काठमाण्डौं । संयुक्त राष्ट्र सङ्घको ७०औँ महासभामा घोषणा हुने ‘दिगो विकास लक्ष्य’ (एसडिजी) को एक लक्ष्य ‘शून्य भोकमरी’ अभियान नेपालबाट शुरुवात गरिएको छ ।
एसडिजीको दोस्रो बुँदाको ‘शून्य भोकमरी’ अभियानको पर्वतारोही निमडोमा शेर्पाले गोरखाको केरौँजा गाउँमा एक साताअघि झन्डोत्तोलन गरी शुरुवात गरेका हुन् । नेपालस्थित संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को संयोजनमा गरिएको अभियान भने बुधबार सार्वजनिक गरिएको छ ।
यही असोज ८ गते विश्वका १९३ नेताले संयुक्त राष्ट्र सङ्घको महासभामा आगामी १५ वर्ष्भित्र हासिल गर्ने गरी एसडिजीमा प्रतिबद्धता जनाउने छन् । चरम गरिबी अन्त्य गर्ने, असमानता र अन्यायविरुद्ध लड्ने र जलवायु परिवर्तनलाई व्यवस्थित गर्न विश्वका नेताले १७ वटा लक्ष्य औपचारिक रुपमा पारित गर्नेछन् ।
एसडिजी हासिल गर्न शून्य गरिबी, शून्य भोकमरी, असल स्वास्थ्य, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, स्वच्छ पानी र सरसफाइ, वैकल्पिक ऊर्जा, राम्रो रोजगार र आर्थिक वृद्धि निर्धारण गरिएका छन् । त्यस्तै, नवीनता र पूर्वाधार, न्यून असमानता, दिगो सहर र समुदाय, जिम्मेवारपूर्ण खपत, जलवायु अभियान, पानीमुनिको जीवन, भूमिमाथिको जीवन, शान्ति र न्याय, र लक्ष्यका लागि साझेदारी तोकिएको छ ।
संयुक्त राष्ट्र सङ्घले यसअघि निर्धारण गरेको सहस्राब्दी विकास लक्ष्य (एमडिजी) सन् २०१५ सम्म सम्पन्न हँुदैछ । नयाँ एसडिजीअन्तर्गत सरकारले सबैभन्दा बढी जोखिममा रहेकासम्म पुग्ने प्रयास गर्नेछ । एमडिजी गरिब मुलुकका केही खास समुदायमाथि मात्र केन्द्रित थियो भने एसडिजीले सबै मुलुकका सबै जनतालाई समेटेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: