Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

ओलीलाई तेस्रो पटक अध्यक्ष बन्न बाटो खुल्यो, एमाले विधानबाट उमेर हद र कार्यकाल सीमा हटाउने निर्णय

पदाधिकारी १५ जनामा सीमित गर्ने, केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेको विधानबाट ७० वर्षको उमेर सीमा र कार्यकारी पदमा दुई कार्यकालको सर्त हटाउने निर्णय पार्टीको केन्द्रीय सचिवालय बैठकले गरेको छ। यससँगै केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने मार्ग खुला भएको छ।

बुधवार पार्टी मुख्यालय च्यासलमा करिब १० घण्टासम्म चलेको सचिवालय बैठकले यो सहमति जुटाएको हो। 
सचिवालयले पार्टी पदाधिकारीको संख्या १५ जनामा सीमित गर्ने सहमति पनि गरेको छ। 

त्यस्तै, अब सचिवालय संरचना हटाएर पदाधिकारीहरूलाई नै स्थायी कमिटीको रूपमा व्यवस्थित गर्ने प्रस्ताव अघि सारिएको छ।

केन्द्रीय कमिटीको संरचना पनि परिवर्तन गर्दै २५१ सदस्यीय बनाउने प्रस्ताव पेश भएको छ।

विधान संशोधन कार्यदलका संयोजक उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको प्रस्ताव संशोधनसहित पारित भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

अब सचिवालय बैठकबाट अघि बढाइएको यो मसौदा शुक्रबार बस्ने पोलिट्ब्युरो बैठकमा प्रस्तुत गरिनेछ। त्यसपछि केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरी भदौमा तय गरिएको विधान महाधिवेशनमा पेस गरिनेछ।

पार्टी विधानमा रहेको उमेर सीमा र कार्यकाल सिमाका विषयमा यसअघि तीव्र मतभेद देखिएको थियो। तर पछिल्लो सहमतिले पार्टी नेतृत्वमा निरन्तरता दिन चाहनेहरूलाई सहज भएको छ।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘पाठेघर खस्ने समस्या भएका बिरामी अझै उपचार गर्न अस्वीकार गर्दछन्’

खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३  महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...

७७ वटै जिल्ला सभापतिलाई कांग्रेसको परिपत्र- एकताबद्ध रहेर निर्वाचनमा केन्द्रित बनौँ

शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास

सुन र अमेरिकी डलरको मूल्य हरेक दिन नयाँ उचाइमा, किन ?

काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...

‘गोप्य’ भ्रमण सकेर फर्किए चिनियाँ कम्युनिस्ट पार्टीका नेता, उच्चस्तरीय टोली पनि आउँदै

काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...

निर्वाचन आयोगको ‘कल सेन्टर’ मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै

काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...

प्रतिनिधिसभा निर्वाचन- समानुपातिकतर्फको मतपत्र छपाइ सकियो, प्रत्यक्षको थालियो

काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।  जनक शिक्षा ...

आज गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...

फेरि मौसम बदलीको अर्को प्रणाली भित्रिँदै, बुधबार काठमाडौँमा पनि वर्षा हुने

काठमाडौँ । पश्चिम नेपालमा वर्षा र हिमपात गराएर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ । आज रातिबाटै सुदूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending