Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

नेपालको संविधानप्रति–विश्व समुदाय इष्ट, भारत दुष्ट

\"Like_nepal\"काठमाडाैं । नेपालमा संविधानसभाबाट संविधान बनेकोमा विश्वभरबाट स्वागत र शुभकामनाको ओइरो लागेको छ । छिमेकी चीन, अमेरिका, युरोपियन युनियन, फ्रान्स, जर्मनी, नर्वेसहितका देशले स्वागत र समर्थन दिंदै संविधान निर्माण सफल भएकोमा नेपालीलाई बधाई हुन् । विश्वका यी महत्वपूर्ण देशहरुको साथ सहयोग भइरहँदा नजिकको छिमेकी भारत र नेपाल सदस्य राष्ट्र भएको संयुक्त राष्ट्रसंघ भने संविधान निर्माणको बागी देखिएका छन् । चीनले गत सोमबार संविधान निर्माण भएकोमा बधाई दिएको थियो । अमेरिकी विदेश मन्त्रालयले पनि संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गरेकोमा महत्वपूर्ण उपलब्धी र कोशेढुंगा भएको जनाएको छ । अमेरिकाले असन्तुष्ट दललाई पनि लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्न सुझाव दिएको छ । सबैको विचार र भावनालाई समेटेर अघि बढ्दा राम्रो हुने सुझाव पनि उसले दिएको छ । भूकम्पछि नेपालीहरु सबै मिलेर अघि बढ्नुपर्ने भन्दै अमेरिकाले आफू नेपाललाई सहयोग गर्न तत्पर रहेको पनि जनाएको छ । पाकिस्तानले पनि सोमबार नै संविधान निर्माणप्रति खुशी जनाउदै शुभकामना दिएको थियो । जर्मनीका विदेशमन्त्री फ्रयान्क वाल्टर स्टेइनमियरले पनि नेपालमा बनेको नयाँ संविधानले लोकतन्त्रलाई संस्थागत गर्ने भन्दै खुशी व्यक्त गर्दै बधाई दिएका छन् । नेपाल ऐतिहासिक रुपमा नयाँ युगमा प्रवेश गरेको जर्मनको धारणा छ । यूएन र भारत बागी विश्व समुदायबाट लोकतान्त्रिक तबरबाट जारी भएको संविधानलाई स्वागत, बधाई र शुभेच्छा प्रकट भइरहेका बेला नेपालले सदस्य राष्ट्र भई सहयोग गरेको संयुक्त राष्ट्रसंघ र छिमेकी भारत भने बागी देखिएका छन् । यी दुवैले लोकतान्त्रिक विधिको सम्मान नगरी नेपालमा संविधान जारी भएको जानकारी भएको मात्र बताएर नेपालको अवमूल्यन गरेका छन् । युएनले भने वार्ता र संवादको लागि  दुई दिन प्रक्रिया स्थगित हुँदा स्वागत गरेको थियो । तर, दुई तिहाईभन्दा बढी मतबाट संविधान पारित भई जारी हुँदा सदस्य राष्ट्रको ऐतिहासिक उपलब्धीलाई अबमूल्यन गरेको कुटनीतिज्ञहरुले बताएका छन् । पटकपटकको वार्ता प्रयासलाई नजरअन्दाज गर्दै युएनका महासचिव वान की मुनले तराई मधेसको हिंसात्मक घटनाप्रति चिन्ता जनाएर विज्ञप्ती जारी गरेका छन् । चीन र पाकिस्तान सहयोग गर्न तयार नजिकको, भाषा, संस्कृति, रहनसहन मिल्ने भारतले संविधान बनेकोमा असन्तुष्टी जनाउँदै असहमति प्रकट गरेपछि चीन र पाकिस्तान भने एक कदम अगाडि सरेर स्वागत र समर्थनमा उभिएका छन् । भारतले नाकाबन्दी नै गरे पनि आफूहरु नेपाललाई सहयोग गर्न तयार रहेको यी दुई देशहरुको सन्देश छ । सामाजिक संजालहरुमा समेत भारतले नाकाबन्दी गरे अर्को उत्तरी छिमेकी राष्ट्र चीनसंग थप हातेमालो गर्नुपर्ने आवाज उठेका छन् । पाकिस्तानले पनि भारतको दुष्मनीलाई नेपाललाई साथ दिएर उसलाई जवाफ दिन खोज्दैछ । सामाजिक संजालमा भारतको नाकाबन्दीको यो प्रयासलाई पाकिस्तानीहरुले तीव्र विरोध नेपालीको पक्षमा आफूहरु रहेको जनाई रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy