Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

कसरी उम्किए दुर्गा प्रसाईं ? पूर्वराजालाई तत्काल पक्राउ गर्न सरकामाथि दबाब अभियान

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनका क्रममा गाडी चलाएर प्रहरीलाई पेल्दै निषेधाज्ञा उल्लंघन गरेका र भीडलाई हिंसक बन्न उक्साएका दुर्गा प्रसाईं रहस्यमय रूपमा फरार भएका छन् । अघिल्लो दिनदेखि नै निगरानीमा रहेको भन्दै आएको प्रहरीले शुक्रबारको हिंसात्मक घटनापछि पनि उनलाई पक्राउ गर्न नसकेको हो ।

हिंसात्मक घटनाका मुख्य नाइके प्रसाईं नै रहेको निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्ले शुक्रबार नै तत्काल पक्राउ गर्न गृह प्रशासनलाई निर्देशन दिएको थियो । प्रसाईं लुक्न सक्ने ठाउँमा उपत्यकाका तीनै जिल्लाका प्रहरी युनिटले खोजी गरिरहेको गृह मन्त्रालयका एक अधिकारीले बताए । गृहमन्त्री रमेश लेखक प्रसाईं चाँडै पक्राउ पर्ने दाबी गर्छन् । कान्तिपुर टेलिभिजनमा राजावादीको समूहले पुर्‍याएको क्षति निरीक्षण गर्न शनिबार आएका बेला उनले भने, ‘खोजी कार्य भइरहेको छ, छिट्टै पक्राउ पर्छन् ।’

राजावादीको प्रदर्शन भड्किँदा एक सञ्चारकर्मीको आगजनीमा परेर र एक सर्वसाधारणको गोली लागेर मृत्यु भएको थियो । राजावादीको समूहले सार्वजनिक, निजी घर तथा कार्यालय, व्यापारिक कम्प्लेक्स, सवारीसाधनमा तोडफोड, आगजनी, लुटपाट गरेको थियो । प्रदर्शनका योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भए पनि प्रसाईंकै कारण राजावादी समूह अराजक बनेको मन्त्रिपरिषद्को निष्कर्ष छ । प्रसाईं राजावादी आन्दोलनका कमान्डर हुन् ।

प्रसाईं शुक्रबार कोटेश्वरतर्फबाट हाइलक्स गाडी आफैं चलाएर प्रहरीलाई पेल्दै निषेधाज्ञा क्षेत्रमा अघि बढेका थिए । शान्तिनगरको पुल कटेपछि गाडीबाट ओर्लिएर उनी नजिकै एक घरको सटरभित्र लुकेका थिए । राजावादी जत्थाले अन्धाधुन्ध आगजनी, लुटपाट र तोडफोड गर्न थालेपछि प्रहरी शक्ति त्यसलाई नियन्त्रण गर्न केन्द्रित भएको मौका छोपेरप्रसाईं करिब साढे ४ बजेतिर सटरबाट निस्केर भागेका थिए । उनकै निजी सुरक्षा दस्ताले स्कारपियो गाडीमा चढाएर भगाएको फुटेज सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ ।

प्रसाईं नरेफाँट हुँदै भागेर लुभु र इमाडोलको बीचमा रहेको धर्मगुरु पुष्कर खतिवडाको घर पुगेका थिए । खतिवडालाई ललितपुर प्रहरीले शनिबार उनकै निवासबाट पक्राउ गरेको छ । ‘पुरानो चिनजान भएकाले प्रसाईंलाई मैले सहयोग गरेको हो । हामी दुवै झापाका हौं । म बुधबारेको, उहाँ बिर्तामोडको । म सामान्य जुलुसमा मात्रै गएको हुँ । म हिंस्रक होइन, धार्मिक मान्छे हो,’ खतिवडाको भनाइ उद्धृत गर्दै ललितपुर प्रहरी प्रमुख एसएसपी श्याम अधिकारीले भने, ‘उहाँ (प्रसाईं) र म सँगै एउटै गाडीमा मेरो घरमा आएका थियौं । उहाँ करिब १५ मिनेट मेरो घरमा बस्नुभयो । स्याउ र केरा खानुभयो । त्यसपछि मोबाइल बन्द गरेर निस्कनुभयो । कहाँ, कता जानुभयो, मलाई थाहा छैन ।’

खतिवडाको निवासमै रहेका बेला प्रहरीले खोजेका बेला आफू हाजिर हुने भन्ने सन्देश दिएर प्रसाईंले मोबाइल फोन अफ गरेका थिए । प्रसाईंलाई पक्राउ गर्नुपर्ने खबर भने शुक्रबार अबेर मात्र प्रहरीले पाएको गृहका अधिकारीहरू बताउँछन् । हिंसात्मक बन्न भीडलाई उक्साएको, तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले नेताहरू धवलशमशेर राणा, रवीन्द्र मिश्र, स्वागत नेपाललगायतलाई शुक्रबार नै पक्राउ गरेको थियो ।

प्रसाईं प्रहरीको नियन्त्रणमा रहेको अनौपचारिक सूचना प्रहरीका उच्च अधिकारीहरूले शुक्रबार नै दिएका थिए । ‘प्रसाईं प्रहरी नियन्त्रण बाहिर छैनन् । स्थिति तत्काल नभड्कियोस् भनेर मात्रै जानकारी नगराइएको हो, बिस्तारै प्रहरीकामा लगिनेछ,’ प्रहरीका एक उच्च अधिकारीले शुक्रबार भनेका थिए । 

तर शनिबार बिहान तिनै अधिकारीले खोजी कार्य भइरहेको प्रतिक्रिया दिएका थिए । ‘यसले प्रसाईंलाई जानीबुझी भगाइएको त होइन भन्ने प्रश्न उब्जेको छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘शनिबार साँझसम्म उनलाई फेला पार्न नसकेपछि उपत्काका कटिसकेको अनुमान गरेका छौं ।’

प्रसाईंले उपत्यका काटेको सूचना पाएपछि गृहमन्त्री लेखकले उच्च सुरक्षा अधिकारीहरूलाई बोलाएर भारतसँग जोडिएका सबै नाकामा समेत कडा निगरानी बढाउन निर्देशन दिएका छन् ।

विवादास्पद पृष्ठभूमिका प्रसाईं यसअघि विभिन्न कसुरमा पटक–पटक पक्राउ परेर छुटेका व्यक्ति हुन् । साइबर अपराध र गाली बेइज्जतीसम्बन्धी कसुरमा गत ६ असोजमा पक्राउ परेका उनी जिल्ला अदालत काठमाडौंको आदेशबमोजिम १५ असोजमा धरौटी बुझाएर छुटेका थिए । मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा प्रसाईं संगठित अपराध, किर्ते, मानहानिलगायतका कसुरमा ४ मंसिरमा फेरि पक्राउ परेका थिए । त्यति बेला उनी बन्दीप्रत्यक्षीकरणको निवेदन दिएर सर्वोच्च अदालतको आदेशबाट करिब एक महिनापछि छुटेका थिए ।

गणतन्त्रवादी राजनीतिक दल र नागरिक समाजले प्रसाईंलाई मात्रै नभएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै तत्काल पक्राउ गर्न सरकामाथि दबाब अभियान छेडेका छन् । यसका लागि सामाजिक सञ्जालमा अभियान नै चलाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending