Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

७० औँ महासभामा भाग लिन प्रधानमन्त्री न्योर्क प्रस्थान गर्दै

\"Koiralaकाठमाडौं । प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन १८ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै यही आउँदो बुधबार न्युयोर्क प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री कोइरालाले महासभालाई यही असोज १४ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । असोज ११ देखि १८ गतेसम्म हुने संयुक्त राष्ट्रसङ्घको ७० औँ महासभालाई सदस्य राष्ट्रका सरकार एवम् राष्ट्र प्रमुखले सम्बोधन गर्नेछन् । प्रधानमन्त्री कोइरालाबाट संयुक्त राष्ट्रको महासभालाई सम्बोधन हुन लागेको यो दोस्रोपटक हो । उनले यस अघिको ६९औँ महासभालाई सम्बोधन गरेका थिए । संयुक्त राष्ट्रसङ्घमा विश्वका १९२ मुलुक सदस्य रहेका छन् भने दुई मुलुक होलिसी भ्याटिकन सिटी र प्यालेस्टाइन स्टेटले पर्यवेक्षकको मान्यता पाएका छन् । नेपाल संयुक्त राष्ट्रसङ्घमा सन् १९५५ को डिसेम्बर १४ मा सदस्य बनेको हो । यस वर्ष राष्ट्रसङ्घ स्थापनाको ७० वर्ष पुगेको छ भने नेपालले राष्ट्रसङ्घमा प्रवेश पाएको ६०औँ वर्ष गाठ मनाउँदै छ । प्रधानमन्त्री कोइरालाले महासभामा सम्बोधन गर्नुअघि असोज ८ देखि १० गतेसम्ममा आयोजना हुने सन् २०१५ पछिको विकास लक्ष्य घोषणा गरी पारित गर्ने राष्ट्रसङ्घीय शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ । महासभाकै क्रममा अमेरिकी राष्ट्रपति वाराक ओवामा र संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनले विश्वमा द्वन्द्वरत मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउने मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सम्मिलित उच्चस्तरीय शान्ति सम्मेलनमा पनि प्रधानमन्त्री कोइराला सहभागी हुनेछन् । नेपाल शान्ति सैनिक खटाउने मुलुकको कोटीमा छैटौं स्थानमा रहेको छ । नेपालले हालसम्म शान्ति स्थापनार्थ एक लाखभन्दा बढी सैनिक खटाई संयुक्त राष्ट्र सङ्घको शान्ति कार्यमा योगदान पु¥याइसकेको छ । चीनका राष्ट्रपति सि जिनपिङ्ग र युएन वुमनले आयोजना गर्ने ‘लैङ्गिक समानता तथा महिला सशक्तीकरणः कार्यान्वयनमा प्रतिबद्धता’सम्बन्धी विश्वका नेतासँगको बैठकमा पनि प्रधानमन्त्री कोइरालाले भाग लिनेछन् । त्यस्तै चीनका राष्ट्रपति सि जिनपिङ्ग र महासचिव वानले आयोजना गर्ने ‘सन् २०१५ पछिको विकास रुपरेखासम्बन्धी दक्षिण–दक्षिण सहयोग उच्चस्तरीय गोलमेच’ कार्यक्रममा पनि प्रधानमन्त्री कोइरालाको सहभागिता रहनेछ । नेपालले जनवायु परिवर्तन, आतङ्कवाद र अल्पविकसित तथा भूपरिवेष्ठित मुलुकका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएको छ । महासभाका क्रममा न्युयोर्कमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन९सार्क० सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीको बैठक आयोजना हुने परराष्ट्र मन्त्रालयबाट थाहा भएको छ । नेपालले १८औँ शिखर सम्मेलनपछि सार्कको अध्यक्षता गरिरहेको छ । यसैबीच संयुक्त राष्ट्रसङ्घ स्थापनाको ७०आँै वर्षगाँठ र नेपाल राष्ट्र सङ्घको सदस्य भएको ६० वर्ष पुगेका बेला हुने यसपटकको महासभामा नेपालको सहभागिता महत्वपूर्ण रहने परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले जानकारी दिए । उनले भने, ‘नयाँ संविधानको घोषणा, शासन व्यवस्थाको स्वरुप, राजनीतिक प्रणाली, जनताले आन्दोलनमार्फत हासिल गरेका उपलब्धि, शान्ति प्रक्रियालाई अन्त्य गरेर समृद्धिको बाटोका लागि कोरिएको मार्गचित्रबारे सभामार्फत अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइने छ ।’ गत वैशाख महिनामा भएको भूकम्पबाट भएको जनधनको क्षति, पाँच वर्षभित्र पूरा गर्ने पुनःनिर्माण र नवनिर्माणसम्बन्धी कार्ययोजना विश्व समुदायलाई जानकारी गराउने र त्यससम्बन्धमा सबैको सुझाव, सहयोग, सदिच्छा र शुभकामना बोकेर आउने परराष्ट्र मन्त्री पाण्डेले जानकारी दिए  । प्रधानमन्त्री कोइरालासाथ परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा दिनेश भट्टराई, प्रधानमन्त्री कार्यालयका सचिव नारायण गोपाल मलेगु, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, सहसचिव ताराप्रसाद पोखरेल, शिष्टाचार महापाल अर्जुनकान्त मैनाली, सहसचिव रमेशप्रसाद खनाल, उपसचिव दुर्गाप्रसाद भण्डारी, प्रधानमन्त्रीका निजी चिकित्सक प्रा डा करवीरनाथ योगी, स्वकीय सचिव अतुल कोइराला र सहयोगी मृदुला कोइराला रहने छन् । सो टोलीमा न्युर्योकस्थित नेपाली नियोगबाट स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईसहित सात जना र नेपाली दूतावास वासिङ्टन डिसीबाट राजदूत डा अर्जुनकुमार कार्की सदस्यका रुपमा सहभागी हुने कार्यक्रम छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending