Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता

खबरडबली संवाददाता

भक्तपुर  ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३ गतेदेखि चैत्र २५ गते सम्म सञ्चालन हुने तीन दिने अन्तर नगर जिम्नास्टिक प्रतियोगिताको शनिबार एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका छन् ।

सोही अवसरमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘खेलकुद स्मारिका—२०८१’को बिमोचन गरे ।

भक्तपुरको सहिद स्मृति खेलमैदानमा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि बिजुक्छेंले प्रतियोगिता पूर्ण सफलताको कामना गर्दै जिम्नाष्टिक खेल शारीरिक अभ्यास र निकै जोखिमपूर्ण खेल भएकोले सुरक्षितका साथ खेल्न आग्रह गरे । 

नाचगान र शारीरिक अभ्यासले शरीरका अंग प्रत्यंगहरुलाई चलायमान बनाइ स्फूर्ति पनि प्रदान गर्ने बताउँदै उनले खेलकुद व्यक्तिगत रुपमा शरीरिक तन्दुरुस्ती, मानसिक स्वस्थका साथै राष्ट्रलाई विश्वमाझ चिनाउने माध्यम भएको प्रष्ट पारे ।खेलाडीहरुलाई आफ्नो कला र कौशल अनुशासित ढंगले प्रदर्शन गर्न जोड दिँदै उनले सरकारले खेलाडीहरुलाई हौसला र प्रोत्साहन दिनु जरुरी रहेको बताए ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रत्येक युवा र विद्यार्थीलाई कुनै न कुनै खेलमा सहभागी गराउन भक्तपुर नगरपालिकाले उत्साहित गर्दै आएको बताउँदै भक्तपुर नपाले विद्यालयहरूमा खेलकुद प्रशिक्षकहरूको व्यवस्था गरी खेलकुद प्रशिक्षणहरू सञ्चालन गर्नु त्यसको सिलसिला भएको बताए । प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता र अन्तरविद्यालय खेलकुद प्रतियोगिताको आयोजना गर्ने नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्रअनुसार भक्तपुर नगरपालिकाले काम गर्दै आएको बताउँदै उनले सबै नगरबासीहरूलाई स्वस्थ राख्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू तयार गर्ने मुख्य उद्देश्यले भक्तपुर नगरपालिकाले खेलकुद प्रतियोगिताहरुको आयोजना र प्रशिक्षणहरू सञ्चालन गर्दै बताए ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले जिम्नाष्टिक खेल जगतको महत्वपूर्ण खेलको रुपमा रहँदै आएको बताउँदै  विद्यार्थीहरुको बौद्धिक विकाससँगसँगै शारीरिक र मानसिक विकासको लागि खेलकुद महत्वपूर्ण पक्ष रहेको बताइन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले अन्तर नगर खेलकुद प्रतियोगिता आयोजनाले विभिन्न नगरपालिकाबीच अन्तरसम्बन्ध विस्तार र अनुभव आदानप्रदानमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल जिम्नास्टिक संघका महासचिव मुकुन्दराज शर्माले भक्तपुर नपाको आयोजनामा भएको अन्तरनगर जिम्नास्टिक प्रतियोगितामा सहभागी हुन पाउँदा गौरवान्वित महसुस भएको बताउँदै १८ वटा महानपा, उपमहानपा र नपाबीच हुने प्रतियोगिताले राष्ट्रिय प्रतियागिताको स्वरुप लिएको बताए ।

कार्यक्रममा भनपा वडा नं. १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर जिम्नास्टिक प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गर्दै सबै नगरबासीहरूलाई स्वस्थ राख्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू तयार गर्ने मुख्य उद्देश्यले भक्तपुर नगरपालिकाले खेलकुद प्रतियोगिताहरुको आयोजना र प्रशिक्षणहरू सञ्चालन गर्दै आएको बताए । भक्तपुर जिल्ला जिम्नास्टिक संघका अध्यक्ष दिपककृष्ण प्रजापतिले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्दै खेलाडीहरुलाई अनुशासन र मित्रतामा जोड दिन आग्रह गरे ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्राईले शुभकामना मन्तव्य, भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले धन्यवादज्ञापन मन्तव्य राखेका थिए युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले पनि बोलेका थिए । प्रतियोगिताको उद्घाटनअघि भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट ¥यालीसहित नगरपरिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो । ¥यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू, कर्मचारीहरू, स्वयम्सेवक, खेलाडी तथा विभिन्न विद्यालयहरूका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

अन्तर नगर जिम्नास्टिक प्रतियोगिताअन्तर्गत पहिलो खेल दिउँसो २ बजेबाट सहिद स्मृति खेलमैदानमा सुरु हुनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending