काठमाडौं। प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुन: विचार गरिने बताए ।
सो अस्पतालको ४३ औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमाका नाममा कतिपय दुरुपयोग हुने गरेको पाइएको बताउँदै उनले औचित्य पुष्टि हुने गरी स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिने जनाए ।
उनले निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने काममा थप सफलता हासिल गर्न त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताललाई आग्रह पनि गरे ।
प्रधानमन्त्री ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वोत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वाथ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा यसले अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले आफूले दोस्रो पटक मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालमै गरेको स्मरण गर्दै नेपालमै हुने उपचार यही गर्नुपर्ने बताए ।
“मानिसहरु बिरामी भएपछि चिकित्सक, नर्स र अस्पतालप्रति विश्वास र आशा गर्छन् । अस्पताल पुगेपछि बिरामीले बाँच्छु भन्ने आशा राखेको हुन्छ । त्यो विश्वासलाई पूरा गर्नु तपाईँहरुको दायित्व हो ।”, प्रधानमन्त्री ओलीले भने, “नर्सहरुको हातमा जादु हुन्छ । बिरामीलाई उपचार गर्न औषधिले मात्रै होइन, नर्सको मृदुभाषीपन र राम्रो व्यवहारले पनि बिरामीलाई निको पार्छन् । ठिक औषधि, ठिक मात्रामा र ठिक समयमा औषधि खान चिकित्सकले गर्ने सिफारिसका आधारमा औषधिलाई खुवाउने र स्याहार सुसार गर्ने काम नर्सहरुको हो ।”
कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट कर्मचारी र अस्पतालको विस्तार सेवा भवन निर्माणमा सहयोग गर्ने भाटभटेनी सुपर मार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई सम्मान प्रदान गरेका थिए ।
अस्पतालको वार्षिकोत्सवका अवसरमा आजै सो नयाँ सेवा भवनको प्रधानमन्त्री ओलीबाट उद्घाटन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ९ गते, २०८२ - १७:००
ताप्लेजुङ । ताप्लेजुङको तमोर नदीमा टिप्पर खस्दा एकजना बेपत्ता भएका छन् ।निर्माणाधीन तमोर–५ जलविद्युत आयोजनाको टिप्पर खस्दा तनहुँको सुक्लागण्डकी गाउँपा...
भाद्र ९ गते, २०८२ - १६:४८
काठमाडौं । सोमबार नेप्से परिसूचक २१.३० अंकले बढेर २७६१.२६ विन्दुमा पुगेको छ। आज ३१७ स्क्रिप्सको १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयर ५ अर्ब ७५ करोड...
भाद्र ९ गते, २०८२ - १६:२६
काठमाडौँ । गुन्डा नाइके रेस लामा भनेर परिचित गोपाल मोक्तानलाई पक्राउ परेको छन् । गौशाला प्रहरी वृत्तको टोलीले आइतबार गौशाला क्षेत्रमा गुन्डागर्दी गर्द...
भाद्र ९ गते, २०८२ - १६:१६
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका अनुसार भोलि दिउँस...
भाद्र ९ गते, २०८२ - १६:०८
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । प्रधानन्यायाधीश प्रका...
भाद्र ९ गते, २०८२ - १५:३४
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्र...
भाद्र ९ गते, २०८२ - १५:२५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने फेरि उच्च अदालत पुगेका छन् । लामिछाने पत्नी निकिताले सोमबार आफूले श्रीमानको तर...
भाद्र ९ गते, २०८२ - १४:५९
प्राग। मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू सोमबारदेखि प्रागको चेक राष्ट्रिय सङ्ग्रहालयमा पहिलो पटक युरोपमा प्रदर्शनीमा राख...
भाद्र ९ गते, २०८२ - १४:४५
काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौंमा काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेका छन् । महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधम...
भाद्र ९ गते, २०८२ - १४:२७
कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले ६४ वटा उजुरीमाथि विस्तृत अनुसन्धान थालेको छ । महेन्द्रनगरमा रहेको अख्तियारको क्षेत्र...
प्रतिकृया लेख्नुहोस्: