Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

मधेश आन्दोलन भारतको लगानीमा भएको होइनः नेता कर्ण

\"laxman\"काठमाडाैं । नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्षमणलाल कर्णले मधेश अन्दोलन भारतको लगानीमा नभएको बताएका छन्  । रफत सञ्चार क्लबले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै  उनले नेपालका नेता र मन्त्रीले समेत मधेशका नागरिकको सहयोगमा भएको अन्दोलनलाई भारतको सहयोगमा गरिएको आन्दोलन भन्नु दुखद भएको टिप्पणी गरे । चुनाव जितेका रष्ट्रिय नेताहरु हुँ भन्नेले समेत मधेशका नागरिकहरु मार्दै संविधान जारी गरेको र त्यस क्षेत्रमा जाने आँट समेत नगरेको भन्दै मधेशीको भावना बुभ्mन नसके त्यसको परिणम दर्दननक हुने बताए । उनले तीन नेता मधेश, जनजाती र दलितकोे नेता नभएको भन्दै प्रक्रियालाई केहि समय लम्ब्याँउदै आफूहरुलाई वार्ताको आह्रवान गरिएको भन्ने भनाईमा सत्य नभएको र तीन नेताहरुले संविधान जारीको नाटक मञ्चन गरेको आरोप लगाए । भारतीय राजदुताबासमा नपुग्ने कुनै नेता नभएको उल्लेख गर्दै उनले भने– ‘मधेशका नेताहरुलाई लैनचौर जान सरकारले निषेध गरेको छ । तराईमा दगां क्षेत्र घोषणा गरेर भएपनि एमाले अध्यक्ष  केपी शर्मा ओलीका बिशेष दुत प्रदिप ज्ञवालीमार्फत ओलीलाई प्रधान मन्त्री बनाईदिन दिल्लीका गल्ली गल्ली धाइरहेको दावी गरे ।’ उनले ठूला दलाका नेताले भारतीय राजदूतदेखि नेतासम्मलाई चाकडी गर्दा केहि नहुने तर मधेशी नेताहरुले समर्थन पाउँदा गलत ब्याख्या गर्ने परिपाटी गलत भएको उनले बताए । उनले भने– ‘नोबेल र संविधान लेख्न जती सजिलो छ त्यसलाई कार्यान्वयन गर्न त्यतिकै जटिलता छ भने यो संबिधानले त देशका प्रमुख बिषय समेट्न सकेको छैन त्यसैले यो संविधान लाखौ जनताले मधेशमा जलाईरहेका छन् भने काठमाडौंमा समेत जलिरहेको छ ।’ मधेश अन्दोलनमा सरकारको गोली लागेर मरेकाहरुलाई १० लाख दिने घोषणा गर्नु गलत भएको र मान्छेको मूल्य तोकेको भन्दै उनले सहिद घोषणा गर्नु पर्नेमा जोड दिए । एक अर्को प्रशंगमा तराईका राजनीतिक दलहरुले अन्दोलनका क्रममा मारिनेलाई पचास लाख दिने घोषणा प्रादेशिक सरकारको घोषणसँगै सहिद घोषण र परिवालाई  विभिन्न खालका सहुलियत दिने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending