Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

नाकाबन्दीको हल्लाले पूर्वमा सन्त्रास

काठमाडाैं । जोगबनी नाकामा ५ असोज बिहानैदेखि भन्सार चेकजाँच कडा बनेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र जोगबनी भन्सार चेकपोस्टमा तैनाथ बिहार प्रहरी दुवैले नाकामा आवत–जावत गर्नेहरूको कडाइसाथ चेकजाँच थाले । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ–मंगलबार बिहानदेखि अपराह्नसम्म कुनै मालबाहक सवारीसाधन आवत–जावत गरेनन् । अघिल्लो दिनसम्म निर्वाध सञ्चालन भइरहेको नाकामा एक्कासि चेकजाँच कडा बनाइएपछि भारतले नाकाबन्दी गरेको हल्लाले विराटनगर, धरान, इटहरीलगायत पूर्वी क्षेत्रमा सन्त्रास फैलियो । हल्लाले गर्दा बन्दका बाबजुद पनि जोगबनी बजारमा चाडवाडको किनमेन गर्न जानेहरू पूरै प्रभावित बने ।   मंगलबार दिनभर नै एसएसबीले नाकाबाट आवत–जावत गर्ने यात्रुको खानतलासीमा मात्र चासो दियो । नाकामा तैनाथ एसएसबीका इन्स्पेक्टरले नाका सिल नभएको र आवत–जावतमा रोक पनि नलगाएको, तर चेकजाँच भने कडा बनाउन निर्देशन आएकाले सोहीअनुसार गरिरहेको बताए । नाका भन्सार चेकपोस्टमा खटिएका प्रहरीले चाहिँ आफूहरूले कस्टमको आदेशअनुसार काम गरेको बताए ।   जोगबनी भन्सारका अधिकारी आलोक कुमारले केन्द्रबाट नाकाबन्दीको कुनै परिपत्र नआएको र भन्सारको काम सधँैझैँ जारी रहेको बताए । उनले नेपालमा भइरहेको लामो बन्दले गर्दा विराटनगर भन्सारको यार्ड खाली हुन नसकेपछि तत्काल मालबाहक कन्टेनर र ट्रकहरू नाकाबाट पास नभएको बताए । आलोक कुमारले भने, ‘नाकाबन्दी भएको छैन, त्यस विषयमा हामीलाई केही थाहा पनि छैन ।’ जोगबनी बजारबाट खाद्यान्न सामग्री खरिद गरेर लैजान कुनै रोकतोक नरहेको पनि उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending