाथि दबाब बढाउँदै लगेका छन् ।...

पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। गएराति रैनादेवी छहरा गाउँपालिका १ सिद्धेश्वरमा लु ३ च २३७७ नम्बरको जिप दुर्घटनामा परेको ...

प्रहरीले भन्यो : तीनकुने घटनामा कांग्रेस सह-महामन्त्रीका छोरा संलग्न छैनन्

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छाड...

हावाहुरीले घरका छाना उडायो, खेवाङ अन्धकारमा

ताप्लेजुङ । हावाहुरीले ताप्लेजुङका विभिन्न स्थानमा क्षति पुर्याएको छ । हावाहुरीले फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा स्थानीयको घरका छाना उडाएको छ । फु...

माओवादीले भन्यो- शिक्षकमाथि भएको दमन सर्वोच्चको आदेशको समेत ठाडो उल्लङ्घन हो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले विद्यालय शिक्षा ऐनलगायतका माग राखेर शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकसँग सार्थक वार्ता गरी...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending