Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

मधेसी मोर्चाको नयाँ आन्दोलन–नाकाबन्दी गर्नेदेखि अन्तराष्ट्रिय अदालत जानेसम्म

\"Madhesi-morcha\"

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमानाका र राजमार्ग केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । मधेस आन्दोलनमा सरकारले मानव अधिकार हनन गरेको भन्दै मोर्चाले अन्तराष्ट्रिय अदालत जाने चेतावनीसमेत दिएको छ ।

आन्दोलनको रणनीति तय गर्न मोर्चाको बैठक मंगलबार र बुधबार सप्तरीको राजविराजमा बसेको थियो । बैठकले आन्दोलन जारी राख्ने र थप सशक्त पार्ने निर्णय गरेको छ ।

बुधबार सम्पन्न बैठकपछि जारी विज्ञप्तिमा सरकारी कार्यालय, वित्तीय संस्था, भन्सार नाका बन्द गराउने र राजमार्ग केन्द्रित आन्दोलन गर्ने उल्लेख छ । बैठकपछि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने, ‘सरकार वार्ताको लागि इमान्दार देखिएन, उल्टै दमनमा उत्रियो त्यसैले अब नाकाबन्दीको शैलीमा राजमार्ग र सीमा क्षेत्रमा आन्दोलन हुन्छ ।’

मोर्चाले सुरक्षाकर्मीले शान्तिपूर्ण आन्दोलनमा निहत्था व्यक्तिहरुलाई टाउकोमा गोली हानेर मानव अधिकारको उल्लंघन गरेको भन्दै त्यस विरुद्ध सर्बोच्च अदालत र अन्तराष्ट्रिय अदालत जाने निर्णय समेत गरेको छ ।

मेची–महाकाली लोकमार्गमा मानवश्रृङ्खला निर्माण गरी हातेमालो कार्यक्रम सञ्चालन गर्ने र समान मुद्दा भएका दलहरुसँग सहकार्य गर्ने बैठकले निर्णय गरेको छ । सहकार्यका लागि राजेन्द्र श्रेष्ठ, गोविन्द चौधरी, मनिशकुमार सुमन र राम नरेश रायलाई जिम्मा दिइएको छ ।

आन्दोलनको क्रममा इनरुवामा चीनको झण्डा जलाइएको घटनाको मोर्चाले निन्दा पनि गरेको छ ।

पढ्नुस् मधेसी मोर्चाको विज्ञप्ति

\"madhesi-Morcha-Press-Relese

\"madhesi-Morcha-Press-Relese

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending