काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गत मंगलबारबाट यो मंगलबारसम्म आयोजना गरेको सप्ताहव्यापी नृत्यक्षर विज्ञान प्रशिक्षणमा ४० जना नृत्यकारहरुले नृत्य सम्बन्धी व्याकरणीय कला सिकेका छन् ।
उनीहरुले सैद्धान्तिकसँग प्रयोगात्मक प्रशिक्षण समेत लिएका छन् । सो प्रतिष्ठानको नृत्य विभागद्धारा यो प्रशिक्षणको आयोजना गरिएको हो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा नियमित रुपमा ४० जना नृत्यकारहरुले यो प्रशिक्षण लिएका छन् । उनीहरुलाई मंगलबार सो प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्य सचिब प्रगती महरा, परिषद सदस्य एवम् नृत्य विभाग प्रमुख सुवर्ण हमाल, नेपालका प्रथम नृत्य निर्देशक भैरवबहादुर थापालगायतले प्रमाणपत्र प्रदान गरे ।
आफूहरूले यस अघि विभिन्न कार्यक्रममा नृत्य प्रस्तुत गर्दै आए पनि यसको शास्त्रीय तथा सैद्धान्तिक ज्ञानको अभाव भएकाले यो प्रशिक्षण निकै उपयोगी हुने प्रशिक्षार्थीहरुले कार्यक्रममा बताए । उनीहरुलाई दैनिक ६ घन्टाको दरले साप्ताहिक रुपमा ४९ घण्टाको प्रशिक्षण दिईएको थियो ।
प्रशिक्षण समापन समारोहका प्रमुख अतिथि एवम् नेपालका प्रथम नृत्य निर्देशक भैरवबहादुर थापाले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै यो प्रशिक्षणले नृत्य कलाकारमा व्यवहारिकसँगै सैद्धान्तिक ज्ञान बृद्धि भएको बताए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले यसरी नृत्यक्षरमा आधारित रहेर नेपालमा पहिलो पटक प्रतिष्ठानले यस्तो प्रशिक्षण दिएको जिकिर गरे ।
यस्तै राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले पनि प्रशिक्षणसँधै उपयोगी हुने बताउँदै त्यहाँ सिकेका कुरालाई जीवनमा लागु गर्न विधार्थीहरुलाई उनले सुझाब दिए । यसै गरी सो प्रतिष्ठानकी सदस्य सचिव प्रगति महराले पनि नृत्य सम्बन्धि यो प्रशिक्षण बिगतको भन्दा निकै फरक र थप उपयोगी भएको जिकिर गरिन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य तथा नृत्य विभाग प्रमुख सुवर्ण हमालले नृत्यको व्याकरणबारे नृत्यकारहरुनै अनविज्ञ भएको बेला यो प्रशिक्षण नृत्य कलाकारलाई दिएको बताए । जसबाट नृत्य कलाकारलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान मिलेकोमा भन्दै एक साताको प्रशिक्षणमा नृत्य कलाकारहरूले सोचेको भन्दा बढी नै सिक्ने अवसर पाएको पनि हमालले बताए ।
सप्ताहव्यापी नृत्यक्षर प्रशिक्षण कार्यक्रममा उनीहरूलाई नृत्य निर्देशक कृष्ण प्रसाद पौडेल र अनमी बोहराले प्रशिक्षण दिएका थिए । प्रशिक्षार्थीहरूलाई यस पटक नृत्य क्षण अर्थात् नृत्यको सैद्धान्तिक ज्ञान, भाव, मुद्रासँगै प्रयोगात्मक रूपमा नृत्य प्रशिक्षण दिएको पौडेलले बताए । कार्यक्रममा लिएको नृत्य प्रशिक्षण अन्तर्गतको नृत्य गरेर समेत उनीहरूले कार्यक्रममा देखाए ।
आफूहरूले अभ्यासका क्रममा गरेको नृत्यका भावहरू सहितको प्रस्तुति सम्बन्धित कलाकारहरूले देखाएका थिए । समापन समारोहमा प्रशिक्षार्थी निर्मला नेपाल र दीपेश माझीले आफ्नो अनुभव सुनाउँदै यस पटक नृत्य क्षर सम्बन्धी प्रशिक्षण लिँदा आफूहरूले गरिरहेको नृत्यका बारेमा अझ राम्ररी बुझ्ने अवसर पाएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: