Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

अनिश्चितकालीन आमहड्तालका कारण औषधिको अभाव

\"medicine-400\"महोत्तरी ।  मधेस आन्दोलनका कारण यातायात ठप्प भएपछि जनकपुर अञ्चलभरि अत्यावश्यक औषधिको अभाव देखिएको छ । एक छाक खाना नखाए हुने तर एक खोराक औषधि तत्कालै चाहिने’ औषधि पनि बजारमा अभाव भएको हो । जनकपुर अञ्चल औषधि व्यवसायी सङ्घका उपाध्यक्ष शम्भुप्रसाद भट्टराईले सर्लाही, महोत्तरी, सिन्धुली, धनुषा, रामेछाप र दोलखा जिल्लामा सञ्चालित औषधि पसलमा औषधिको चरम अभाव हुँदै गरेको बताए । रक्तचाप, मधुमेह, मुटुरोग लगायतका बिरामीले दैनिक खाने ५० पैसाको क्याप्सुलको पनि अभाव देखिएपछि बिरामी निकै मारमा परेका सङ्घका उपाध्यक्ष भट्टराइले बताए । नभई नहुने, दैनिक चाहिने औषधि सकिएको एक हप्ता भयो’– शान्ता मेडिकल हल बर्दिवासकी सञ्चालिका मन्दिरा भट्टराईले भनिन –‘पे्रसर, सुगरजस्ता १०० बिरामी मेरो औषधि पसलको दैनिक ग्राहक छन् । उनीहरुले औषधि किन्न पाएका छैनन् ।’ पहिले फोनकै भरमा आफ्नो अस्पतालको फार्मेसीमा उपलब्ध हुने औषधि अहिले मान्छे पठाएर पनि पाउन कठिनाइ बेहोर्नु परेको बर्दिवासस्थित शुभस्वस्ति हस्पिटलका एक सदस्य प्रदीप कार्कीले बताए ।  । एउटा मान्छे औषधि ल्याउनकै लागि बाहिर राख्नु परेको कार्कीले बताए । बिरामीलाई सबैभन्दा पहिला प्रयोग गरिने स्लाइन पानी पनि आफूसँग नरहेको निशान्त फार्मेसी गौशाला, महोत्तरीका सञ्चालक नरेशप्रसाद गुप्ताले बताए । उनले भने– ‘पन्ध्र दिनदेखि औषधि पसलमा अति आवश्यक स्लाइन पानी पनि सकियो । बोतल र क्याप्सुल पनि अन्तिम चरणमा छ ।’ बर्दिवासमा २० भन्दा बढि औषधि पसल छन् । तीनभन्दा बढी ठूला अस्पताल छन् । १० वटाभन्दा बढी क्लिनिक सञ्चालनमा छन् । रामगोपालपुरमा १५, औरहीमा आठवटाभन्दा बढी खुद्रा र थोक औषधि पसल छन् । गौशालामा औषधि पसलका चार वटा डिलर, १५ वटा खुद्रा औषधि पसल, तीनवटा ठूला अस्पताल, एक प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालित छन् । यी औषधि पसलमा धेरै प्रकारका औषधि पाउन छाडिसकेको औषधि व्यवसायी बताउँछन् । विगत ४० दिनदेखि मधेसमा आन्दोलन चलिरहेको छ । सडकमा सवारी गुड्न छाडेपछि औषधि ढुवानीका लागि समस्या भएको जनकपुर अञ्चल औषधि व्यवसायी सङ्घका अध्यक्ष गणेशप्रसाद साहले बताए । उनले भने –‘रिक्सा चालकदेखि राष्ट्रपति सम्मलाई चाहिने जीवनरक्षक स्लाइन पानीको मौज्दात पनि अन्तिम चरणमा छ । औषधि व्यवसायीले औषधि ल्याउन नपाएको धेरै भइसक्यो ।’ हवाईमार्गबाट पनि औषधि ल्याउने अवस्था नरहेको भन्दै उनले भने – ‘सडक मार्ग आन्दोलनले बन्द छ । सवारी चलेको छैन । औषधि प्लेनमा ल्याउन सक्ने अवस्था पनि छैन । बन्दका कारण यात्रु प्लेनमै बढी आउँछन् । प्लेनमा यात्रुको सरसामान र यात्रुले नै भरिभराउ हुन्छ । त्यसले गर्दा प्लेनले पनि औषधि ढुवानी गर्न मान्दैनन् ।’ अतिआवश्यक औषधि नेपालमा भित्रिने मधेसका मुख्य भारतीय नाका वीरगन्ज, भैरहवालगायतका स्थानमा आन्दोलनकारीले सडक जाम गरेपछि औषधि ढुवानी प्रभावित बनेको औषधि व्यवसायिले बताएका छन् । औषधि पाउन छाडेपछि गाउँघर, सहरबजारका बालबालिका र वृद्धवृद्धा विभिन्न विमारका कारण जीवनमरणको दोसाँधमा सङ्घर्ष गरिरहेको बर्दिवासका एक चिकित्सक राघो चौधरीले बताए । डिलरमा औषधि नभएपछि पसलमा औषधि भेट्ने कुरो छैन । मधेस तराईका जिल्लामा भएका मुख्य औषधि डिलरमा सडक बन्दले कैयौँ दिनदेखि औषधि स्टक हुन नसकेको औषधि व्यवसायी बताए । धेरैजसो औषधि भारतबाटै नेपाल भित्रिन्छ । गाउँघरमा सञ्चालित औषधि पसलमा अलिअलि अत्यावश्यक औषधि भएमात्रै हो तर सहर बजारका औषधि पसलमा त सबैतिरका औषधि किन्ने बिरामीको चाप बढेकाले अरु विभिन्न थरीका औषधिको स्टक पनि विस्तारै घट्दै गएको छ । राष्ट्रिय उपभोक्ता मञ्च महोत्तरीका अध्यक्ष दीपेन्द्र पराजुलीले औषधि मानवका लागि अति संवेदनशील र अतिआवश्यक वस्तु भएकाले अन्तर्राष्ट्रियस्तरमा भएका युद्धमा पनि औषधिजन्य वस्तुलाई खुल्लमखुल्ला आयात निर्यात गर्ने गराउने  वातावरण देखिने बताए  । अहिले जारी सङ्घर्षमा जनताजनता एकआपसमा नलडौँ, सहयोगको भावना विकास गरौं, मानवताको परिचय दिउँ भन्दै औषधि व्यवसायी सङ्घले सरकार र आन्दोलनकारीले सजिलै औषधि आपूर्तिको व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy