काठमाडौं । जलविद्युत र सौर्य उर्जा सहितको नविकरणीय उर्जा उत्पादनमा केन्द्रित कम्पनी, अपी पावर कम्पनी लिमिटेडले मधेश प्रदेशमा चौथो सौर्य उर्जा परियोजना निर्माण गरिरहेको छ।
अपी पावर कम्पनीको लगानीमा बाराको परवानीपुरस्थित नेपाल विद्युत प्राधिकरणको ११ केभिए सबस्टेशन नजिकै भलुहीमा ८ मेगावाट क्षमताको सौर्य विद्युत आयोजना निर्माणाधीन छ । कम्पनीले यो परियोजनाका लागि १२ बिघा क्षेत्रफल जग्गा लिजमा लिएको छ। यो परियोजना ४८ करोड रूपैयाँ लागतमा निर्माण भइरहेको हो।
परियोजना निर्माणस्थल सिमरा विमानस्थलबाट ११ किलोमिटर दक्षिणतर्फ अवस्थित छ।अपी पावरका कार्यकारी निर्देशक संजीव न्यौपानेले ४ महिनाभित्र निर्माण कार्य सम्पन्न गरेर ६ महिनाभित्र राष्ट्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्य रहेको बताएका छन् । उनका अनुसार, परियोजना निर्माण स्थल छनौटका क्रममा बाँझो र खेतीयोग्य नभएको जग्गा छनौट गरिएको छ।
अपी पावरले यो परियोजनाका लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता समेत गरिसकेको छ। यसअघि नै अपी पावरको लगानीमा निर्मित सिमराको १ मेगावाट क्षमताको सौर्य विद्युत परियोजना दुई वर्ष अघि देखि सञ्चालनमा छ। यो परियोजनाबाट उत्पादित उर्जा परवानीपुरस्थित ११ केभिए क्षमताको सबस्टेशन मार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ।
औद्योगिक क्षेत्रमा विद्युतको भोल्टेज प्रवाहमा हुने अनियमितताको समस्यो सम्बोधन गर्न परवानीपुर क्षेत्रलाई सौर्य परियोजनाका लागि छनौट गरिएको कार्यकारी निर्देशक न्यौपानेले जानकारी दिए ।
अपी पावर कम्पनीले ८ करोड ५० लाख रूपैयाँको लगानीमा सिमरामा १ मेगावाट क्षमताको सिमरा सौर्य परियोजना निर्माण गरेको थियो। यसैगरी धनुषाको ढल्केवरमा १ मेगावट र रौतहटको चन्द्रनिगाहपुरमा ४ मेगावाट क्षमताको सौर्य विद्युत परियोजना सञ्चालन गरिरहेको छ। यी तीनवटै परियोजनाहरू मधेश प्रदेश भित्रको पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकैको परियोजना हुन् ।
अपी पावर कम्पनी अन्तर्गत, सुदुरपश्चिममा ८।५ मेगावाटको नौगाड गाडफ ८ मेगावाटको अपर नौगड गाड र ४० मेगावाटको अप्पर चमेलिया जलविद्युत परियोजना र सौर्य उर्जा परियोजनासमेतबाट कुल ६२।५ मेगावाट नविकरणीय उर्जा उत्पादन गरिरहेको छ।
कुल ६ अर्ब ७ करोड रूपैयाँ चुक्ता पूँजीको यो कम्पनीले चालू आर्थिक वर्ष २०८१।८२ को तेश्रो त्रैमाससम्ममा ३५ करोड ३४ लाख रूपैयाँ नाफा आर्जन गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: