Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

भन्सारमा भारतको दादागिरी, मालबाहक गाडी नेपाल प्रवेशमा रोक

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा क्षेत्र र राजमार्ग केन्द्रित आन्दोलन सुरु गरेकै दिनदेखि भारतले अघोषित रुपमा नाकाबन्दी सुरु गरेको छ । सुरक्षाको कारण देखाउँदै भारतीय पक्षले नेपाली मालबाहक गाडीहरुलाई भन्सारमा रोकेको छ ।

\"Biratnagar,आफू अनुकुलको संविधान नबनेपछि र आफ्नो कुटनीति असफल भएपछि असन्तुष्ट भारतले नाकाबन्दी गर्ने आसयसहितको विज्ञप्ति निकालेको थियो । त्यसको दुई दिनपछि मधेसी मोर्चाले भन्सार र राजमार्ग केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको थियो ।

सोही घोषणाअनुसार मधेसी मोर्चाका नेता कार्यकर्ताहरुले विहीबार दशगजा नजिकै वीरगन्जको मितेरी पुलमा धर्ना दिएका थिए ।

उनीहरुलाई नेपाली सुरक्षाकर्मीले हटाउन खोज्दा तनाव भएपछि केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास प्रहार गर्नुपरेको थियो । जसका कारण वीरगन्ज भन्सार विहीबार ठप्प जस्तै भयो ।

तर धर्ना प्रदर्शन केही पनि नभएको विराटनगरको रानी भन्सार भने भारतीय पक्षले विनाकारण ठप्प पारेको छ । सुरक्षाको कारण देखाउँदै भारतीय सुरक्षाकर्मीहरुले विहीबार विराटनगरमा एउटा पनि मालबाहक सवारी छिर्न नदिएको नेपाली व्यवसायीहरुले बताए ।

बिराटननगर भन्सार प्रमुख कृष्णबहादुर बस्नेतका अनुसार बुधबार बेलुकीदेखि नै भारतबाट भन्सार जाँचपास भएर एउटा पनि गाडी आइपुगेका छैनन् । आफूले र नेपाली उद्योगी व्यवसायीले पटक–पटक जोगमनी भन्सारलाई गाडी छुटाउन आग्रह गरे पनि भारतले चासो नदिँदा आपूर्ति व्यवस्था प्रभावित भएको उनले बताए ।

मेची भन्सार पनि ठप्प

\"kakarvitta,झापाको काँकडभिट्टा स्थित मेची भन्सार नाका पनि बिहीबार दिनभर ठप्प भयो ।

दैनिक सैयौं मालबाहक गाडिहरु ओहोर दोहोर गर्ने काकडभिट्टा नाकामा विहीबार दिनभरमा ६ वटा डिजेल ट्यांकर र एउटा ग्यासको बुलेटमात्र जाँचपास गरेर नेपाल भित्रिएको छ । त्यहाँ पनि कुनै प्रकारको धर्ना वा प्रदर्शन भएको थिएन ।

मेची भन्सार प्रमुख भीम अधिकारीले भारतीय भन्सारले सुरक्षाकै कारण देखाएर गाडी रोकेपछि सुनसान भएको बताए ।

भारतीय कस्टमले जाँचपास गरेर नेपालतर्फ पठाए पनि सीमा सुरक्षाबल एसएसबीले रोकेको थियो । विराटनगर भन्सारमा तीन सय बढी मालवाहक गााडीहरु रोकिएको बताइएको छ ।

बेलहिया नाकामा पनि अवरोध

भैरहवाको बेलहिया नाकाबाट पनि अघिल्ला दिनका तुलनामा विहीबार निकै कम मालबाहक गाडीहरु नेपाल भित्रिए । बिहीबार १२ वटा मात्र मालवाहक सवारी साधनहरु नेपाल भित्रिएका भैरहवा भन्सार कार्यालयका निमित्त प्रमुख गुणराज पोख्रेलले जानकारी दिए ।

‘दैनिक ५–६ सय भारतीय मालवाहक सवारी साधनहरु नेपालमा भित्रिने गर्थे आज त खासै छैन,’ उनले भने ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending