Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

रिसाएको भारतले अब के गर्न सक्छ ?

\"nepal_india_flag\"   काठमाडौं । संविधान निर्माण प्रक्रियाप्रति असहमत दक्षिणी छिमेकी मुलुक भारतले नेपालमा संविधान जारी हुँदा समेत स्वागतसम्म गरेन । बरु उसले नेपालका मुख्य दलका नेताहरुप्रति प्रधानमन्त्रीका दुत पठाएर दिएको धम्की पुन दोहोर्यायो । जारी संविधानलाई जसरी पनि लागु हुन नदिने मुडमा देखिएको छ । के भएको थियो यसअघि ? नेपाली नेताहरुलाई सम्झाउन र संविधान निर्माण प्रक्रिया रोक्न आएका भारतीय प्रधानमन्त्री मोदीका विशेष दुत एस.जयशंकर नेपालका ‘नेताहरुको एउटै स्वर’ सुनेपछि विक्षिप्त भएर शनिबार स्वदेश फर्किएका थिए । संविधान निर्माण प्रक्रिया तत्काल स्थगित गरेर आन्दोलनरत मधेशी दलसँग वार्ता गर्नुपर्ने, कफ्र्यु लगाएर जारी गरिएको संविधान लागू गर्न कठिन हुने र स्थायित्व नहुने, आन्दोलनरत दलहरुले मधेश जलाईरहँदा त्यो आगो भारतमा पनि सल्कने हुँदा आफु टुलुटुलु हेर्न नसक्ने र अन्तर्रा्ष्ट्रिय जगत सबैले स्वागत गर्दा पनि आफूले यसरी जारी गरिएको संविधानको स्वागत गर्न नसक्ने सन्देश प्रवाह गर्न आएका मोदी दुत जयशंकरले प्रायः यही कुरा सबै नेताहरुसँग दोहोर्याएका थिए । सबैभन्दा पहिला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका जयशंकरले नरम भाषामा माथि उल्लेखित कुरा राखेका थिए भने सबैभन्दा अन्तिममा भेटेका एमाओवादी अध्यक्ष प्रचण्डसँग निकै कडा रुपमा जयशंकर प्रस्तुत भएका थिए । कडा रुपमा प्रस्तुत भएका जयशंकरलाई एमाओवादी अध्यक्ष प्रचण्डले निकै नरम शैलीमा कडा जवाफ दिएपछि उनी विक्षिप्त भएको स्रोतको दाबी छ  । जयशंकरसँग नेपाली नेताहरु प्रचण्ड, ओली र प्रधानमन्त्री कोइरालाको कुरा एउटै थियो । संविधान जारी गर्न दुइ दिनमात्र बाँकी छँदा जारी प्रक्रिया नरोकी नछोड्ने जिद्धी गरिरहेको भारतलाई जसरी पनि जारी गरेरै छोड्ने जवाफ तिनै नेताहरुले दिएको विभिन्न स्रोतहरुले बताएका छन् । मधेश आन्दोलनका बारेमा अलि बढी केन्द्रित भएका जयशंकरलाई एमाओवादी अध्यक्षले सच्चा छिमेकीले समग्र नेपालीको बारेमा सोच्नुपर्ने र मधेशी नेताहरुको बारेमा मात्रै सोच्दा भारतलाई नै घाटा हुनसक्ने बताएपछि जयशंकर भेटकै क्रममा मुरमुरिएका थिए । उनले प्रचण्डको जवाफमा आफूले मधेशमा आगो लाग्दा टुलुटुलु हेर्न नसक्ने बताएर प्रचण्डलाई थप दबाब बढाउन खोजेका थिए । यही सवाललाई जयशंकरले ओलीसँगको भेटमा भने फरकरुपमा उठाएका थिए । स्रोतका अनुसार सिंगो मधेशलाई अलग्याएर कसरी संविधान बनाउनसक्नुहुन्छ  ? भनी जयशंकरले गरेको प्रश्नमा ओलीले ‘कुन मधेश ? ’ भन्दै प्रतिप्रश्न गरेका थिए । मधेशमा कांग्रेस÷एमाले र एमाओवादीबाट प्रतिनिधित्व गर्ने सभासद र आन्दोलनरत दलहरुको संख्या नै उल्लेख गरेर मधेशको प्रतिनिधित्वको बारेमा जवाफ दिएका थिए । साथै, भारतमा ६६ प्रतिशतको मात्र समर्थनमा संविधान जारी भएको तर, नेपालमा ९० प्रतिशत बढीको समर्थन रहेको भन्दै ओलीले लोकतान्त्रिक विधिको निर्णयमा हस्तक्षेप र दबाब नदिन भन्दै जायज माग भए संविधान जारी भएपछि पनि समेट्न सकिने बताएका थिए । अलगअलग तरिकाले भएका छलफलहरुमा एउटै जवाफ पाएका जयशंकरले अन्तिममा एमाओवादी अध्यक्ष प्रचण्डलाई भेट्नुको रणनीति गलाउन सकिन्छ भन्नेमा रहेको थियो । प्रचण्डलाई भेट्नुअघि आन्दोलनकारीका पक्षमा रहेका राष्ट्रपति डा. रामबरण यादव र मधेशवादी दलसँग भेटेका जयशंकरको मुख्य उद्देश्य प्रचण्डलाई गलाउनु थियो । सोही कारण उनले प्रचण्डलाई अन्तिममा भेट्ने योजना बनाएका थिए । स्रोतहरुका अनुसार प्रचण्डलाई गलाउन सक्दा जारी संविधान निर्माण प्रक्रिया रोक्न सकिने बुझाईमा भारत थियो । शालीन शैलीमा प्रस्तुत भएका प्रचण्डको भद्र तर चट्टानी जवाफ पाएपछि जयशंकर निराश भएका थिए । स्रोत भन्छ,–‘तपाईको भ्रमणको समय मिलेन, एउटा छिमेकीले संविधान निर्माणको बारेमा आफ्नो धारणा राख्नुलाई हामीले गलत भन्दैनौं  । कि १०र१५ दिन अघि हुनुपथ्र्यो कि केहीदिन पछि आउनुभएको भए हुन्थ्यो’ । उल्टो प्रचण्डले असल छिमेकीको नाताले संविधान निर्माण  प्रक्रियामा भारतको सहयोग आवश्यक रहेको बताएका थिए । जयशंकरले मधेशी दलसँगको छलफलमा भारत आन्दोलनलाई सहयोग गर्न तयार रहेको भन्न छुटाएनन् । राष्ट्रपतिले दलहरुको दुई तिहाईभन्दा बढी बहूमतसामू आफूले केही गर्न नसक्ने र संविधानमा हस्ताक्षर गर्नैपर्ने संवैधानिक बाध्यात्मक अवस्था बताएका थिए । राष्ट्रपतिसँग संविधान जारी गर्ने प्रक्रिया रोक्ने वैधानिक बाटोको बारेमा समेत छलफल भएको स्रोतको दाबी छ । यसअघि  ०६२र०६३ को आन्दोलनमा समेत ‘राजा राख्ने’ भारतीय योजना तुहिएको थियो भने पहिलो संविधानसभामा ‘झलनाथ खनाललाई प्रधानमन्त्री नबनाउने’ भारतीय योजना असफल भएको थियो । अहिले बन्न लागेको नयाँ संविधानमा समेत पूर्व राजालाई स्पेस खोजिरहेको भारत नेपालमा तत्काल संविधान बन्न नदिने र केही समय नेपाललाई अस्थिरतामा धकेलेर आफ्नो अनुकूलको संविधान निर्माण गर्न चाहन्थ्यो । २०६२÷६३ को आन्दोलन उत्कर्षमा पुगेका बेला भारतीय दुत करणसिंह नेपाल आएर राजासँग सम्झौता गर्न दबाब दिए पनि दलहरुले स्वीकार गरेका थिएनन् । स्रोतहरुका अनुसार मुख्य ठूला तीन दल कांग्रेस÷एमाले र एमाओवादीको एउटै स्वर सुनिनुमा भारतको पछिल्लो कुटनीतिक असफलताले  भारतलाई झन् पिरोलेको छ । पछिल्लो समय नेपाल नीतिमै असफल भएको भारत यस्तो अप्ठ्यारो मोडमा उभिएको छ । के चाहन्थ्यो भारत ? भारत नेपालमा निर्माण हुन लागेको संविधान निर्माण प्रक्रियालाई जसरी पनि रोक्न चाहन्थ्यो । त्यसबाट नेपाली नेताहरु र राजनीति असफल भएको सन्देश जनतामा जान्थ्यो र आफु नै (भारत) मात्रै नेपालका ठुला निर्णयहरु गर्न सक्षम रहेको सन्देश प्रवाह गराउन चाहन्थ्यो । भारत केही समय अस्थिरतामा नेपाललाई राखेर अघिल्लो संविधानसभाजस्तै पछिल्लो संविधानसभा पनि   विघठन गर्ने र संविधानसभाभन्दा बाहिरबाट संविधान जारी गर्ने योजनामा थियो । जसबाट २ वटा उदेश्यहरु पुरा हुन्थ्यो । एक, माओवादीको संविधानसभाको एजेण्डा तुहिन्थ्यो जनयुद्धको राजनीतिक  औचित्य सिदिन्थ्यो । दोस्रो, आफु अनुकुलको संविधान निर्माण गरी नेपाललाई आफु अनुकुल चलाईराख्न पाइन्थ्यो । के गर्न सक्छ अब भारतले ? नेपाली नेताहरुसँग क्षुब्ध भारतले मधेशमा चलिरहेको आन्दोलनलाई अझै हिसांत्मक बनाउन सक्छ । उसो त उसले नेपालमा संविधान जारीहुँदा सामान्य कुटनितीक औपचारिकतासमेत नदेखाउनुले कुनै न कुनैको बिढंगो गर्नसक्ने विश्लेषकहरु बताउँछन् । यसअघि नै मधेश आन्दोलनको सुरुवात हुँदै गर्दा भारतको बिहारमा नेपालीहरुलाई राख्नका लागि भन्दै खडा गरेका शिविरहरुलाई उसले पुन प्रयोग गर्न सक्छ । स्रोत बन्छ मधेशका केही जिल्लाहरुमा आन्दोलनलाई अझै भड्काउने र ‘दमन भएर विस्तापित भइयो’ भन्दै ति शिविरहरुमा राख्ने भारतीय योजना छ । उसले त्यसरी खडा गरेको ‘विस्तापित शिविर’देखाएर नेपालमाथि अन्तराष्ट्रिय दबाब बढाउन सक्छ । मधेशमा चकाईने आन्दोलनमा योजनाबद्ध रुपमा केही झडप सृजना गर्ने र केही मानिसहरुको हत्या गर्ने योजनामा समेत भारत पुग्न सक्छ । सोही घटनालाई सरकारी दमन र मानवअधिकार हननको नाममा उसले नेपालमाथि नाकाबन्दी लगाउनेसम्मको योजनामा देखिन्छ । पछिल्लो समय असफल मोदी कुटनितिबाट विछिप्त भारतले मुख्य त नेपालका प्रमुख दलहरु, त्यसमा पनि एमाओवादी अध्यक्ष प्रचण्डसँग बदला लिन सक्छ । नेपालमा स.विधान जारी हुनुमा मुलभुत रुपमा प्रचण्डको हात रहेको र प्रचण्डले सेनापति प्रकरणमा भारतले खेलेको भुमिकाको बदला लिएको भन्ने बुझाईमा भारत छ । भारतीय मामलामा सम्बन्धी ति विज्ञ भन्छन्, अब नेपालका केही राजनीतिक पार्टीहरुमा फुट ल्याउने योजनामा भारत लाग्न सक्छ । उनि भन्छन्, —‘केही पार्टीहरु फुट्न सक्छन् त्यो एमाओवादीमा बढी खतरा छ’ । यो बिचमा नेपालका लागी भारतीय राजदुत रजित रेका नेपाल/भारत ओहोरदोहोरसमेत निकै हतारोमा छ । अघिल्लो विहिबारमात्रै भारत गएका उनी शुक्रबार नेपाल फर्किएका थिए भने आइतबार नेपालमा संविधान जारी भएको भोलीपल्टै सोमबार पुन भारत गएका छन् । स्रोतका अनुसार नेपालका राजनीतिक दलहरुले भारतलाई नटेरेपछि नेपालका बारेमा दील्लीमा बन्ने योजनामा सहभागी हुन रे उता गएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy