Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

व्यापारी अपहरण गरी गणेश लामाले ४० लाखको कागज बनाए

\"Ganesh-lama-don-400\"काठमाडाैं । गुन्डा नाइके गणेश लामाले एक व्यवसायीलाई अपहरण गरी ४० लाख रुपैयाँको कागज गराएका छन् । प्रहरीले उनका एक सहयोगीलाई पक्राउ गरेको छ ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ– महानगरीय प्रहरी परिसरले लामाका सहयोगी विक्रमजित लामालाई पक्राउ गरेको छ । नाइके लामा भने भागेर विदेश पुगेका छन् ।
जग्गा कारोबारसम्बन्धी विवादमा लामाले ३० साउनमा ललितपुरको भैँसेपाटीबाट एक व्यवसायीलाई अपहरण गरेका हुन् । पेस्तोल देखाएर आफ्नो गाडीमा राखी कोटेश्वरस्थित आफ्नै घरमा चार घन्टा थुनेर लामाले ४० लाख रुपैयाँको कागज गराएको प्रहरी स्रोतले बतायो ।
प्रहरीका अनुसार तीन महिनाभित्र पैसा दिनेगरी जबर्जस्ती कागज गराइएको थियो । प्रहरीलाई खबर गरे परिवार नै मारिदिने भन्दै पीडितलाई लामाले धम्क्याएका थिए । त्यही कारण व्यवसायीले उजुरी दिएका थिएनन् । तर, अर्का डन कुमार घैँटे प्रहरी इन्काउन्टरमा मारिएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए ।
ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले सो अपहरणमा केही व्यक्तिलाई पक्राउ गर्न बाँकी रहेको र अनुसन्धान भइरहेको बताए । पीडित व्यवसायीले करिब १५ दिनअघि गुन्डा नाइके लामासहित तीनजनाविरुद्ध ललितपुर परिसरमा जाहेरी दिएका थिए ।
ललितपुर प्रहरीले लामाका सहयोगी विक्रमजितलाई सोमबार पक्राउ गरी मंगलबार अपहरण मुद्दामा अदालतमा म्याद थप गरेको छ । नाइके गणेश लामासहित अरू एकजना फरार रहेको एक प्रहरी अधिकारीले बताए । ‘अनुसन्धान गर्दा लामा सिंगापुरमा रहेको खुलेको छ,’ ललितपुर प्रहरी स्रोत भन्छ, ‘जाहेरी परेको थाहा पाएलगत्तै उनी भागेका रहेछन् ।’
पीडित व्यक्तिले ०६७ मा एक महिलालाई १० लाख रुपैयाँमा भैँसेपाटीमा सात आना जग्गा किनिदिएका थिए । पछि ०७० मा जग्गा किन्ने व्यक्तिले जग्गा फिर्ता दिने बताएपछि उनले पैसा फिर्ता दिने बताएका थिए । त्यस विषयमा दुई पक्षबीच त्यही वेला मिलापत्र भएको थियो ।
सोही जग्गाको विषयलाई लिएर लामाले उनलाई भैँसेपाटीबाटै अपहरण गरेका थिए । पेस्तोल देखाएर गाडीमा राखी कोटेश्वरस्थित घरमा पुर्‍याइएको र मारिदिने धम्की दिएर जबर्जस्ती कागज गरेको पीडितले जाहेरीमा उल्लेख गरेका छन् । अपहरण गर्दा लामाले आफैँ गाडी चलाएकोसमेत पीडितले बताएका छन् ।
डन घैँटेको इन्काउन्टरसँगै प्रहरी गुन्डागर्दीविरुद्ध थप आक्रामक रूपमा प्रस्तुत भएपछि गुन्डागर्दीमा संलग्नहरू विदेश भागिसकेका छन् । घैँटेको इन्काउन्टरपछि लामाले आफूहरू सुध्रिसकेको भन्दै अन्तर्वार्ता दिएका थिए ।
तर, बाहिरी रूपमा सुध्रिएको देखिए पनि गुन्डाका नाइकेहरू भित्री रूपमा भने नसुध्रिएको प्रहरी अधिकारीहरू बताउँछन् । राजनीतिक आवरणमा उनीहरूले धम्क्याउने र पैसा असुली जारी राखेको प्रहरीको भनाइ छ । गुन्डाविरुद्ध उजुरी जारी रहेको र अप्रेसन पनि जारी रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल बताउँछन् । घैँटे इन्काउन्टर घटनापछि गुन्डाहरूविरुद्ध उजुरी दिने क्रम बढेको उनी बताउँछन् ।
गत ३ भदौमा प्रहरीसँगको मुठभेडमा कुमार घैँटे कपुरधारास्थित आफ्नै घरअगाडि मारिएका थिए । गत वर्ष प्रहरी इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी ‘चरी’का सहयोगी पञ्चे लामाले केही दिनअघि अदालतमा आत्मसमर्पण गरेका थिए । उनी पुर्पक्षका लागि जेल चलान भइसकेका छन् । अपराध महाशाखाले गुन्डागर्दीमा संलग्न सबैको गतिविधि निगरानी गरिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending