काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुले भारतले नेपाललाई नाकाबन्दी लगाउन नसक्ने बताएका छन् ।
एमालेले नयाँ संविधानको स्वागतमा काठमाडौंको दशरथ रंगशालामा आयोजना गरेको चियापानमा एमाले अध्यक्ष अोलीले भारतले नेपाललाई नाकाबन्दी गर्न नसक्ने प्रतिक्रिया दिएका हुन् । ओलीले भने ‘भारतसँग त्यस्तो ठुलो समस्या नभएकोले अहिले नै नाकाबन्दी लगाउने बारे सोच्न हुदैन ।’
संबिधानमा सबैलाई समेट्ने प्रयास गरिएको भन्दै ओलीले भने ‘भएका केहि अशन्तुष्टि संविधान संशोधन मार्फत समेटिन्छ ।’
भारतले नाकाबन्दी गरे त्यसको सामना गर्न तयार हुनुहुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले अहिले त्यो सम्भावनानै नरहेको भन्दै ओलीले भने ‘भूपरिवेष्टित राष्ट्र हुनुको नाताले हाम्रा केही अन्तर्राष्ट्रिय हक अधिकार छन् ।’
चियापान कार्यक्रममा पुगेका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने भारतीय पक्षसँग छलफल भइरहेको प्रतिक्रिया दिए ।उनले भने ‘नाकाबन्दीको हल्ला चलाइएको मात्र हो अहिले त्यस्तो संभाबना मैले देखेको छैन । छलफल बाटै सबै समस्याको समाधान खोजिन्छ ।’
तर, भन्सारका भारतीय कर्मचारीले पेट्रोलियम पदार्थ बोकेका नेपाली ट्यांकरहरुलाई सीमा पारि नै जाँचमा कडाइ गर्दै रोकेपछि अघोषित नाकाबन्दी गरेको आसंका गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: