Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

एम्बुलेन्ससहित तीनवटा गाडीमा तोडफोड

\"ambulance\"ताप्लेजुङ । ताप्लेजुङमा गएराति एउटा एम्बुलेन्ससहित तीनवटा सवारी साधन तोडफोड गरिएको छ । बिरामी पु¥याएर पाँचथरको फिदिमबाट ताप्लेजुङतर्फ आइरहेको नेपाल ग्रामीण सेवा मञ्चको मे१च १९२६ नंको एम्बुलेन्समा तोडफोड भएको हो । ताप्लेजुङको दोखुमा पर्ने ल्याङ्वामा अज्ञात समूहद्वारा गाडी तोडफोड भएको प्रहरीले बताएको छ । तोडफोडबाट एम्बुलेन्सको अगाडिको भाग क्षतिग्रस्त हुनुका साथै गाडीका विभिन्न भागमा क्षति पुगेको मञ्चका अध्यक्ष दिनेश अधिकारीले बताएका छन् । यस्तै, ताप्लेजुङ सदरमुकाम फुङ्लिङको माथिल्लो बैंकलाइनको रोडमा समेत दुईवटा जिपमा तोडफोड भएको छ । मे१ज १९४६ र ना१ज ३२१५ नंको जिपमा तोडफोड भएको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । यी दुई जिपका अगाडिका सिसा फुटेका छन् । यी दुईवटै जिप पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड भएको हो । सङ्घीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दकै समयमा गाडीमा तोडफोड भए पनि सो पार्टीले तोडफोडको घटनामा आफूहरुको कुनै संलग्नता नरहेको बताएको छ । सङ्घीय लिम्बुवान पार्टी नेपालका जिल्ला उपाध्यक्ष इन्द्र श्रेष्ठले बन्दको समयमा एम्बुलेन्स, प्रेस, शव वाहन, कूटनीतिक नियोगका सवारी साधनलाई निर्वाध रुपमा सञ्चालन हुन दिएकाले तोडफोडमा आफ्नो पार्टीको सहभागिता नरहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy