Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

राष्ट्रसंघविरुद्ध खनिंदै नेपाल

\"unकाठमाडाैं । संयुक्त राष्ट्रसंघले संविधानसभाबाट संविधान जारी भएपछिको नेपालको अवस्थाबारे गरेको टिप्पणीलाई लिएर सरकारले राष्ट्रसंघीय महासभामा प्रश्न उठाउने भएको छ । नेपालको शान्ति प्रक्रियामा सहयोगी बनेको राष्ट्रसंघले शान्ति प्रक्रियाको मुख्य विषय संविधान निर्माण कार्य टुंगोमा पुग्दा स्वागतसमेत नगरी वक्तब्य दिएकामा सरकारले महासभामा प्रश्न उठाउन लागेको हो ।   अाजकाे कान्तिपुर दैनिकमा खबर छ– राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा नेपालमा संविधान जारी भएको विषय आफ्नो जानकारीमा आएकोमात्र उल्लेख छ । १० वर्षे सशस्त्र द्धन्द्धको अन्त्य गर्दै सोहार्द पूर्ण सम्पन्न दोस्रो संविधानसभा चुनावबाट निर्वाचित  जनप्रतिनिधीको ८५ प्रतिशतले पारित गरेको संविधानलाई राष्ट्रसंघले स्वागत नगरेको विषयमा महासभाका क्रममा राष्ट्रसंघको धारणा माग्न खोजेको हो ।   शक्ति मुलुक वा अन्य कुनै कूटनीतिक गलत ब्याख्याले यस्तो बक्तब्य आएको हो कि भन्नेमा पनि नेपालले अनौपचारिक रूपमा बुझ्ने प्रयास गरिरहेको परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । नेपालले पछिल्लो राजनीतिक घटनाक्रम र संविधानसभाबाट संविधान जारी भएको सम्बन्धमा महासभामा अन्तराष्ट्रिय समुदायलाई जानकारी गराउने क्रममा एक अनुच्छेद राष्ट्रसंघको ब्यवहार र त्यसमा काम गर्ने कर्मचारीको बारेमा सम्बोधनमा उल्लेख हुने भाषण ड्राफटमा संलग्न एक अधिकारीले बताए । नयाँ संविधान जारी भएलगत्तै केही अन्तराष्ट्रिय समुदायले खुलारुपमा स्व्ागत गरे पनि नेपाल नै सदस्य रहेकेा राष्ट्रसंघले छिमेकी भारतको जस्तै स्वागत नगरी बक्तब्य दिनुलाई सरकारले अस्वभाविक भन्दै राष्ट्रसंघका कर्मचारीको गलत सूचनाले यस्तो भएको निश्कर्षमा सरकार पुगेको छ ।   परराष्ट मन्त्रालय उच्चस्र्रोतका अनुसार सरकारले महासभाका अतिरिक्त महासचिव बान की मुनसंग, छुट्टै भेट हुन नसके सामुहिक दिवाभोजमा समेत राष्ट्रसंघको भूमिका र वक्तव्यबारे प्रश्न उठाइनेछ । राष्ट्रसंघमा अल्पविकसित मुलुक हेर्ने उपमहासचिव पूर्व परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य रहेको, उनलाई मुलुकले नै सिफारिस गरेको तर उनले समेत राष्ट्रसंघमा आफ्नो प्रभाव देखाउन नसकेको भन्ने बुझाइसमेत सरकारको छ । प्रधानमन्त्री कार्यालयमा लगातार छलफल हुनेक्रममा यो विषय उठै आएको छ ।   उपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठ, परराष्ट मन्त्री महेन्द्र बहादुर पाण्डे, परराष्ट्र्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीमा परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराई लगायतका राष्ट्रसंघ गएका छन । उनीहरु शुक्रबार विहान त्यहा पुग्नेछन् । कतारको दोहाबाट विहिबार अपरान्ह त्यसतर्फ लागेका हुन् । राष्ट्रसंघमा सम्वोधनको अलवा साइडलाईनमा विभिन्न प्रकारको छलफल हुने परराष्ट्रमा कार्यबाहक सचिव रहेका शिष्टाचार माहापाल अर्जुनकान्त मैनालीले बताउदै भने,\'अहिलेको वर्तम्ाान अवस्था राष्ट्रसंघमा राख्ने हो । अन्य विषय आफूलाई जनाकारी छैन् ।\'   नेपाली टोली शुक्रबार दिउसो देखि नै साइडलाइन भेटवार्ता र अवस्थाबारे छलफलमा जुट्ने अधिकारीहरु बताउछन । सामाजिक संजालमा राष्ट्रसंघका स्थानिय कर्मचारीले गरेको \'टि्वटको स्टाटस\' देखी सार्वजनिक कार्यक्रममा समर्थन गर्दै हिडेको विषय समेत सरकारको सूचनामा रहेको त्यहा स्पष्ट पार्ने तयारी रहेको प्रधानमन्त्री कार्यालय उच्चस्रोतले बतायो । नेपाल स्थित राष्ट्रसंघका स्थायी प्रतिनिधीको जेमी म्याक गोल्डरिकको बुझाई बारे समेत छलफल गर्ने र उनले अन्य समयमा काठमाडौं स्थित कूटनीतिक समुदायलाई भेला गराएर बक्तब्य दिने तर अहिलेको अवस्थामा कुने कार्य नगर्नुलाई समेत सरकारले जोडेर हेरेको परराष्ट्र अधिकारीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending