झापा । झापाामा २० वर्षीया महिला बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।
हल्दीवारी गाउँपालिका–१ कोचाटोली बस्ने भारत आसाम घर भएका २७ वर्षीय सन्तोष कार्कीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
सन्तोषले महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गोलधापबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया लेख्नुहोस्: