Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

६०७ दिनमा बन्यो नेपालको संविधान

‘नेपालको संविधान, २०७२’ जारी भएसँगै संविधानसभा व्यवस्थापिका–संसद्मा रुपान्तरण भएको छ । संविधान घोषणा गर्न आज बसेको संविधानसभा बैठकको अन्त्यमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा व्यवस्थापिका–संसद्मा परिणत भएको घोषणा गरे ।

\"ICC\"राष्ट्रपति डा. रामवरण यादवबाट हस्ताक्षर भई जारी भएको संविधानका पाँच प्रतिमध्ये क्रमशः एक–एक ओटा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय, व्यवस्थापिका–संसद् सचिवालय र राष्ट्रिय अभिलेखालयमा राखिने जानकारी पनि सभाध्यक्ष नेम्वाङले दिए ।

त्यसअघि उनले २०७० साल माघ ८ गते प्रारम्भ भएको संविधानसभाको बैठक ६०७ दिन सञ्चालन भई १३० दिन पूर्ण बैठक भएका तथा त्यसअवधिमा ३२८ घण्टा ४५ मिनेट खास कार्यमा व्यतित भएको बताए । साथै, उनले संविधानसभामा भएका अन्य गतिविधिबारे पनि सभालाई अवगत गराए ।

सभाध्यक्षले संविधान निर्माणमा सक्रिय सहयोग गरेका तर अन्तिम क्षणमा संविधान लेखनको प्रक्रियाबाट बाहिरिएकाहरूलाई सङ्केत गर्दै लोकतान्त्रिक पद्धतिमा समाहित हुन अनुरोध पनि गरे ।

संविधान निर्माणमा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग गर्ने नेपाली जनता, सरकार, निर्वाचन आयोग, विभिन्न पेसाकर्मी, नागरिक समाज, सुरक्षा निकाय तथा संसद् सचिवालयका कर्मचारीप्रति उनले कृतज्ञता प्रकट गरे ।

राष्ट्रपतिबाट संविधान घोषणाका साथै संविधानसभालाई सम्बोधन भएकोमा राष्ट्राध्यक्षप्रति उनले हार्दिक आभार व्यक्त गरे । त्यसअघि सभाले धन्यवादको प्रस्तावद्वारा राष्ट्रपतिप्रति कृतज्ञता ज्ञापन गरेको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy