Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

अरुणिमाको दोस्रो बिहे पनि टिकेन, ८ महिनामै अमेरिकाबाट आएर हालिन् डिभोर्स मुद्दा

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकामा बस्दै आएकी अरुणिमा लम्साल केही दिन अगाडि नेपाल आएर श्रीमान् युवराज श्रेष्ठमाथि डिभोर्सको मुद्दा हालेकी छन्। 

अमेरिकी नागरिक भइसकेको हुँदा नेपालमा अरुणिमाले सिधै मुद्दा लड्न मिल्दैन । त्यसैले वारेसमार्फत मुद्दा दायर गरेको बताइएको छ । 

उनले वैवाहिक सम्बन्ध अघि बढ्न नसक्नुमा सबै दोष श्रीमानमाथि खन्याएकी छन् । सुनसरीका कांग्रेस नेता युवराजले विवाह अगाडि धेरै कुराहरू ढाँटेको अरुणिमाको आरोप छ ।

भदौ ३ गते काठमाडौंको राम मन्दिरमा परम्परागत तवरबाट उनीहरूको विवाह भएको हो ।

एक अन्तरवार्तामा उनी भन्छिन्, ‘विवाह अगाडि उहाँको राम्रो मात्रै सुनिएको थियो । विवाहपछाडि नराम्रो मात्रै सुनियो । उहाँले सबै कुराहरू ढाँट्नुभएको रहेछ । तर, कहिल्यै पनि आफूले ढाँटेको स्वीकार्नुभएन । यस्तो झूटो मान्छेसँग जीवन बिताउनु भन्दा सिंगल नै बस्छु भनेर यो निर्णय लिएँ ।’

उनले श्रीमानसँग केही महिनादेखि नै आफ्नो बोलचाल हुन छोडेको बताएकी छन् । युवराजले भने अहिलेसम्म यस विषयमा मुख खोलेका छैनन् । 

कानूनतः सम्बन्ध विच्छेदका लागि श्रीमान् र श्रीमती दुवै सहमत हुनुपर्छ । तर, यदि श्रीमतीले मुद्दा हालेको अवस्थामा श्रीमानले नचाहे पनि एक वर्षपछि डिभोर्स हुन सक्छ । 

अरुणिमाको यो दोस्रो बिहे हो । यसअघि उनको अमित अर्यालसँग पहिलो विवाह भएको थियो । उनीहरूबाट एक छोरी छिन् । छोरी जन्मिएपछि अमित र अरुणिमा अमेरिका सेटल भएका थिए । तर, त्यहाँ उनीहरूको वैवाहिक सम्बन्धले निरन्तरता पाउन सकेन ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending