Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

रोकियो एसइईदेखि वार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण

खबरडबली संवाददाता

काठमाडौँ । पाँच दिनदेखि जारी शिक्षक र विद्यालय कर्मचारीहरूको आन्दोलन कारण माध्यमिक शिक्षा परीक्षा र विभिन्न कक्षा तहका वार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण प्रभावित बनेको छ। विभिन्न शिक्षा विकास तथा समन्वय एकाइले एसइई परीक्षाको उत्तरपुस्तिका परीक्षणरसम्परीक्षणका लागि इच्छुक शिक्षकहरूलाई आवेदन पेस गर्न भन्दै सूचना जारी गरेका छन्।

शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकले जारी गरेको सूचनामा भनिएको छ,‘यस जिल्लामा प्राप्त माध्यमिक शिक्षा परीक्षा २०८१ का उत्तरपुस्तिकाहरू परीक्षणरसम्परीक्षण गर्नुपर्ने हुँदा इच्छुक शिक्षकहरूले कागजातसहित यस कार्यालयमा निवेदन पेस गर्नुहुन अनुरोध छ।’

तर शिक्षकहरूले उक्त उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरिसकेका छन्। नेपाल शिक्षक महासंघले भोलि ९सोमबार०देखि आम शैक्षिक हड्तालको घोषणा गरेको छ। महासंघले यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन आग्रह गरेको छ।

महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन हो। यो आन्दोलनलाई अझ सशक्त बनाउन २०८१ चैत्र २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरिएको छ। अब देशभरका सबै विद्यालय बन्द गरी काठमाडौँको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक कर्मचारी साथीहरूलाई आग्रह गर्दछौं।’​

जस कारण एसइईलगायत अन्य परीक्षाफल प्रकाशन प्रभावितसँगै ढिलाइ हुने देखिएको छ। त्यसैले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू तत्काल माग सम्बोधन गरी विद्यालयमा शिक्षकहरू फर्किनुपर्ने वातावरण मिलाइदिन प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सरकारसँग माग गरेका छन्।

गुल्मीको सत्यवती गाउँपालिकाको जनता मावि, सरस्वती मावि लगायत ३३ वटा विद्यालयका प्रधानाध्यापकहरूले आज९आइतबार० सरकारलाई माग सम्बोधनको सम्बन्धमा पत्र नै लेखेर पठाएका छन्।

पत्रमा भनिएको छ, ‘विगतमा भएका सम्झौता कार्यान्वयन नभएका कारण बाध्य भई नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षक कर्मचारीहरू अनिश्चितकालीन सडक आन्दोलनका लागि काठमाडौँमा हुनुहुन्छ। शिक्षक कर्मचारीहरू विद्यालयमा उपस्थित भई वार्षिक परीक्षाको उत्तर पुस्तिका परीक्षण, परीक्षाफल प्रकाशन, आगामी शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान, शैक्षणिक योजना निर्माण लगायतका कार्यहरू गर्नुपर्ने महत्त्वपूर्ण समयमा शिक्षक कर्मचारीको आन्दोलनका कारणले विद्यालयहरू बन्द छन्। तसर्थ शिक्षक कर्मचारीहरूका माग तत्काल सम्बोधन गरी विद्यालयहरू निर्बाध रूपमा सञ्चालनको वातावरण मिलाइदिनुहुन सम्माननीय प्रधानमन्त्रीज्यूमा हार्दिक अनुरोध गर्दछौं।’

‘यो निर्णायक आन्दोलन हो‚ रोकिँदैन’ 

नेपाल शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि देशभरका शिक्षक काठमाडौँ आई विरोध प्रदर्शन गरिरहेका छन्। आज उनीहरूको सिटी फुकेर आन्दोलन गरे। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यो निर्णायक आन्दोलन रहेको बताउँदै नरोकिने जानकारी दिए।

उनले भने, ‘सरकारले बारम्बार झुलाइरहेको कारण हामी यसरी सडकमा आउन बाध्य भयौँ। यो मेरो आन्दोलन, मेरो सहभागिता हो। हामी अनुशासित र मर्यादित भएर आन्दोलन गरिरहेका छौँ, समय लाग्ला तर यो आन्दोलन सफल हुनेछ,बनाएरै छाड्छौँ।’ 

महासंघ र सरकारबीच विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी तत्काल गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षकरकर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउनुपर्ने महासंघको माग छ।

मन्त्रालयले बोलायो वार्तामा तर गएनन्

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत २० गते नै आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको थियो तर पहिला गरिएको सहमति पनि सरकारले अझै पूरा नगरेकाले वार्तामा विश्वास नभएको भन्दै महासंघले वार्तामा जान अस्वीकार गरेको छ।

सरकारले वार्ताका लागि पुनः आह्वान गरे पनि उनीहरू गएका छैनन्। महासंघका अध्यक्ष सुवेदीले वार्ता नभई शिक्षा विधेयक जारी हुनुपर्ने चाहेको बताए। तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै सरकारले जारी नगरेसम्म आन्दोलन नरोकिने र वार्तामा पनि नजाने महासंघले अडान लिएको छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending