Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

संविधानले एकताको कडी मजबुत पार्ने राष्ट्रपतिको विश्वास (सम्वोधनको पूर्णपाठसहित)

राष्ट्रपति डा. रामवरण यादवले नेपालको संबिधान २०७२ जारी भएकोमा नेपाली जनतालाई बधाइ दिएका छन् । संबिधान जारी भएको घोषणा पछि सभालाई सम्बोधन गर्दै उनले जनता अधिकार सम्पन्न भएको भन्दै बधाई दिएका हुन् ।

\"Sambidhan-Jari\"यादवले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधतायुक्त देश भएको बताउँदै हिमाल पहाड र तराई मधेसका जनताको एकता एवं मेलमिलापमा जोड दिए ।

राष्ट्रपति यादवले भने– नेपाली जनतामा निहीत सार्वभौमसत्ता र राज्यशक्तिको स्रोत जनता हुन् भन्ने मान्यता स्थापित भएको छ ।’ राष्ट्रपति यादवले आफ्नो लिखित मन्तव्यमा अगाडी भने– ‘संविधान घोषणासँगै देश दिगो शान्त र स्थायित्व र न्यायपूर्ण सामाजिक आर्थिक विकासको बाटोमा तिब्रताका साथ अघि बढ्ने हाम्रो विश्वास छ ।’ राष्ट्रपतिले संविधान गतिशील दस्तावेज भएको बताउँदै संघीयता लगायतका विषयहरु फराकिलो हुँदै जाने विश्वास व्यक्त गरे ।

‘संघीयता र गणतन्त्रसहितको हाम्रो बहुदलीय संसदीय शासन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व र सहभागिताका आधार संविधान कार्यान्वयनका क्रममा अझ फराकिलो र विकसित हुँदै जानेछन्’ राष्ट्रपतिले भने– ‘नयाँ संविधानले सबै क्षेत्र र समुदायको जनताको आकांक्षा, पहिचानलाई समान ढंगले संरक्षण र प्रदर्शन गर्नेछ । विविधिताका बीचमा एकतामा जोड दिँदै उनले संबिधानले सबै विभेद र असमानतालाई अन्त्य गर्ने विश्वास समेत व्यक्त गरे । ’ आफ्नो सम्बोधनमा राष्ट्रपतिले ‘संविधान गतिशील दस्तावेज भएको बताउदै यसको सफल प्रयोग गर्न आग्रह गरे ।

राष्ट्रपतिले भने ‘जनताका प्रतिनिधिद्वारा संविधानसभाबाट पारित यो संविधान भौगोलिक अखण्डता र स्वाधीनता र जनतामा निहीत सर्वभौमसत्ताको संरक्षण गर्ने साझा दस्तावेज हो ।’ संबिधानले पारस्परिक एकताका साथ संविधानमा भएका जनताका अधिकार, उपलब्धि र संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनालाई संरक्षण, सम्वर्धन गर्ने विश्वास समेत राष्ट्रपतिले व्यक्त गरेका छन् । राष्ट्रपतिले संविधान निर्माणमा भूमिका खेल्ने सबैलाई धन्यवाद एवं बधाइ दिएका छन् । सम्बोधनको अन्त्यतिर राष्ट्रपतिले भने ‘संविधानसभाका सदस्यहरुलाई अध्यक्षमार्फत धन्यवाद दिन्छु’, ‘यो संविधानले देशको एकताको कडी मजबुत गर्दै जानेछ । राष्ट्रको जय होस्, सबै नेपालीको जय होस् । ’

राष्ट्रपतिको भव्य स्वागत

संविधानसभामा प्रवेश गर्नुअघि राष्ट्रपतिलाई २१ तोपको सलामी दिइएको थियो । संविधानसभा अध्यक्ष र महासचिवले राष्ट्रपतिलाई स्वागत गर्दै संविधानसभाभित्र प्रवेश गराएका थिए ।

राष्ट्रपतिले संविधान जारी गरिरहँदा भव्य रुपमा सिँगारिएको संविधानसभा परिसरमा बेलुनहरु उडाइएको थियो । संविधान घोषणाका लागि शीतलनिवासबाट नयाँ बानेश्वर आउने क्रममा राष्ट्रपतिलाई बबरमहलदेखि रिसल्ला घोडचढीहरुले अगाडि र पछाडिबा स्कटिङ गरेका थिए ।

नयाँ बानेश्वरस्थित संविधानसभामा प्रवेश गर्दा राष्ट्रपतिलाई छेउछाउमा लामवद्ध सर्बसाधारणले हात हल्लाएर स्वागत गरेका थिए । संविधान जारी गरी प्रारम्भ भएको घोषणा गरेपछि राष्ट्रपतिले केहीबेर लिखित सम्बोधन गरे।

सम्बोधन पछि राष्ट्रपतिलाई संविधानसभाले धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित गर्यो । संविधानसभाले गडगडाहट तालीका वीच राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गरे । त्यसपछि सभाध्यक्षले संविधानसभाले गरेका कामहरुको विवरण पेश गरे ।

यस्तो छ राष्ट्रपतिको सम्वोधनको पूर्णपाठ

सम्मानीय अध्यक्ष महोदय संविधानसभाबाट जनताका प्रतिनिधिले लोकतान्त्रिक अधिकार आर्थिक सम्वृद्धि र राष्ट्रिय एकताका लागि बनाएको संविधान जारी भएको घोषणा गर्ने यो ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई हार्दिक बधाइ र शुभकामना व्यक्त गर्दछु ।

नेपाली जनताले झण्डै चार दशक अघि प्रारम्भ गरेको अथक लोकतान्त्रिक आन्दोलन र दीगो शान्तिको पक्षमा प्रकट भएको जनताको चाहनाले आज मूर्त रुप लिएको छ । यस अवसरमा लोकतान्त्रिक आन्दोलनका आदरणीय सहीद, सहयात्री जनता र जननायकहरुप्रति सम्मान प्रकट गर्दछु ।

यस संविधानको घोषणासँगै हाम्रो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । नेपाली जनतामा निहित सार्वभौमसत्ता र राज्यशक्तिको श्रोत जनता मात्र हुन् भन्ने मान्यता पनि स्थापित भएको छ ।

संघीयता र गणतन्त्रसहितको हाम्रो बहुदलीय संसदीय शासन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व र सहभागिताका आधारसहित अन्य विषयहरु संविधान कार्यान्वयनको क्रममा अझ फराकिलो र विकसित हुँदै जानेछन् ।

संविधानको घोषणासँगै देश दीगो शान्ति, राजनीतिक स्थायित्व र न्यायपूर्ण सामाजिक आर्थिक विकासको बाटोमा तिब्रताका साथ अघि बढ्ने हाम्रो विश्वास छ ।

सम्माननीय अध्यक्ष महोदय,

हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधतायुक्त रहेको छ । नयाँ संविधानले सबै क्षेत्र र समुदायका जनताको आकांक्षा र अधिकार, भाषा, भेषभुषा, सँस्कृति र पहिचानलाई समान ढंगले संरक्षण र प्रवद्र्धन गर्नेछ ।

विविधताका बीचमा एकतामा जोड दिँदै सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्ने मौका यस संविधानले प्रदान गर्नेछ ।

सम्मानीय अध्यक्ष महोदय

हिमाल, पहाड, तराई मधेसका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई म यस ऐतिहासिक अवसरमा पारस्परिक एकता, सहिष्णुता, सहकार्य र मेलमिलापका साथ यस संविधानसभाबाट प्राप्त भएका जनताका अधिकार, उपलब्धी र संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनालाई संरक्षण, सम्वर्धन र प्रवद्र्धन गर्न आह्वान गर्दछु ।

संविधान गतिशील दस्तावेज हो । यसको सफल प्रयोग गर्दै सामाजिक न्याय, अधिकार सम्वृद्धि प्राप्त गर्नसमेत निरन्तर क्रियाशील रहन आग्रह गर्दछु ।

जनताका प्रतिनिधिद्वारा संविधानसभाबाट पारित यो संविधान नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनता र जनतामा निहीत सार्वभौमसत्ताको रक्षा गर्ने साझा संकल्पको दस्तावेज हो ।

सम्माननीय अध्यक्ष महोदय,

यो ऐतिहासिक दस्तावेज नेपालको संविधान निर्माणमा योगदान पु¥याउनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, संविधानसभाका माननीय सदस्यहरुलाई संविधानसभाका सम्माननीय अध्यक्षमार्फत हृदयदेखि धन्यवाद दिन्छु ।

यो संविधान र परिवर्तित सभाले देशको एकताको कडी मजवुत गर्दै जानेछ ।

राष्ट्रको जय होस्, सबै नेपालीको जय होस् । धन्यवाद !

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending