सिडनी । अस्ट्रेलियाका पूर्व स्पिनर स्टुअर्ट म्याकगिललाई अदालतले कोकिन सम्झौता गरेको अभियोगमा सजाय सुनाएको छ ।
अदालतले उनलाई जेल सजायको सट्टा सामुदायिक सेवा गर्न आदेश दिएको हो । डाउनिङ सेन्टर जिल्ला अदालतमा सुनुवाइका क्रममा पूर्व टेस्ट कप्तान स्टिभ वाले उनलाई सहयोग गरेका थिए तर पनि उनले सजायँ पाए ।
गत मार्च २०२५ मा म्याकगिल १ किलोग्राम कोकेन मुद्दामा निर्दोष भए पनि अप्रिल २०२१ मा उनी उही कोकेन आपूर्ति मामिलामा दोषी पाइएको हो । सोही मुद्दामा शुक्रबार अदालतले उनलाई यस्तो सजाय सुनाएको हो ।
अस्ट्रेलियाका पूर्व लेग स्पिनर स्टुअर्ट म्याकगिललाई अप्रिल २०२१ मा एक किलो कोकिन बेचेको आरोप लागेको थियो। यस मुद्दाको सुनुवाइ सिड्नी जिल्ला अदालतमा भएको थियो। अदालतले म्याकगिललाई घटनामा संलग्न भएको मानेको छ तर उसलाई गिरोहको सदस्य भने मानेनन, जसका कारण ठूलो मात्रामा लागुऔषध तस्करी गरेको पुष्टी भएन ।
त्यसैले यस मुद्दामा अदालतले उनलाई एक वर्ष १० महिना सामुदायिक सुधार सेवा गर्न सजाय सुनाएको हो । यस अवधिमा उनले लागुऔषध सेवन नगरेको सुनिश्चित गर्न प्रत्येक दिन आफैलाई जाँच गर्नु पर्ने हुन्छ।
स्टुअर्ट म्याकगिल सन् २०२४ मा भएको एउटा घटनामा संलग्न थिए, जसमा उनको अपहरण भएको थियो। तर, अपहरण गर्ने दुई भाइले म्याकगिल आफैं आफू कहाँ आएको र लागुऔषध कारोबारमा संलग्न रहेको दाबी गरेका थिए । फक्स स्पोर्ट्सका अनुसार रिचर्ड र फ्रेडरिक स्याफ नामका उनका भाइहरूले अदालतमा म्याकगिल आफैं सिड्नीको दक्षिण–पश्चिमी क्षेत्रमा गएको आरोप लगाएका थिए।
स्टुअर्ट म्याकगिलले अष्ट्रेलियाका लागि ४४ टेस्ट र ३ ओडिआई खेलेका छन् । उनले १८४ प्रथम श्रेणी खेलमा ७७४ विकेट लिएका छन् । म्याकगिल अष्ट्रेलियाका महान स्पिनर शेन वार्नका कारण लामो समय अष्ट्रेलियाबाट खेल्न सकेनन् । तर उनको तुलना शेन वार्नसँग पक्कै भएको थियो किनभने शेन वार्न त्यतिबेला अष्ट्रेलियाका नम्बर एक स्पिनर थिए।
म्याकगिलले ४४ टेस्टमा २०८ विकेट लिएका थिए जबकी तीन एकदिवसीय खेलमा उनले ६ विकेट लिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...
मंसिर २१ गते, २०८२ - १०:३१
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...
मंसिर २१ गते, २०८२ - १०:२७
ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...
मंसिर २१ गते, २०८२ - १०:२४
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...
मंसिर २१ गते, २०८२ - १०:१६
ललितपुर । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...
मंसिर २१ गते, २०८२ - ०९:५९
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...
मंसिर २१ गते, २०८२ - ०८:३५
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...
मंसिर २१ गते, २०८२ - ०८:०५
मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...
मंसिर २१ गते, २०८२ - ०७:५५
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...




प्रतिकृया लेख्नुहोस्: