Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

४० नृत्यकारले सिके सप्ताहव्यापी प्रशिक्षणमा नृत्यक्षर कला

खबरडबली संवाददाता

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गत मंगलबारबाट यो मंगलबारसम्म आयोजना गरेको सप्ताहव्यापी नृत्यक्षर विज्ञान प्रशिक्षणमा ४० जना नृत्यकारहरुले नृत्य सम्बन्धी व्याकरणीय कला सिकेका छन् । 

उनीहरुले सैद्धान्तिकसँग प्रयोगात्मक प्रशिक्षण समेत लिएका छन् । सो प्रतिष्ठानको नृत्य विभागद्धारा यो प्रशिक्षणको आयोजना गरिएको हो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा नियमित रुपमा ४० जना नृत्यकारहरुले यो प्रशिक्षण लिएका छन् । उनीहरुलाई मंगलबार सो प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्य सचिब प्रगती महरा, परिषद सदस्य एवम् नृत्य विभाग प्रमुख सुवर्ण हमाल, नेपालका प्रथम नृत्य निर्देशक भैरवबहादुर थापालगायतले प्रमाणपत्र प्रदान गरे ।

आफूहरूले यस अघि विभिन्न कार्यक्रममा नृत्य प्रस्तुत गर्दै आए पनि यसको शास्त्रीय तथा सैद्धान्तिक ज्ञानको अभाव भएकाले यो प्रशिक्षण निकै उपयोगी हुने प्रशिक्षार्थीहरुले कार्यक्रममा बताए । उनीहरुलाई दैनिक ६ घन्टाको दरले साप्ताहिक रुपमा ४९ घण्टाको प्रशिक्षण दिईएको थियो ।

प्रशिक्षण समापन समारोहका प्रमुख अतिथि एवम् नेपालका प्रथम नृत्य निर्देशक भैरवबहादुर थापाले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै यो प्रशिक्षणले नृत्य कलाकारमा व्यवहारिकसँगै सैद्धान्तिक ज्ञान बृद्धि भएको बताए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले यसरी नृत्यक्षरमा आधारित रहेर नेपालमा पहिलो पटक प्रतिष्ठानले यस्तो प्रशिक्षण दिएको जिकिर गरे  ।

यस्तै राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले पनि प्रशिक्षणसँधै उपयोगी हुने बताउँदै त्यहाँ सिकेका कुरालाई जीवनमा लागु गर्न विधार्थीहरुलाई उनले सुझाब दिए । यसै गरी सो प्रतिष्ठानकी सदस्य सचिव प्रगति महराले पनि नृत्य सम्बन्धि यो प्रशिक्षण बिगतको भन्दा निकै फरक र थप उपयोगी भएको जिकिर गरिन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य तथा नृत्य विभाग प्रमुख सुवर्ण हमालले नृत्यको व्याकरणबारे नृत्यकारहरुनै अनविज्ञ भएको बेला यो प्रशिक्षण नृत्य कलाकारलाई दिएको बताए । जसबाट नृत्य कलाकारलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान मिलेकोमा भन्दै एक साताको प्रशिक्षणमा नृत्य कलाकारहरूले सोचेको भन्दा बढी नै सिक्ने अवसर पाएको पनि हमालले बताए ।

सप्ताहव्यापी नृत्यक्षर प्रशिक्षण कार्यक्रममा उनीहरूलाई नृत्य निर्देशक कृष्ण प्रसाद पौडेल र अनमी बोहराले प्रशिक्षण दिएका थिए । प्रशिक्षार्थीहरूलाई यस पटक नृत्य क्षण अर्थात् नृत्यको सैद्धान्तिक ज्ञान, भाव, मुद्रासँगै प्रयोगात्मक रूपमा नृत्य प्रशिक्षण दिएको पौडेलले बताए । कार्यक्रममा लिएको नृत्य प्रशिक्षण अन्तर्गतको नृत्य गरेर समेत उनीहरूले कार्यक्रममा देखाए ।

आफूहरूले अभ्यासका क्रममा गरेको नृत्यका भावहरू सहितको प्रस्तुति सम्बन्धित कलाकारहरूले देखाएका थिए । समापन समारोहमा प्रशिक्षार्थी निर्मला नेपाल र दीपेश माझीले आफ्नो अनुभव सुनाउँदै यस पटक नृत्य क्षर सम्बन्धी प्रशिक्षण लिँदा आफूहरूले गरिरहेको नृत्यका बारेमा अझ राम्ररी बुझ्ने अवसर पाएको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending