Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

भौगोलिक अराजकता तर्फ सतर्क रहन प्रचण्डको अपिल

काठमाडौं । एकीकृत नेकपा माओवादीले राष्ट्रिय भौगोलिक अराजकता विरोधी प्रवृत्तिले लाभ लिन नपाओस् भन्नेतर्फ सतर्क रहन आन्दोलनरत शक्ति एवम् जनसमुदायसँग अपिल गरेको छ । आन्दोलनकारी शक्तिहरु र उत्पीडित समुदायसँग इमान्दार एवम् गम्भीर वार्ता गरी राजनीतिक समाधानको सक्रिय पहल गर्नुपर्नेमा पनि एमाओवादीले जोड दिएको छ ।

छिमेकी मुलुक भारतले नेपालको आन्तरिक मामिलामा खुलेर हस्तक्षेप गरिरहेकाबेला एमाओवादी अध्यक्ष प्रचण्डले बुधबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘आन्दोलनलाई शान्तिपूर्ण बनाउन र देशभक्तिपूर्ण भूमिकाका निम्ति सधै अग्रपंक्तिमा स्थापित मधेशी जनसमुदायलाई लान्छित गर्ने गरी राष्ट्रिय भौगोलिक अराजकता विरोधी प्रवृत्तिले लाभ लिन नपाओस् भन्ने कुरामा सतर्क रहन आन्दोलनरत शक्ति एवम् जनसमुदायसँग अपिल गर्दछौं ।’

प्रचण्डले आन्दोलनकारी शक्तिहरु र उत्पीडित समुदायसँग इमान्दार एवम् गम्भीर वार्ता गरी राजनीतिक समाधानको सक्रिय पहल गर्नुपर्नेमा पनि जोड दिएका छन् । बल प्रयोगमा आधारित भएर समस्याको समाधान नहुने भएकाले वार्ता एवम् राजनैतिक सम्बोधन गर्नुपर्ने एमाओवादीको जोड छ ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी कार्यहरुलाई विस्तृत शान्ति सम्झौताको मर्म र भावअनुसार सम्पन्न पार्ने दिशामा अघि बढ्न तथा राष्ट्रिय स्वाधिनताको रक्षामा दृढ रहँदै समाजवाद निर्माणको दिशामा सक्रिय रहने प्रतिबद्धता समेत प्रचण्डले जनाएका छन् ।

नेपाली जनताले आफ्नो संविधान आफैं बनाउन करिब ७ दशकदेखि गर्दै आएको निरन्तरको संघर्षको परिणामस्वरुप संविधानसभाबाट नयाँ संविधान घोषणा भएको भन्दै प्रचण्डले अहिले जारी आन्दोलनबाट भएको जनधनको क्षतिप्रति पार्टी मर्माहत भएको उल्लेख गरेका छन् ।

‘संविधानसभा भित्र रहेका कतिपय मुख्यतः मधेश केन्दित पार्टीहरु संविधान निर्माणको अन्तिम प्रक्रियाबाट नै अलग भई आन्दोलनरत छन् । थारु लगायत विभिन्न उत्पीडित वर्ग एवम् समुदायप्रति नयाँ संविधानले पहिचान र आफ्नो हक अधिकारको मुद्दालाई सम्बोधन गर्न नसकेको भन्दै सघर्षमा छन्,’ विज्ञप्तिमा लेखिएको छ, ‘त्यसक्रममा तराई मधेशमा ४० भन्दा बढी आन्दोलनकारी र केही प्रहरी सुरक्षाकर्मीको मृत्यु भइसकेको छ । जनजीवन र आर्थिक क्रियाकलाप अस्त–व्यस्त छन् । यो ज्यादै दुःखको विषय हो । यसबाट हाम्रो पार्टी मर्माहत भएको छ ।’

आफ्नो पार्टीले प्रमुख पार्टीहरुको बीचमा संविधान घोषणा अघि र पछि लगातार यसको राजनैतिक सम्बोधन र समाधानको पक्षमा प्रस्ताव सहित जोड गर्दै आएको प्रचण्डले स्पष्ट पारेका छन् । तर यस सन्दर्भमा उपयुक्त सहमति हुन नसक्दा देशमा तनाब र द्वन्द्व जडित स्थिति कायम रहिरहेकाले यो नेपाल र नेपालीको हितमा नहुने उनको ठहर छ ।

हेर्नुस् प्रचण्डको विज्ञप्ति

\"Prachand-Relese-1\"

\"Prachand-Relese-2\"

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending