Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

नेपालको संविधानप्रति–विश्व समुदाय इष्ट, भारत दुष्ट

\"Like_nepal\"काठमाडाैं । नेपालमा संविधानसभाबाट संविधान बनेकोमा विश्वभरबाट स्वागत र शुभकामनाको ओइरो लागेको छ । छिमेकी चीन, अमेरिका, युरोपियन युनियन, फ्रान्स, जर्मनी, नर्वेसहितका देशले स्वागत र समर्थन दिंदै संविधान निर्माण सफल भएकोमा नेपालीलाई बधाई हुन् । विश्वका यी महत्वपूर्ण देशहरुको साथ सहयोग भइरहँदा नजिकको छिमेकी भारत र नेपाल सदस्य राष्ट्र भएको संयुक्त राष्ट्रसंघ भने संविधान निर्माणको बागी देखिएका छन् । चीनले गत सोमबार संविधान निर्माण भएकोमा बधाई दिएको थियो । अमेरिकी विदेश मन्त्रालयले पनि संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गरेकोमा महत्वपूर्ण उपलब्धी र कोशेढुंगा भएको जनाएको छ । अमेरिकाले असन्तुष्ट दललाई पनि लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्न सुझाव दिएको छ । सबैको विचार र भावनालाई समेटेर अघि बढ्दा राम्रो हुने सुझाव पनि उसले दिएको छ । भूकम्पछि नेपालीहरु सबै मिलेर अघि बढ्नुपर्ने भन्दै अमेरिकाले आफू नेपाललाई सहयोग गर्न तत्पर रहेको पनि जनाएको छ । पाकिस्तानले पनि सोमबार नै संविधान निर्माणप्रति खुशी जनाउदै शुभकामना दिएको थियो । जर्मनीका विदेशमन्त्री फ्रयान्क वाल्टर स्टेइनमियरले पनि नेपालमा बनेको नयाँ संविधानले लोकतन्त्रलाई संस्थागत गर्ने भन्दै खुशी व्यक्त गर्दै बधाई दिएका छन् । नेपाल ऐतिहासिक रुपमा नयाँ युगमा प्रवेश गरेको जर्मनको धारणा छ । यूएन र भारत बागी विश्व समुदायबाट लोकतान्त्रिक तबरबाट जारी भएको संविधानलाई स्वागत, बधाई र शुभेच्छा प्रकट भइरहेका बेला नेपालले सदस्य राष्ट्र भई सहयोग गरेको संयुक्त राष्ट्रसंघ र छिमेकी भारत भने बागी देखिएका छन् । यी दुवैले लोकतान्त्रिक विधिको सम्मान नगरी नेपालमा संविधान जारी भएको जानकारी भएको मात्र बताएर नेपालको अवमूल्यन गरेका छन् । युएनले भने वार्ता र संवादको लागि  दुई दिन प्रक्रिया स्थगित हुँदा स्वागत गरेको थियो । तर, दुई तिहाईभन्दा बढी मतबाट संविधान पारित भई जारी हुँदा सदस्य राष्ट्रको ऐतिहासिक उपलब्धीलाई अबमूल्यन गरेको कुटनीतिज्ञहरुले बताएका छन् । पटकपटकको वार्ता प्रयासलाई नजरअन्दाज गर्दै युएनका महासचिव वान की मुनले तराई मधेसको हिंसात्मक घटनाप्रति चिन्ता जनाएर विज्ञप्ती जारी गरेका छन् । चीन र पाकिस्तान सहयोग गर्न तयार नजिकको, भाषा, संस्कृति, रहनसहन मिल्ने भारतले संविधान बनेकोमा असन्तुष्टी जनाउँदै असहमति प्रकट गरेपछि चीन र पाकिस्तान भने एक कदम अगाडि सरेर स्वागत र समर्थनमा उभिएका छन् । भारतले नाकाबन्दी नै गरे पनि आफूहरु नेपाललाई सहयोग गर्न तयार रहेको यी दुई देशहरुको सन्देश छ । सामाजिक संजालहरुमा समेत भारतले नाकाबन्दी गरे अर्को उत्तरी छिमेकी राष्ट्र चीनसंग थप हातेमालो गर्नुपर्ने आवाज उठेका छन् । पाकिस्तानले पनि भारतको दुष्मनीलाई नेपाललाई साथ दिएर उसलाई जवाफ दिन खोज्दैछ । सामाजिक संजालमा भारतको नाकाबन्दीको यो प्रयासलाई पाकिस्तानीहरुले तीव्र विरोध नेपालीको पक्षमा आफूहरु रहेको जनाई रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending