Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

संविधानले एकताको कडी मजबुत पार्ने राष्ट्रपतिको विश्वास (सम्वोधनको पूर्णपाठसहित)

राष्ट्रपति डा. रामवरण यादवले नेपालको संबिधान २०७२ जारी भएकोमा नेपाली जनतालाई बधाइ दिएका छन् । संबिधान जारी भएको घोषणा पछि सभालाई सम्बोधन गर्दै उनले जनता अधिकार सम्पन्न भएको भन्दै बधाई दिएका हुन् ।

\"Sambidhan-Jari\"यादवले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधतायुक्त देश भएको बताउँदै हिमाल पहाड र तराई मधेसका जनताको एकता एवं मेलमिलापमा जोड दिए ।

राष्ट्रपति यादवले भने– नेपाली जनतामा निहीत सार्वभौमसत्ता र राज्यशक्तिको स्रोत जनता हुन् भन्ने मान्यता स्थापित भएको छ ।’ राष्ट्रपति यादवले आफ्नो लिखित मन्तव्यमा अगाडी भने– ‘संविधान घोषणासँगै देश दिगो शान्त र स्थायित्व र न्यायपूर्ण सामाजिक आर्थिक विकासको बाटोमा तिब्रताका साथ अघि बढ्ने हाम्रो विश्वास छ ।’ राष्ट्रपतिले संविधान गतिशील दस्तावेज भएको बताउँदै संघीयता लगायतका विषयहरु फराकिलो हुँदै जाने विश्वास व्यक्त गरे ।

‘संघीयता र गणतन्त्रसहितको हाम्रो बहुदलीय संसदीय शासन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व र सहभागिताका आधार संविधान कार्यान्वयनका क्रममा अझ फराकिलो र विकसित हुँदै जानेछन्’ राष्ट्रपतिले भने– ‘नयाँ संविधानले सबै क्षेत्र र समुदायको जनताको आकांक्षा, पहिचानलाई समान ढंगले संरक्षण र प्रदर्शन गर्नेछ । विविधिताका बीचमा एकतामा जोड दिँदै उनले संबिधानले सबै विभेद र असमानतालाई अन्त्य गर्ने विश्वास समेत व्यक्त गरे । ’ आफ्नो सम्बोधनमा राष्ट्रपतिले ‘संविधान गतिशील दस्तावेज भएको बताउदै यसको सफल प्रयोग गर्न आग्रह गरे ।

राष्ट्रपतिले भने ‘जनताका प्रतिनिधिद्वारा संविधानसभाबाट पारित यो संविधान भौगोलिक अखण्डता र स्वाधीनता र जनतामा निहीत सर्वभौमसत्ताको संरक्षण गर्ने साझा दस्तावेज हो ।’ संबिधानले पारस्परिक एकताका साथ संविधानमा भएका जनताका अधिकार, उपलब्धि र संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनालाई संरक्षण, सम्वर्धन गर्ने विश्वास समेत राष्ट्रपतिले व्यक्त गरेका छन् । राष्ट्रपतिले संविधान निर्माणमा भूमिका खेल्ने सबैलाई धन्यवाद एवं बधाइ दिएका छन् । सम्बोधनको अन्त्यतिर राष्ट्रपतिले भने ‘संविधानसभाका सदस्यहरुलाई अध्यक्षमार्फत धन्यवाद दिन्छु’, ‘यो संविधानले देशको एकताको कडी मजबुत गर्दै जानेछ । राष्ट्रको जय होस्, सबै नेपालीको जय होस् । ’

राष्ट्रपतिको भव्य स्वागत

संविधानसभामा प्रवेश गर्नुअघि राष्ट्रपतिलाई २१ तोपको सलामी दिइएको थियो । संविधानसभा अध्यक्ष र महासचिवले राष्ट्रपतिलाई स्वागत गर्दै संविधानसभाभित्र प्रवेश गराएका थिए ।

राष्ट्रपतिले संविधान जारी गरिरहँदा भव्य रुपमा सिँगारिएको संविधानसभा परिसरमा बेलुनहरु उडाइएको थियो । संविधान घोषणाका लागि शीतलनिवासबाट नयाँ बानेश्वर आउने क्रममा राष्ट्रपतिलाई बबरमहलदेखि रिसल्ला घोडचढीहरुले अगाडि र पछाडिबा स्कटिङ गरेका थिए ।

नयाँ बानेश्वरस्थित संविधानसभामा प्रवेश गर्दा राष्ट्रपतिलाई छेउछाउमा लामवद्ध सर्बसाधारणले हात हल्लाएर स्वागत गरेका थिए । संविधान जारी गरी प्रारम्भ भएको घोषणा गरेपछि राष्ट्रपतिले केहीबेर लिखित सम्बोधन गरे।

सम्बोधन पछि राष्ट्रपतिलाई संविधानसभाले धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित गर्यो । संविधानसभाले गडगडाहट तालीका वीच राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गरे । त्यसपछि सभाध्यक्षले संविधानसभाले गरेका कामहरुको विवरण पेश गरे ।

यस्तो छ राष्ट्रपतिको सम्वोधनको पूर्णपाठ

सम्मानीय अध्यक्ष महोदय संविधानसभाबाट जनताका प्रतिनिधिले लोकतान्त्रिक अधिकार आर्थिक सम्वृद्धि र राष्ट्रिय एकताका लागि बनाएको संविधान जारी भएको घोषणा गर्ने यो ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई हार्दिक बधाइ र शुभकामना व्यक्त गर्दछु ।

नेपाली जनताले झण्डै चार दशक अघि प्रारम्भ गरेको अथक लोकतान्त्रिक आन्दोलन र दीगो शान्तिको पक्षमा प्रकट भएको जनताको चाहनाले आज मूर्त रुप लिएको छ । यस अवसरमा लोकतान्त्रिक आन्दोलनका आदरणीय सहीद, सहयात्री जनता र जननायकहरुप्रति सम्मान प्रकट गर्दछु ।

यस संविधानको घोषणासँगै हाम्रो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । नेपाली जनतामा निहित सार्वभौमसत्ता र राज्यशक्तिको श्रोत जनता मात्र हुन् भन्ने मान्यता पनि स्थापित भएको छ ।

संघीयता र गणतन्त्रसहितको हाम्रो बहुदलीय संसदीय शासन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व र सहभागिताका आधारसहित अन्य विषयहरु संविधान कार्यान्वयनको क्रममा अझ फराकिलो र विकसित हुँदै जानेछन् ।

संविधानको घोषणासँगै देश दीगो शान्ति, राजनीतिक स्थायित्व र न्यायपूर्ण सामाजिक आर्थिक विकासको बाटोमा तिब्रताका साथ अघि बढ्ने हाम्रो विश्वास छ ।

सम्माननीय अध्यक्ष महोदय,

हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधतायुक्त रहेको छ । नयाँ संविधानले सबै क्षेत्र र समुदायका जनताको आकांक्षा र अधिकार, भाषा, भेषभुषा, सँस्कृति र पहिचानलाई समान ढंगले संरक्षण र प्रवद्र्धन गर्नेछ ।

विविधताका बीचमा एकतामा जोड दिँदै सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्ने मौका यस संविधानले प्रदान गर्नेछ ।

सम्मानीय अध्यक्ष महोदय

हिमाल, पहाड, तराई मधेसका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई म यस ऐतिहासिक अवसरमा पारस्परिक एकता, सहिष्णुता, सहकार्य र मेलमिलापका साथ यस संविधानसभाबाट प्राप्त भएका जनताका अधिकार, उपलब्धी र संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनालाई संरक्षण, सम्वर्धन र प्रवद्र्धन गर्न आह्वान गर्दछु ।

संविधान गतिशील दस्तावेज हो । यसको सफल प्रयोग गर्दै सामाजिक न्याय, अधिकार सम्वृद्धि प्राप्त गर्नसमेत निरन्तर क्रियाशील रहन आग्रह गर्दछु ।

जनताका प्रतिनिधिद्वारा संविधानसभाबाट पारित यो संविधान नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनता र जनतामा निहीत सार्वभौमसत्ताको रक्षा गर्ने साझा संकल्पको दस्तावेज हो ।

सम्माननीय अध्यक्ष महोदय,

यो ऐतिहासिक दस्तावेज नेपालको संविधान निर्माणमा योगदान पु¥याउनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, संविधानसभाका माननीय सदस्यहरुलाई संविधानसभाका सम्माननीय अध्यक्षमार्फत हृदयदेखि धन्यवाद दिन्छु ।

यो संविधान र परिवर्तित सभाले देशको एकताको कडी मजवुत गर्दै जानेछ ।

राष्ट्रको जय होस्, सबै नेपालीको जय होस् । धन्यवाद !

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy